Websoft University
February 2025


विराटनगर फागुन १५ गते । कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धन तथा नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा एमसिसि फाउण्डेशन र क्रिकेट विथ आउट बाउन्ड्रिजको समन्वयमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोगमा कोशी क्रिकेट महोत्सव २०२५ सम्पन्न भएको छ ।

विराटनगर ६ स्थित मेरिलबोन विराटनगर ज्वाला क्रिकेट ग्राउण्डमा भएको कोशी क्रिकेट महोत्सव २०२५ नेपाल क्रिकेट फाउण्डेशनको निरन्तर प्रयास अन्तर्गत भूई तह क्रिकेटको विकास र प्रवद्र्धन र विद्यालय स्तरीय खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरणमा खेल्ने अवसर प्रदान गर्दै उदीयमान प्रतिभाहरूको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले बताए । विद्यालय क्रिकेटलाई सशक्त बनाउने केटी खेलाडीहरूलाई क्रिकेटमा समान अवसर दिने र युवा खेलाडीहरूलाई पेशागत क्रिकेटतर्फ आकर्षित गर्ने यस प्रतियोगिताको मुख्य लक्ष्य भएको अध्यक्ष श्रेष्ठले बताए ।

यो प्रतियोगितामा विराटनगरका आदर्श बालिका, श्री आदर्श मावि, जनपथमावि, श्री माध्यमिक मावि, विराट बहिरा मावि र सुशिक्षा निकुञ्ज गरि ६ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो । विद्यालय स्तरीय प्रतियोगिता अन्तर्गत केटा र केटी दुवै तर्फका प्रतियोगिताहरू सञ्चालन गरिएको हरेक खेल १० ओभरको खेलाइएको थियो । क्रिकेट विथआउट बाउन्ड्रिजका स्वयंसेवकहरूले सहयोग गरेका थिए ।


 


काठमाडौँ फागुन १४ गते । महाशिवारात्रिको अवसर पारेर फिल्म ‘योगमाया’ निर्माण घोषणा गरिएको छ । पशुपतिनाथ र भोजपुरको योगमाया शक्तिपिठमा एकसाथ पूजा गर्दै फिल्म घोषणा गरिएको हो ।

भोजपुरको योगमाया समाधि स्थलमा स्व.पहलमानका छोरा  नवराज बस्नेत, योगमाया शक्तिपिठका अध्यक्ष भुपाल बस्नेत, गुरु दामोदर भण्डारी, फिल्मका लेखक तथा टेक्निकल निर्देशक नेत्र छन्त्याल, उदास बैरागी, योगमाया खेलकुद समितिका अध्यक्ष भुपाल कठेत, टिकाराम भन्डारी, विनोद भट्टराई, मधुसुदन भटराई, जगन्नाथ अधिकारी, जिवनाथ सुवेदी, निलमणि खनाल, सोमनाथ भण्डारी, कृष्णमाया नेपाल  होड ब कठेत, बिध्याराज न्यौपाने लगायतले स्कृप्ट तथा पोस्टर पूजा गरेका थिए, भने काठमाडाँैको पशुपतिमा फिल्मका निर्देशक रिमेश अधिकारी, कलाकार शिवशंकर रिजाल, लय संग्रौला लगायतले मन्दिरमा स्क्रिप्ट तथा पोष्टर पूजा गर्दै फिल्म घोषणा गरेका हुन् ।

‘योगमाया’ राणा शासनको विरुद्ध आवाज उठाउदै जल समाधि लिने भोजपुरकी नेपाली महिला योगमाया न्यौपानेको कथामा निर्माण हुन लागेको हो । उनी जुद्ध शम्शेर राणाको समय समाजका विभेद, कुरुती, असमानता, छुवाछूत, बालविवाह, सतिप्रथा, दासप्रथा लगायतको अन्त्य गर्दै धर्म राज्य स्थापना र समाज परिवर्तनका लागि लड्ने सहासी महिला हुन् । ध्यान र योग मार्फत उनका हजारौ अनुयानी  थिए ।

जुद्ध शम्शेर राणासँग आखामा आँखा जुधाएर पटक पटक आन्दोल गरेर आफ्नो माग राखेकी उनलाई राणाले वचन दिएर पनि धोका दिएको कारण राणाको बिरुद्धमा उनले ६७ जना अनुयानी सहित अरुण नदिमा जल समाधी लिएकी थिइन् । उनले छेडेको आन्दोल उत्सर्गमा पुगेर ९ बर्षपछि राणा सासनको अन्त्य भएको थियो । 

योगमायाको संघर्ष र बलिदाको कथा फिल्मले भन्ने निर्माता ÷निर्देशक रिमेश अधिकारी बताउँछन् ।

फिल्मका लागि बिगत एक बर्षदेखि खोज अनुसन्धान गर्दै विभिन्न पुस्तक, जानकार ब्याक्तिहरुसँगको छलफलमा फिल्मको स्क्रिप्ट रिमेश अधिकारी र नेत्र छन्त्यालले तयार गरेका हुन् ।

फिल्मका लागि डा. आस बा. तामाङ र पुर्व मन्त्री शंकर कोइरालाको शब्दमा २ गीत तयार छन् । जसमा विनोद खम्भु र थानेश्वर गौतमले  संगीत दिएका छन् ।े 

रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति रहने ‘योगमाया’ नवराज बस्नेत, भरत संघौला, ईश्वर कुमार श्रेष्ठ, माधव थापा लगायको समुहले निर्माण गर्न लागेको हो ।

फिल्मको कानुनी सल्लाहकार राधाकृष्ण पाठक, संयोजक समन अधिकारी र सत्यराज घिमिरे रहेका छन् भने लाइन प्रोड्युसर पुष्कर लामा हुन् ।

फिल्मको पशुपतिमा स्क्रिप्ट पूजा समेत गरिएको छ । कार्यक्रममा निर्माता, निर्देशक रिमेश अधिकारी, न्यौपाने बन्धु समाजका केन्द्रिय अध्यक्ष बलाराम न्यौपान लगायतको उपस्थिती थियो ।

