बिराटनगर २०८१ माघ १८ गते | शुक्रबार मोरङ उद्योग व्यापार संघका अध्यक्ष श्री अनुपम राठीको सभापतित्वमा मोरङ जिल्लामा अवस्थित यस संघको ९ (नौ) वटा शाखाहरुसँगको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
लेटाङ उद्योग वाणिज्य संघको संयोजकत्वमा लेटाङमा आयोजित उक्त कार्यक्रममा संघका निर्वतमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजाल, पूर्वमन्त्री माननीय डिक बहादुर लिम्बु सहित संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, महिला र युवा उद्यम समितिका संयोजकद्वय, संघका ९ (नौ) वटै शाखाका अध्यक्षहरु, पदाधिकारीहरु तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
संघका महासचिव श्री संजय कुमार श्रेष्ठद्वारा संचालित सो कार्यक्रममा संघका शाखाहरु, उर्लाबारी उद्योग वाणिज्य संघ, पथरी उद्योग वाणिज्य संघ, सुन्दर हरैचा उद्योग वाणिज्य संघ, रंगेली उद्योग वाणिज्य संघ, लेटाङ उद्योग वाणिज्य संघ, मिक्लाजुंग व्यापार प्रबन्ध समिति, बेलबारी उद्योग वाणिज्य संघ, इटहरा उद्योग वाणिज्य संघ, केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष तथा प्रतिनिधिहरुले व्यवसायीहरुको नापतौल सम्बन्धी समस्याहरु समाधान गर्न कठिनाई रहेको, आयकर लगायत राजस्व सम्बन्धी समस्याहरु भोग्दै आइरहेको, आर्थिक मन्दीका कारण व्यापार व्यवसाय धारासायी रहेको, व्यवसाय गर्ने सटरहरु खाली हुँदै गईरहेको लगायतका समसामायिक विषयहरुको बारेमा छलफल गरिएको थियो ।
Post a Comment