Websoft University

महानगरको समन्वयमा मानवसेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर


विराटनगर माघ १४ गते | विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर—३ स्थित मानव सेवा आश्रममा आश्रितहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

महानगरको समन्वयमा यसअघि विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको थियो । सो शिविरमा ४७ जनाको स्वास्थ्य चेकजाँच गरिएको थियो । सोमबार मानव सेवा आश्रममा ६३ जनाको स्वास्थ्य जाँच गरिएको महानगरको स्वास्थ्य महाशाखाका तथ्यांक अधिकृत दीपक भट्टराईले जानकारी दिए।

 महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, ३ नम्बर वडाका अध्यक्ष बासुबहादुर बस्नेत, स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादव, स्वास्थ्य अधिकृत रमेश कार्कीलगायतको उपस्थितिमा भएको शिविरमा ६३ जनाको प्रेसर, मधुमेहको जाँच, ३९ जनाको फिजिसियन सेवा, २४ जनाको मानसिक स्वास्थ्यसम्बन्धी सेवा, १० जनाको आँखा जाँचलगायतका सेवा प्रदान गरिएको थियो ।

नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालय मोरङले आयोजना गरेको स्वास्थ्य शिविरको गत बिहीबार महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । महानगरको समन्वयमा विराटनगरभित्र सञ्चालित वृद्धाश्रम, मानव सेवा आश्रमलगायतमा निःशुल्क स्वास्थ्य शिविर राखिएको छ । 

शिविरमा आँखा, नाक, कान, घाँटी, छालासहितको चेकजाँच गरिनेछ । महानगरका अनुसार अब माघ १५ गते मंगलबार ज्येष्ठ नागरिक समिति तथा योग ध्यान केन्द्र विराटनगर–११, १८ गते विराटनगर–१३ स्थित पूर्वाञ्चल बालसेवा आश्रम, माघ २२ गते ज्येष्ठ नागरिक हातेमालो समाज विराटनगर–३ र २३ गते विराटनगर–१० स्थित मानव सेवा आश्रममा शिविर सञ्चालन हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.