फिल्ममा बेनिशा हमाल, लय संग्रौला, रमेश बुढाथोकी, मोहन निरौला, दिनेस डिसि, शिवशंकर रिजाल, विशाल पहारी, मनोज शाक्य, बालकलाकार पोसन श्रेष्ठ लगायत फाइनल भएका छन् । फिल्ममा अझै लिजेन्ट र थियटर कलाकार छनौटको क्रममा रहेको निर्देशक अधिकारीले बताए । फिल्मको छायांकन नयाँ बर्ष २०८२ मा सुरु हुनेछ ।


विराटनगर फागुन १४ गते  । विराटनगर ५ मा रहेकोे बाल संसार बोर्डिङ स्कुलले आज दशौं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

गुरुकुल नाटकघरमा आयोजित कार्यक्रममा कक्षा नर्सरीदेखि ५ सम्मका विद्यार्थीले नृत्य, कथा तथा विभिन्न खेल कौशलहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा स्कुलका हरेक विद्यार्थीले प्रस्तुती देखाएका थिए ।

अभिभावकको मायाकै कारण स्कुल प्रगति गर्न सफल भएको प्रिन्सिपल खड्ग राईले बताए । बाल संसारका विद्यार्थी अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि अगाडी रहेको उनले बताए ।

विराटनगर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेले बाल संसारको पठन पाठनसँगै अतिरिक्त क्रियाकलाप राम्रो रहेको बताए । बालबालिकालाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन आवस्यक रहेको बताए । वडा कार्यालयले विद्यालयहरुलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा जोड दिन आग्रह गरिएको उनले बताए ।

कार्यक्रममा प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ, कोषाध्यक्ष अशोक लामालगायत विभिन्न स्कुलहरुका प्रमुख तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।


विराटनगर, १३ फाल्गुन । विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिले मंगलबार सुरक्षा निकायका पदाधिकारीहरू सँग छलफल गरेको छ । विराट गोल्ड कप प्रतियोगिता २०८१ का संयोजक नविन रिजालले सुरक्षा निकायका पदाधिकारीहरूलाई प्रतियोगिताका विषयमा जानकारी गराएका थिए । उनले  ७ हजार ५ सय दर्शक अटाउने क्षमता रहेको विराटनगरको सहिद रंगशाला र यसको वस्तुस्थितिका विषयमा समेत व्रिफिङ गरेका थिए ।
 

मोरङका प्रमुख जिल्ला अधिकारी तथा तथा सुरक्षा निकायका पदाधिकारी सम्मिलित छलफलमा रात्रीकालिन फुटबल प्रतियोगितामा खेलमैदान भित्र पनि हुनसक्ने सम्भावित जोखिम र व्यवस्थापनका विषयमा छलफल भएको थियो । यहीँ फागुन १९ देखि २८ गतेसम्म सहिद मैदानमा दिवा रात्री कालिन समयमा फुटबल प्रतियोगिता हुदैछ ।

छलफल कार्यक्रममा कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजन अधिकारी, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरिया, राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख एसपी तिलक प्रसाई, सशस्त्र प्रहरी डिएसपी सुधिर खतिवडा, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी नायव निरीक्षक यज्ञराज शर्मा, विराट गोल्ड कप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल साह लगायतको सहभागिता रहेको थियो ।  

नेपालका ८ र भारतका २ गरी १० टिमको सहभागिता रहने खेल भएकोले खेलाडी, दर्शक, दर्शकको सवारी साधन र अन्य सुरक्षार्थ सवै खाले सहयोगका लागि आयोजकले आग्रह गरेको थियो । छलफल संगै मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गोल्डकप फुटबल प्रतियोगिताका लागि आवश्यक सवैखाले सुरक्षाको व्यवस्थापन गर्ने बताए ।



बिराटनगर फागुन १३ गते | विराटनगरको ऐतिहासिक फुटबल टुर्नामेन्ट, विराट गोल्ड कप फुटबल टुर्नामेन्ट २०८१ को तैयारी तिब्र रुपमा अघि बढेको छ । यस पटक यहि फागुन १९ गते देखि २८ गतेसम्म बेलुकी ४ बजेदेखि रात्री ९ बजेसम्म रात्रिकालिन तालिकामा शहिद रंगशालामा आयोजना हुन लागेको उक्त टुर्नामेन्टलाई अझ व्यापक, आकर्षक एवं लोकप्रिय बनाउन आयोजक समिति अहोरात्र खटिरहेको टुर्नामेन्ट संयोजक श्री नवीन रिजालले बताउनु भएको छ । 


सो टुर्नामेन्टको प्रचार प्रसार समितिका सह–संयोजकद्वय शुश्री श्रृति शर्मा र श्री अमित अग्रवालको नेतृत्वमा विराटनगरका विभिन्न स्थानहरु गई आगामी टुर्नामेन्टका बारेमा जानकारी गराउने कार्य भई रहेको छ । आजै सह–संयोजकहरुसँग श्री जिना श्रेष्ठ, श्री राहुल शर्मा, श्री अभिषेक भट्टराई, श्री गौरव भट्टराई र श्री जतिन ताम्राकार सहितको टोलीले विराटनगरका कैयौँ कलेज तथा विद्यालयमा आयोजना गरेको क्याम्पेनिङ्गमा ३००० भन्दा विद्यार्थी र सयौँ शिक्षकहरुको उत्साहजनक उपस्थिति देखिएको थियो । 

क्याम्पेनिङ्ग मार्फत आयोजक समितिले यस पटकको सो रात्रिकालिन टुर्नामेन्टलाई अझ अन्तर्राष्ट्रियस्तरको शैलीमा संचालन गर्न लागिएको जानकारी गराउनुका साथै सोही अवधिमा साँस्कृतिक कार्यक्रम, फेस अफ द गोल्ड कप, टिकटक कम्पीटिसिन लगायतका आकर्षक कार्यक्रमहरु पनि समावेश गरिएको जनाएका छन् । 

टुर्नामेन्टको सहभागीहरु मध्ये प्रत्येक दिन ३ जनालाई फेस अफ द गोल्ड कप गिफ्ट हेम्पर दिईने, प्रत्येक रु. २०० को टिकट खरिद गर्दा रु. २००० भन्दा बढिका छुट कुपनहरु उपलब्ध गराइने, रमपमको टिकट क्यास व्याक अफर प्राप्त गर्न सकिने लगायत विभिन्न स्कीमहरु राखिएका छन् । टुर्नामेन्टमा नेपाल र भारतका राष्ट्रिय फुटबल टीमहरु बीच रात्रिकालिन प्रतिस्पर्धा हुने छन् ।


