बिराटनगर माघ १५ गते | (Whatsapp, telegram, Viberलगायतका सञ्जाल) हरुमा विज्ञापन देखाई वैदेशिक रोजगार (युरोप, अमेरिका, कुवेत, दुवई ) पठाउने भनि भ्रममा पारी इलष्लिभ मार्फत ठगी गर्ने गरेको प्रविधि बढ्दै गइरहेको सन्दर्भमाजिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं ११ बस्ने महेश कुमार चौधरी र निजको छोरा युपेश कुमार चौधरीलाई क्यानाडा देश पठाई दिन्छु भनि बिभिन्न बिदेशी मोवाइल नम्बरहरुबाट खोलिएको ध्जबतकबबउबाट महेश कुमार चौधरीलाई कल गरी भिषा प्रयोजनका लागि आवश्यक कागजातहरु समेत पठाई प्रलोभनमा पारी बिभिन्न मानिसहरुको बैंक खातामा पटकपटक गरी जम्मा रु। ६६,६७,०००| (छैसठ्ठी लाख सतसठ्ठी हजार) जम्मा गर्न लगाई ठगी गरेको भनि पीडितले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीलेगरेको प्रारम्भिक अनुसन्धानका क्रममा मिति २०८१र१०र०८ गते निम्म मानिसहरुलाई पक्राउ गरी यस कार्यालयमा ल्याई ठगी सम्बन्धित कसुरमा मुद्धा दर्ता गरी सम्मानित मोरङ जिल्ला अदालतबाट दिन ५ को म्याद थप भई अनुसन्धान कार्य जारी रहेको ।
पक्राउ परेको मानिसहरुको बिवरणः-
देश भारत अररिया जिल्ला जोगवनी ग्राम पंचायत वार्ड नं। ३ बस्ने नरेश यादबको छोरा अं। बर्ष २३ को केशव यादब ।
जिल्ला मोरङ कटहरी गाँउपालिका वडा नं। ३ बस्ने सजनलाल पासवानको छोरा बर्ष अ। २२ को रोहित कुमार पासवान
जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं। ८ बस्ने गोपाल रायको छोरा बर्ष अ। २३ को करण भन्ने अमीत राय
जिल्ला मोरङ कटहरी गाँउपालिका वडा नं। ३ बस्ने लक्ष्मी मलाहको छोरा बर्ष अ। ३० को बुद्धनारायण मलाह
जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं, ५ बस्ने चन्द्र प्रसाद राजबंशीको छोरा बर्ष २५ को बोधराज राजँवशी
अनुसन्धानको क्रममा खुल्न आएको बिवरणः-
प्रारम्भिक अनुसन्धान पश्चात पक्राउ परेका पाँच जना अभियुक्तहरुलाई थप अनुसन्धान गर्दा अभियुक्त मध्ये देश भारत अररिया जिल्ला जोगवनी ग्राम पंचायत वार्ड नं। ३ बस्ने नरेश यादबको छोरा अं। बर्ष २३ को केशव यादबले अन्य मानिसहरुलाई समेत पैशाको प्रलोभन देखाई भ(क्भधबप्जबतिष् जस्ताम्ष्नष्तब िध्बििभत तथा बैंक खाताहरु खोल्न लगाई त्यसको ग्कभच ब्अअभकक, एबककधयचम लिई कारोवार गरेकोदेखिएको ।
Post a Comment