बिराटनगर २०८१ माघ ९ गते | बुधबार, मोरङ उद्योग व्यापार संघले मोरङ जिल्लामा सरुवा भई आउनु भएका जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी श्री इन्द्रदेव यादव र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्री राजन अधिकारीलाई संघमा स्वागत गरी छलफल गरेको छ ।
संघका अध्यक्ष श्री अनुपम राठी सहित निर्वतमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजाल, पूर्वअध्यक्षहरु, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, युवा तथा महिला उद्यम समिति सदस्यहरुले प्रमुख जिल्ला अधिकारी यादव र प्रहरी नायव महानिरीक्षक अधिकारीलाई संघमा स्वागत गरी भेटघाट तथा छलफल गर्नु भएको थियो ।
कार्यक्रममा अध्यक्ष श्री अनुपम राठीले प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव महानिरीक्षकलाई स्वागत गर्दै वहाँहरुको सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै अध्यक्ष राठी सहित कार्यक्रममा उपस्थित कार्यसमिति सदस्यहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव महानिरीक्षक समक्ष खुल्ला सीमामा हुने गरेका अवैध व्यापार तथा चोरी पैठारी नियन्त्रण गर्न, स्वदेशी बजार संरक्षणार्थ पहल गर्न, अपराध रहित व्यवसायिक वातावरण निर्माण गर्न, सांस्कृतिक विकृति नियन्त्रण गर्न, लागु औषध नियन्त्रण गर्न, अपराध मुक्त सामाजिक व्यवस्था सुनिश्चित गर्न, पर्यटन प्रवद्र्धनमा जोड दिन लगायतका विविध विषयमा राय सुझाव दिनुका साथै प्रशासनिक निकाय, सुरक्षा निकाय र उद्योगीरव्यवसायीहरु बीचको पारस्परिक सम्बन्धबाट विगतमा भएका उदाहरणीय कार्यहरुलाई समेत निरन्तरता दिन आग्रह गरिएको थियो ।
सोही अवसरमा संघका अध्यक्ष श्री अनुपम राठीले जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी श्री इन्द्रदेव यादवलाई बढ्दो चिसोबाट प्रभावित विपन्न परिवारहरुका लागि सहयोग स्वरुप १०० थान कम्बल समेत हस्तान्तरण गर्नुभएको थियो ।
Post a Comment