विराटनगर फागुन १३ गते । विराटगर–९ मा रहेको शिक्षादीप कलेजले दोस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।

कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई मंगलबार एक कार्यक्रम वीच उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो ।

कलेजले संचालन गरेको परीक्षाहरुमा उत्कृष्ट अंक ल्याउने छात्र छात्राहरुलाई नगद पुरस्कार सहित ससम्मान गरेको कलेजका व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराईले बताए । उनका अनुसार व्यवस्थापन संकाय कक्षा ११ र १२ का गरि २० जना विज्ञान संकायमा कक्षा ११ र १२ का गरि ५७ जना विद्यार्थीलाई नगद सहित पुरस्कृत गरिएको बताए ।

कलेजका विद्यार्थीले  एमसिक्यु, विराटनगर महानगरपालिकाले आयोजना गरेको विज्ञान पर्दशनमा दोस्रो हिसान खेलमा पदक विजेता खेलाडिहरु, आन्तरिक हाजिरिजवाफ, रोवोटीक्स एस्ट्रोनोमी एभिएसन र आइटी वर्कसपमा सहभागि २१९ जना विद्यार्थीहरुलाई विशेष सम्मान गरिुएको कलेजका निर्देशक भुपेन्द्र दाहालले बताए ।

सम्मानित र पुरस्कृत हुने सवै विद्यार्थीलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडका, कलेजका प्रमुख निर्देश शैलेन्द्र शिवाकोटी, कलेजका निर्देश डा. विमल श्रीवास्तव, निर्देशक रामचन्द्र अधिकारी र विज्ञान संकायका को–अर्डिनेटर नविन राँयले गरे ।


विराटनगर फागुन १३ गते । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुलले जितेको छ ।

मंगरलबार भएको फाइनल खेलमा सरस्वती स्कुलले अर्किड स्कुललाई ७ विकेटले पराजित गरि उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरको खेलमा १८ दशमलव १ बलमा सवै विकेट गुमाई ९५ रन बनाएको थियो । अर्किडका लागि अभय कामतले सर्वाधिक ५१ रनको योगदान दिए । सरस्वतीका सुरज मण्डलले ४ विकेट लिँदा निरज यादवले ३ विकेट लिए ।

९६ रनको लक्ष्य पछ्याएको सरस्वतीले १५ दशमलव ३ बलमा ३ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । सरस्वतीका दिगम्वर यादवले ३१ रन बनाउँदा प्लेयर अफ फाइनल क्रितिषा धामीले २२ रनको योगदान दिए।

प्रतियोगिताको प्लेयर अफ दसिरिज सरस्वतीका विकाश कामत घाषित भए । त्यस्तै उत्कृष्ट ब्याटर सरुस्वतीका प्रशान्त यादव र उत्कुष्ट बलर अर्किडका प्रेम कामत भए । विजयी तथा अन्य खेलाडिलाई हिसान मोरङका पूवै अध्यक्ष राजेश कार्की, क्रिकेट एम्पायर सिरिस उपाध्याय र भास्कर अर्यालले पुरस्कार तथा ट्रफि वितरण गरे ।



बिराटनगर फागुन १३ गते । नेपाल उधोग तथा ब्यबसायी महासंघ कोशी प्रदेशको प्रथम अधिवेशनआज बिराटनगरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रिय अध्यक्ष भगिरथ सापकोटा र नेकपा एमाले पाटीका कोशी प्रदेश इनचार्ज पूर्व मन्त्री सेर धनराई, कोशी प्रदेशका सामाजिक बिकास    मन्त्री मा, पांचकर्ण राई समेतले पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो । 

हाल कोशी प्रदेशमा ९ वटा प्रदेश कमिटी, १४ जिल्ला कमिटी, १३५ पालिका कमिटी र केही वडा कमिटीहरू समेतमा नेपाल उद्योग तथा व्यवसायी महासंघ पु¥याउने काम निरन्तर यस कमिटीले गरिररहेको छ र यही क्रमलाई गाउ गाउ सम्मै सगठन पुगाउन आज बिरानगरमा कोशी प्रदेशको प्रथम अधिवेशनका्र गरिए बताइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रिय अध्यक्ष भगिरथ सापकोटा र नेकपा एमाले पाटीका कोशी प्रदेश इनचार्ज पूर्व मन्त्री सेर धन राई, कोशी प्रदेशका सामाजिक बिकास मन्त्री मा, पांचकर्ण राई समेत बिभिन्न वक्ताहरुले आफना भनाईहरु राख्नु हुदै, अधिबेशन सफलताको लागि शुभकामना दिनु भएको थियो । 

नेकपा एमालेको जनसंगठन रुपमा स्थापित नेपाल उद्योग तथा व्यवसायी महासंघ यस प्रदेश कमिटीको स्थापना २०७८ साल माघ १९ गते अध्यक्षमा क। गणेश बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो। तत्पश्चात प्रदेशका विभिन्न जिल्लाहरूमा जिल्ला कमिटीको गठन गर्ने कार्य सम्पन्न भईसकेको छ । वर्तमान अवस्थामा हामीले विभिन्न जिल्लाहरूमा संरचित गर्दै स्थायी संगठनको विस्तार गरिरहेका बताइएको थियो ।

आयोजक, लगायत सम्पूर्ण उद्यमी व्यवसायी महानुभावहरूलाई नेपाल उद्योग तथा व्यवसायी महासंघ कोशी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनमा प्रदेशको तर्फबाट हार्दिक स्वागत तथा अभिवादन पनि कोशी प्रदेश सचिव उमेश घिमिरेले गर्नु भएको थियो ।सयोजक सुमन नेमाङको अध्यक्षतामा कार्कार्यक्रम भएको थियो | 



विराटनगर फागुन १३ गते | विराटनगरमा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव- २०८१ प्रदेशस्तरीय एथलेटिक्स प्रतियोगिता अन्तर्गतको पुरुष ५ किलोमिटर सडक दौड प्रतियोगितामा तेह्रथुमका सरोज लिम्बू प्रथम हुनुभएको छ। लिम्बूले ५ किलोमिटरको रोड रेस १५ मिनेट ४४ सेकन्डमा पूरा गर्दै प्रथम हुनुभएको हो। 

कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा कोशी प्रदेश खेलकुद महोत्सव मूलसमारोह समितिका अध्यक्ष पाँचकर्ण राईले उद्घाटन गर्नु भएको सडक दौडमा पाँचथरका ओसन राईले १५ मिनेट ४७ पूरा गर्दै दोस्रो स्थान हासिल गर्नु भएको थियो भने ताप्लेजुङ्ग अमिर लिम्बूले १६ मिनेट ११ सेकन्डमा रेस पूरा गर्दै तेस्रो स्थान प्राप्त गर्नु भएको थियो।  

त्यस्तै , ५ किलोमिटरको महिला सडक दौडमा खोटाङ्गकी द्रिपा बस्नेतले १९ मिनेट ४० सेकन्डमा पूरा गर्दै प्रथम हुनुभएको थियो भने २० मिनेट १३ सेकन्डमा पूरा गर्दै पाँचथरकी पुष्पा लिम्बूले दोस्रो स्थान हासिल गर्नु भएको थियो। 

तेस्रो स्थान २० मिनेट ३२ सेकन्डमा दौड पूरा गर्नुभएकी संखुवासभाकी सुनकला राईले प्राप्त गर्नु भएको महोत्सवको एथलेटिक्स प्रतियोगिता संयोजक थलु राजभण्डारीले जानकारी दिनु भयो।


काठमाडौं फागुन १२ गते |  होरा इस्पोट्र्सले इशान दोस्रो इस्पोट्र्स राष्ट्रिय च्याम्पियन्सिपमा पब्जी मोबाइलतर्फको उपाधि जितेको छ । शनिवार राति सम्पन्न पब्जी मोबाइल नेसनल च्याम्पियनसिपतर्फ १५ टोलीलाई पछि पार्दै होरा च्याम्पियन बनेको छ । च्याम्पियन होराले १२२ अंक जोड्दा दोस्रो भएको टि टु के एक अंकले पछि प¥यो । टि टु के ले १२१ अंक जोडेको थियो । यस्तै दाई इस्पोट्र्स तेस्रो, होइन इ स्पोट्र्स चौथो र डिआरएस गेमिङ पाँचौ भयो ।

कूल प्राइज राशी २५ लाख रहेको प्रतियोगितामा पब्जीतर्फ सबैभन्दा धेरै १० लाख १० हजार पुरस्कार राखिएको थियो । जसमा विजेता होरा इस्पोट्र्सले नगद २ लाख ५० हजार र ट्रफी प्राप्त ग¥यो । यस्तै दोस्रो भएको टि टु केले १ लाख ८० हजार तथा तेस्रो भएको दाई इस्पोट्र्सले १ लाख २० हजार पायो । यस्तै रोयल ड्रागन इस्पोर्ट छैटौं, जुट्टी इस्पोट्र्स सातौं, फोर डेथ मेसिन आठौं, नेप्क्स नवौँ र सोल्टी स्क्वाड दशौँ भए । अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाएका     थिए । होरा इस्पोट्र्सका स्काई होरा मोस्ट भ्यालुएबल प्लेअर घोषित   भए । उनले नगद १० हजार प्राप्त गरे ।  

यस्तै मोबाइल लेजेण्ड ब्याङ ब्याङको उपाधि औराले जित्यो । फाइनल चरणमा प्रतिस्पर्धा गरेका हुमिङ बर्डलाई पराजित गर्दै औरा च्याम्पियन बनेको हो । मोबाइल लेजेण्ड्सको विजेता औराले १ लाख ८२ हजार र ट्रफी प्राप्त ग¥यो भने उपविजेता हमिङ बर्डले १ लाख ४ हजार पायो । ला फिएर्टे तेस्रो, ट्रस्ट दि प्रोसेस चौथो, एलिसिउम पाँचौ, हार्बिनगर्स छैटौं, आरएसजी कोज्जा इस्पोट्र्स सातौं र डाँफे इस्पोर्ट आठौं भयो । यस विधामा पनि शीर्ष ८ मा रहनेले नगद पुरस्कार प्राप्त गरे । एमएलबीबीमा औराका भोइड मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।

यसैगरी डोटा टुको उपाधि कीर्तिपुरले जित्यो । च्याम्पियन कीर्तिपुरले नगद १ लाख ५ हजार र ट्रफी प्राप्त ग¥यो । डोटा टु मा स्नेक दोस्रो र एभेन्जर्स तेस्रो भयो । डोटा टु मा तेनजिकु ग्याङ चौथो, वन लास्ट राइड पाँचौ,केइकेडब्लु छैटौं, ढेडुस सातौं र राजेस हमाल इज ब्याकआठौं    भयो ।

भालोरेन्टको उपाधि नो टक वन्ली किलले जित्यो । च्याम्पियन नो टक ओन्ली किलले पनि १ लाख ५ हजार प्राप्त ग¥यो । भालोरेन्टमा काल्म डाउन दोस्रो र अर्केन तेस्रो भयो । भालोरेन्ट र डोटा टु दुवैमा दोस्रोले समान ६० हजार र तेस्रोले समान ४५ हजार प्राप्त गरे । भालोरेन्टमा कृउ एक्स चौथो, ओल्ड जिन्स पाँचौ, ब्रिटिस कलेज छैटौं, कपिलवस्तु सातौं र बत्ती बल्यो आठौं भयो ।

डोटा टु मा टिम कीर्तिपुरका लक्षय तामाङ तथा भालोरेन्टमा नो टक वन्ली किलका रियाल सिंह मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । इ फुटबलको उपाधि हृजवान श्रेष्ठले जिते । उनले नगद ९० हजार पुरस्कार र ट्रफी प्राप्त गरे । यस्तै स्वप्निल अधिकारी दोस्रो, बुद्धि बहादुर भट्टराई तेस्रो तथा सन्दिप गोले तामाङ चौथो भए । कस प्लेमा रिमा बिशान्की पहिलो भइन् भने गुन्जेस श्रेष्ठ दोस्रो, रोनि सुब्बा तेस्रो, लासेवा सुब्बा चौथो र इशान श्रेष्ठ पाँचौ भए ।

