झापा, माघ १२ गते । बिर्तामोडमा जारी अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अवलोकन गर्नेहरुको उपस्थिति बढ्दै गएको छ । देश भित्र र बाहिर उत्पादित बस्तुहरुको खरिद र अवलोकनका लागि जानेहरुको भीड बढेको हो । महोत्सव स्थलमा ग्रहकको उपस्तिथि बाक्एिसंगै व्यवसायीहरु उत्साहित देखिएका छन् । किचन सामग्री र स्वरोजगार मूलक उद्यमका उत्पादनमा ग्राहकको विशेष चासो देखिएको छ । शनिवार विदाको सदुपयोग गर्दै वालवालिका समेतको उपस्थितिमा ग्राहकहरु महोत्सवस्थल पुगेको देखिन्न्थे ।
मेलामा रौनक थप्न पोखराका नन्दनी साह चटपट र भेलपुरी लिएर बिर्तामोड आएका छन् । यस अघि उनले धरान एक्सोमा पनि चटपट र भेलपुरीको स्वाद चखाएका थिए । धनकुट्टा हिलेबाट ल्याइएको घरेलु ठेकी र तोङ्वा सहितका घरायसी प्रयोजनका सामग्री बिर्तामोड महोत्सवको आकर्षण बनेको छ । मौसममा आएको सुधारसंगै ग्राहकको उपस्थिति बाक्लिएपछि महोत्सवमा खरिद बिक्री बढेर गएको व्यवसायी थीरमाया राउतले बताइन् । महोत्सवस्थलको किड्स जोनमा पनि वालवालिकाहरु खेल सामग्री प्रयोग गर्दै रमाई रहेका देखिन्छन् ।
महोत्सवलाई थप आकर्षण दिन यस पटक मुख्य प्रवेशद्वार विशेष प्रकारले डिजाइन गरिएको छ । मुख्य मञ्च अगाडि झापाकै प्रशिद्ध तिर्थस्थल अर्जुनधारा जलेश्वर धामको चित्र झल्कने मन्दिरको आकृति राखिएको छ । सेल्फी लिने र टिकटक बनाउने केन्द्रका रुपमा ति डिजाइनले साथ दिएको छन् ।
माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर बिभिन्न जातिका सांस्कृतिक प्रस्तुतिहरु नियमित रहेका छन् । शनिवार राई जातिका कलाकारहरुले सांस्कृतिक प्रस्तुति राखेका थिए । जातीय भेषभूषामा सजिएर आएका उनीहरुले दिनभर मौलिक संस्कृतिको जर्गेनाका लागि छलफल सहित प्रस्तुति प्रर्दशन गरेका थिए ।
प्रत्येक साँझ प्रशिद्ध कलाकारहरुले वेजोड साङ्गीतिक प्रस्तुति राखिरहेको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । साझ संगीतमा रमाउनेको पनि उल्लेख्य उपस्थिति रहदै आएको छ ।
Post a Comment