स्पोट्र्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा फागुन ८ देखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको इ स्पोट्र्स नेशनल च्याम्पियनसिपमा पब्जीसहित विभिन्न ६ खेल विधामा प्रतिस्पर्धा गराइएको थियो ।

 अन्तिम चरणमा पब्जीमा १६ टिम, ई–फुटबलमा १६ खेलाडी, डोटा टू र भ्यालोरेन्टमा ३–३ टिम तथा मोबाइल लेजण्ड्समा २ टिम प्रतिस्पर्धा गरेका थिए। । यसैगरी कस प्लेमा भने फेसन सो शैलीमा स्टेजमा डेमो देखाएका थिए । विजेतालाई पूर्व मन्त्री नारायणकाजी श्रेष्ठ, सांसद माधव सापकोटा, राखेप पूर्व उपाध्यक्ष शिव कोईराला, इशान अध्यक्ष अन्जन धमला लगायतले पुरस्कृत गरेका थिए ।

 


विराटनगर फागुन १२ गते | कोशी प्रदेश खेलकुद विकास बोर्डले हिजो गरेको पत्रकार सम्मेलनमा प्रदेश खेलकुद महोत्सव फागुन १३ देखि १८ गते सम्म हुने खर्च र  बोर्डमा  समावेश भएका एथलेटिक्स, कबड्डी, डोरीतान, सफ्ट टेनिस, कराते, तेक्वान्दो, बुद्धिचाल, बायथल, महिला फुटबल, महिला भलिबल, टेबलटेनिस गरी ११ वटा खेल महोत्सवमा  खेल हुने बिबरण सुनाइएको थियो |

बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले मंगलबार विराटनगरस्थित सहिद रंगशालामा खेल महोत्सवको उद्घाटन गरिने जानकारी दिए। उनले मोरङ र झापामा प्रतियोगिताका खेलहरू हुने  छ भने यो खेलकुद जुसुकैसरकार आएपनि नियमित चलिरहने बताएका  थिए |

खेल महोत्सवका लागि बोर्ड अध्यक्ष एवं कोशी प्रदेशका सामाजिक विकासमन्त्री पञ्चकर्ण राईको अध्यक्षतामा ७८ सदस्यीय मूल समिति गठन गरिएको जनाइएको छ। प्रतियोगिताको समापन पनि विराटनगरमै फागुन १८ गते हुनेछ।

प्रतियोगिता आयोजना गर्न एक करोड १८ लाख ७७ हजार ५३ रुपैयाँ लाग्ने अनुमान गरिएको सदस्य सचिव बस्नेतले बताए। जसमध्ये बोर्डले एक करोड २० लाख रुपैयाँ खर्च गर्नेछ। बाँकी रकम निजी क्षेत्र र खेलप्रेमीबाट सहयोग प्राप्त हुने विश्वास लिइएको उनले जानकारी दिए।

मन्त्री राईले भने, ‘कोशी प्रदेशमा खेलकुद क्षेत्रलाई बलियो बनाउन प्रतियोगिता महत्वपूर्ण रहने बताइयो। उनले राम्रो उद्देश्य राखेर खेलकुद महोत्सव आयोजना गरिएको दाबी गरे। उनले आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशलाई सबैभन्दा बढी पदक जित्नका लागि सहयोगी हुने बताए।’


मन्त्री राईले जनताको सरकार आफ्नै खेलकुद महोत्सवले निरन्तरता पाउने समेत जानकारी दिएका थिए |


विराटनगर फागुन ११ गते |  लक्ष्मी उप्रेती व्यक्तित्व वर्ष पुरस्कार प्रतिष्ठानले खेलकुद र साहित्य क्षेत्रका दुईजनालाई नगदसहित पुरस्कृत गरेको छ ।

खेलकुदका माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम चिनाएको भन्दै प्रतिष्ठानले क्रिकेटका प्रशिक्षक तथा खेलाडी विजयकुमार शर्मालाई नगद १ लाख १ हजारसहित पुरस्कृत गरेको छ । शर्मा पाँच दशकभन्दा लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय छन् । त्यस्तै साहित्यकार राधा भट्टराईलाई नगद १० हजार १ सय राशिसहित पुरस्कृत गरिएको छ । 

दुवैजनालाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्राध्यापक कविराज न्यौपाने, साहित्यकार लक्ष्मी उप्रेती, गंगा सुवेदीलगायतले दोसल्ला ओढाएर नगद राशि र सम्मानपत्र प्रदान गरेका थिए । विशेष गरी साहित्यकार भट्टराई मुक्तक लेखनमा सक्रिय छिन् । उनका विभिन्न कृति प्रकाशित छन् । समारोहमा प्रमुख अतिथि न्यौपानेले उप्रेती परिवारले महत्वपूर्ण कार्य गरेको चर्चा गरे । उनले आमाको नाम प्रतिष्ठान स्थापना गरेर विभिन्न क्षेत्रका व्यक्तिलाई पुरस्कृत गर्नु प्रशंनीय भएको बताए । 

सो अवसरमा चेतना प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, आयोजक संस्थाकी अध्यक्ष सभिना पोखरेल उप्रेती, महासचिव दिङ्लाली कान्छो, सचिव मीनकुमार नवोदित, नेपाली लेखक संघ कोशी प्रदेश अध्यक्ष गोकुल अधिकारी, साहित्यकार निर्मला कोइराला, प्रतिमा निरौलालगायतले पुरस्कृत व्यक्ति र प्रतिष्ठानकी संरक्षक अग्रज साहित्यकार लक्ष्मी उप्रेतीका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले आमा जीवित छँदै छोराछोरीले प्रतिष्ठान स्थापना गरेर पुण्य कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।

साहित्यकार उप्रेतीका छोरा संजय उप्रेती, छोरी सविना उप्रेती पोखरेल र सरिता उप्रेती ओलीले आमाको कर्मशील जीवनको सम्मान गर्दै १५ लाख राशिको अक्षयकोष स्थापना गरेका छन् । 

सोही अक्षयकोषबाट आउने ब्याजले हरेक वर्ष कुनै एक क्षेत्रका उल्लेखनीय कार्य गर्ने एकजना व्यक्तिलाई १ लाख एक हजार राशिसहित वर्षको उत्कृष्ट सम्मान र १० हजार १ सय राशिको साहित्यिकार लक्ष्मी उप्रेती नवप्रतिभा साहित्य पुरस्कार’ प्रदान गरिनेछ । गत वर्ष स्थापित प्रतिष्ठानले पुरस्कार भने यस वर्षदेखि वितरण गर्न सुरु गरेको हो । अझै रकम थपेर आगामी दिनमा कोषलाई वृद्धि गर्ने प्रतिष्ठानकी अध्यक्ष सभिना पोखरेल उप्रेतीले प्रतिबद्धता जनाइन् ।

 


विराटनगर फागुन ११ गते | विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेका अवसरमा मकालु प्लाटिनम जुबिली तथा दक्षिण एशियाली साहित्यिक–सांस्कृतिक महोत्सव हुने भएको छ ।

संखुवासभाको मकालु गाउँपालिकाको आयोजना तथा मकालु साहित्यिक समाजको संयोजनमा हुने महोत्सवमामा नेपालसहित भारत, बंगलादेश र भुटानका स्रष्टाहरू सहभागी हुने आयोजकले जनाएको छ । यही फागुन १४, १५, १६ र १७ गते मकालु गाउँपालिकाको नुम बजारमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रमको संयोजन गरिरहेको मकालु साहित्यिक समाजका अध्यक्ष अग्रज साहित्यकार ताराबहादुर बुढाथोकीले जानकारी दिए ।

कार्यक्रमले मकालु गाउँपालिकालाई मात्रै नभएर सिंगो संखुवासभालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने बुढाथोकीले बताए । उनले दक्षिण एशियाली साहित्यिक सांस्कृतिक महोत्सवले मकालु, शिवधारा र वणुगोत्री त्रिआयामिक धाार्मिक, सांस्कृतिक र साहित्यिक पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे । स्थानीय संस्कृति र दक्षिण एसियाली संस्कृति सम्मिलन भई साहित्यिक र सांस्कृतिक विचार आदानप्रदानले सम्बन्धसमेत सुमधुर हुने उनको भनाइ थियो ।

 ‘पहिलोपटक हुन लागेको महोत्सवले यस क्षेत्रको धार्मिक, सांस्कृतिक र साहित्यिक विकाससँगै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने मलाई लाग्दछ,’ उनले थपे, ‘कार्यक्रमलाई भव्य बनाउन पूरै संखुवासभा लागिपरेको छ । यो कार्यक्रम भव्य मात्रै होइन ऐतिहासिक हुनेछ ।’

कार्यक्रमलाई भव्य बनाउन गाउँपालिकाकी उपाध्यक्ष मनकला राईको संयोजकत्वमा आयोजक समितिसमेत बनाइएको छ । महोत्सवमा भलिबल प्रतियोगिता, नाटक मञ्चन, विभिन्न लोकदोहोरी, झाँकी प्रदर्शन, स्थानीय उत्पादनको स्टल, साहित्यिक–सांस्कृतिक कार्यक्रम, विभिन्न पुस्तक विमोचनलगायतका कार्यक्रम रहेको संयोजक राईले जानकारी दिइन् ।

सोही कार्यक्रममा साहित्य र पत्रकारिताका क्षेत्रमा योगदान पु¥याएको भन्दै विराटनगरका कवि एवं पत्रकार मीनकुमार नवोदितसहित साहित्य, कला, संस्कृति, पर्यटन, गीतसंगीतलगायतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई विशेष सम्मान गरिने आयोजकले जनाएको छ । नवोदितले आफ्ना सिर्जनामा पहाडी ग्रामीण जनजीवनका विषय उठान गर्नुका साथै पत्रकारितामार्फत साहित्यिक तथा सांस्कृतिक विषयलाई आमजनतामाझ पु¥याएका कारण महोत्सवका अवसरमा सम्मान गर्न लागेको हो ।

विश्वको पाँचौं अग्लो हिमाल मकालुको उचाई ८४६३ मिटर रहेको छ । जुन हिमालको शिखरमा मानव पाइला टेकेको ७० वर्ष पूरा भएको अवसरमा चारदिने भव्य कार्यक्रम हुन लागेको हो ।


विराटनगर फागुन १० गते | विराटनगर महानगरपालिकाले आयोजना गरेको महानगरस्तरीय अन्तरविद्यालय विज्ञान प्रदर्शनी उत्कृष्ट प्रस्तुतिका साथ मेन्टमेरी बोर्डिङ स्कुल प्रथम भएको छ ।

प्रदर्शनीमा सहभागी ४७ विद्यालयलाई पछि पार्दै सेन्टमेरी प्रथम भएको हो । त्यस्तै शिक्षादीप सेकेण्डरी स्कुल द्वितीय, गोदावरी सेकेण्डरी स्कुल तृतीय र कान्तिपुर सेकेण्डरी स्कुलले सान्त्वना स्थान प्राप्त गरेका थिए । त्यस्तै विधागततर्फ ५ वटा विद्यालयलाई पुरस्कृत गरिएको थियो । जसमा उत्कृष्ट विश्लेषण र प्रस्तुत आदर्श मावि, उत्कृष्ट विषयवस्तु एभरेष्ट मावि, उत्कृष्ट भविष्यात्मक दृष्टिकोण विकेभिएम स्कुल, उत्कृष्ट उद्यमशीलता डिएभी स्कुल र उत्कृष्ट स्टल सजावट अर्किट सेकेण्डरी स्कुल पुस्कृत भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना विद्यालयलाई क्रमशः २०, १५, १० र ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईका अनुसार ५ वटा विधामा उत्कृष्ट हुने विद्यालयलाई प्रोत्साहनस्वरुप २–२ हजार नगदसहित प्रमाणपत्र प्रदान गरियो । 

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरे । २०७६ सालदेखि सुरु भएको प्रदर्शनीमा गत वर्ष १० हजारभन्दा बढीले अवलोकन गरेका थिए । यस वर्ष १५ हजारभन्दा बढी विद्यार्थीले प्रदर्शनी अवलोकन गरेको शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश ढुंगानाले जानकारी दिए । मेची बहुमुखी क्याम्पसका प्राध्यापक सरोज नेपाल प्रमुख निर्णायक रहेको समितिले पुरस्कृत विद्यालयहरूको नाम सार्वजनिक गरेको थियो । स्मार्ट साइन्स, एग्रिकल्चर र इनोभेसनलाई आधार मानेर निर्णय गरिएको प्रमुख निर्णायक नेपालले जानकारी दिए ।

विराटनगर–७ स्थित आदर्श स्कुल परिसरमा आयोजित प्रदर्शनीको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीहरूमा प्रतिस्पर्धी क्षमताको विकाससँगै खोज र अनुसन्धानमा लाग्न थप प्रेरित गर्ने बताए । महानगरपालिकाले प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखेको बताउँदै मेयर कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन भएको उल्लेख गरे । ‘

तपाईं विद्यार्थीहरू खोज अनुसन्धानमा लाग्नुहोस् महानगरका तर्फबाट तपाईंहरूलाई सधैं साथ रहन्छ,’ मेयर कोइरालाले भने, “प्राविधिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरू प्राप्त हुन्छन् । आफैं स्वरोजगार पनि हुन सकिन्छ ।’ मेयर कोइरालाले अन्तरीक्षसम्बन्धी खोज अनुसन्धानका लागि प्रदेशस्तरमा केन्द्र स्थापनाहुनुपर्नेमासमेत जोड दिए ।

उपमेयर शिल्पा निराला कार्कीले विद्यालयस्तरदेखि नै विद्यार्थीहरूलाई खोज र अनुसन्धानमा लाग्न विज्ञान प्रदर्शनीले थप प्रेरित गर्ने बताइन् । उनले यस्ता प्रदर्शनीले विज्ञान र प्रविधिमा चासो राख्ने विद्यार्थीलाई अगाडि बढ्न सहयोग पुग्ने विचार व्यक्त गरिन् । उपमेयर कार्कीले विज्ञान र प्रविधितर्फ विद्यार्थीको आकर्षण बढाउन महानगरले हरेक वर्ष प्रदर्शनी आयोजना गर्ने गरेको जानकारी दिइन् ।

कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई मोरङका निमित्त प्रमुख जीवन गड्तौलाले महानगरले वृहत विज्ञान प्रदर्शनी गरेर विद्यार्थी–विद्यार्थी बीच र विद्यालय–विद्यालयबीच प्रतिस्पर्धी क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । यस्तै प्रदर्शनीबाट विद्यार्थीको क्षमता निराखिँदै जाने उनको विचार थियो । महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरी, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान विराटनगर अध्यक्ष अमित ढकाल, प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठलगायतको उपस्थितिमा भएको प्रदर्शनीमा ९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थी सहभागी भएका थिए । 

सहभागीमध्ये हरेक विद्यालयबाट १ जना छात्रासहित ५ जना विद्यार्थीले सहभागिता जनाएको शिक्षा महाशाखाका अधिकृत भट्टराईले बताए । हिसान मोरङ, प्याब्सन विराटनगर, एन–प्याब्सन विराटनगर र नगर बाल क्लब सञ्जालले विज्ञान प्रदर्शनीमा सहकार्य गरेका थिए ।

 


झापा, फागुन १० गते । सुरेन्द्र भण्डारी- बिर्तामोड ५ मा निर्मित गायत्री माता मन्दिर सेवा समितिले संरक्षक सहित व्यवस्थापन समिति र सल्लहकार समिति गठन गरेको छ । 

झापामै पहिलो पटक पाँच दिवसीय अनुष्ठानका साथ माताको प्राण प्रतिष्ठा  र मन्दिरको उद्घाटनसंगै त्यसको व्यवस्थापन, सञ्चालन र रेखदेखका लागि संरक्षक सहितको व्यवस्थापन समिति निर्माण गरिएको हो । 
मन्दिर निर्माण समितिका संयोजक रौनक वंशल सहित बिर्तामोड नगरपालिका प्रमुख, उपप्रमुख , वडानम्वर ५ का वडाध्यक्ष, इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ल ट्राफिक प्रहरी कार्यालय झापा, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प शनिश्चरेका प्रमुखलाई मन्दिरको संरक्षक बनाइएको छ भने ३१÷३१ सदस्यीय व्यवस्थापन समिति र सल्लाहकार समिति तयार गरिएको छ ।
 
मन्दिर निर्माण समितिका संयोजक वंशलको अध्यक्षाता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला , बिर्तामोड वडा नम्वर ५ का वडाध्यक्ष रोहित प्रसाई , नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, अर्जुनधारा जलेश्वर धामका अध्यक्ष नवीन गट्टानी लगायतका विशिष्ठ व्यक्तिको उपस्थितिमा बसेको बैठकले विवेक अग्रवालको संयोजकत्वमा ३१ सदस्यीय व्यवस्थापन समिति गठन गरेको हो । 
त्यस्तै सहसंयोजक सुजित अग्रवाल, सचिवमा मनोज वजाज र कोषाध्यक्ष  राजेश अग्रवाल चयन भएका छन् । 

मन्दिर व्यवस्थापन समितिको सदस्यहरुमा मुकेश अग्रवाल, विकास अग्रवाल, सुमित अग्रवाल, विजय सिङ्गल, श्याम बसल, मनोज वंशल, तारा श्रेष्ठ, रमा खनाल, टङ्कप्रसाद खनाल, अजय कलवार, शत्रुघन गुप्ता रौनियार, अशोक चौधरी, श्याम अग्रवाल, निरज वंशल, मनिष पोद्धार, सतिष अग्रवाल, अभिषेक अग्रवाल, रवि वंशल, अनमोल सिङ्गल, रवि शर्मा, साहिल जोधानी, टेकेन्द्र अग्रवाल, नरेश मित्तल, विशाल गोयल , प्रयागचन मित्तल, रितेश अग्रवाल, कौशल अग्रवाल चयन भएका छन् ।
 
यता सल्लाहकार समितिमा उमेश डालमिया, निर्मल भट्टराई , राजु न्यौपाने , कुशल खतिवडा ,सुरेश कुमार अग्रवाल ‘भद्रपुरे’, मोहन मित्तल, प्रशान्त भण्डारी, एकराज गिरी, मेघराज बास्तोला,नवीन कुमार गोयल,नवीन गट्टानी,सुवास भट्टराई,सजेश शिवाकोटी,विष्णुकुमार निरौला,राजकुमार गुप्ता,पार्वता खरेल बिमली, स्वस्तिका आचार्य,नीलम अग्रवाल,दिनेश श्रेष्ठ,निशा गुप्ता, वेद प्रकाश वंशल, विनोद वंशल ,सुशील अग्रवाल ‘सीए’,शुभ कुमाई पाठक, अनुज मारु,शिवकुमार अग्रवाल,दीपचन्द साहेवाला,पप्पु वंशल,रजनिश कर्नानी,महेश चितलाङ्गिया र  यज्ञराज अग्रवाल चयन भएका छन् । 

वैठकमा दाताको नामावली सहित मन्दिर निर्माणका क्रममा भएको आय व्ययको विवरण केही दिनमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिने मन्दिर निर्माण समितिका संयोजक वंशलले बताए । 
मन्दिर दातााको सहयोग सहित बिर्तामोड नगरपालिका र प्रदेश सरकराको अढाई करोड रुपैयाँको लगानीमा निर्माण भएको हो ।

मन्दिर उद्घाटन अघि गत माघ १७ गतेबाट मन्दिर परिसरमा आयोजित अनुष्ठानको उद्घाटन प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरेलेगरेका थिए भने माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना गरिएको थियो । त्यस्तै माघ २१ गते विशेष कार्यक्रमका बीच माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए ।


विराटनगर फागुन ९ गते | विराटनगर महानगरपालिकाले महानगरस्तरीय अन्तरविद्यालय विज्ञान प्रदर्शनी आयोजना गरेको छ ।प्रदर्शनीको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगरस्थित आदर्श माविमा आयोजित प्रदर्शनीलाई सम्बोधन गर्दै मेयर कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीहरूमा प्रतिस्पर्धी क्षमताको विकाससँगै खोज र अनुसन्धानमा लाग्न थप प्रेरित गर्ने बताउनुभयो । महानगरपालिकाले प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखेको बताउँदै मेयर कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन भएको उल्लेख गर्नुभयो । 

“तपाईं विद्यार्थीहरू खोज अनुसन्धानमा लाग्नुहोस् महानगरका तर्फबाट तपाईंहरूलाई सधैं साथ रहन्छ,” मेयर कोइरालाले भन्नुभयो, “प्राविधिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरू प्राप्त हुन्छन् । आफैं स्वरोजगार पनि हुन सकिन्छ ।” मेयर कोइरालाले अन्तरीक्षसम्बन्धी खोज अनुसन्धानका लागि प्रदेशस्तरमा केन्द्र स्थापना हुनुपर्नेमा समेत जोड दिनुभयो ।

उपमेयर शिल्पा निराला कार्कीले विद्यालयस्तरदेखि नै विद्यार्थीहरूलाई खोज र अनुसन्धानमालाग्न विज्ञान प्रदर्शनीले थप प्रेरित गर्ने बताउनुभयो । उहाँले यस्ता प्रदर्शनीले विज्ञान र प्रविधिमा चासो राख्ने विद्यार्थीलाई अगाडि बढ्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । उपमेयर कार्कीले विज्ञान र प्रविधितर्फ विद्यार्थीको आकर्षण बढाउन महानगरले हरेक वर्ष प्रदर्शनी आयोजना गर्ने गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई मोरङका निमित्त प्रमुख जीवन गड्तौलाले महानगरले वृहत विज्ञान प्रदर्शनी गरेर विद्यार्थी–विद्यार्थी बीच र विद्यालय–विद्यालयबीच प्रतिस्पर्धी क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । यस्तै प्रदर्शनीबाट विद्यार्थीको क्षमता निराखिँदै जाने उहाँको विचार थियो ।

 महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरी, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान विराटनगर अध्यक्ष अमित ढकाल, प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठलगायतको उपस्थितिमा भएको प्रदर्शनीमा ४७ वटा विद्यालयले सहभागिता जनाएका छन् ।

९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थीमध्ये हरेक विद्यालयबाट १ जना छात्रासहित ५ जना विद्यार्थीले सहभागिता जनाएको शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले बताउनुभयो । सहभागीमध्येबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना विद्यालय छनौट गरिनेछ । 

प्रथम, द्वितीय, तृतीय र सान्त्वना विद्यालयलाई क्रमशः २०, १५, १० र ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । महाशाखाका अधिकृत रमेश ढुंगानाका अनुसार ५ वटा विधामा उत्कृष्ट हुने विद्यालयलाई प्रोत्साहनस्वरुप २–२ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । २०७६ सालदेखि सुरु भएको प्रदर्शनीमा गत वर्ष १० हजारभन्दा बढीले अवलोकन गरेका थिए । यस वर्ष १५ हजारभन्दा बढी विद्यार्थीले प्रदर्शनी अवलोकन गरेको ढुंगानाले जानकारी दिनुभयो ।

मेची बहुमुखी क्याम्पसका प्राध्यापक सरोज नेपाल प्रमुख निर्णायक रहेको समितिले आजै (शुक्रबार) साँझसम्ममा पुरस्कृत विद्यालयहरूको नाम सार्वजनिक गर्नेछ । स्मार्ट साइन्स, एग्रिकल्चर र इनोभेसनलाई आधार मानेर निर्णय गरिने प्रमुख निर्णायक नेपालले जानकारी दिनुभयो । हिसान मोरङ, प्याब्सन विराटनगर, एन–प्याब्सन विराटनगर र नगर बाल क्लब सञ्जालले विज्ञान प्रदर्शनीमा सहकार्य गरेका छन् ।


विराटनगर  फागुन ८ गते |  ७४ औं वार्षिकोत्सवका अवसर पारेर विराटनगर–१६ स्थित मिल्स माविले उत्कृष्ट शिक्षक र विद्यार्थीहरूलाई सम्मानित गरेको छ ।

बिहीबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा स्वर्गीय योगप्रसाद उपाध्याय स्मृति उत्कृष्ट शिक्षक पुरस्कार शिक्षिका इन्दिरा गुरागाईंलाई प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नगद ११ हजार १ सय रुपैयाँसहित सम्मानपत्र प्रदान गर्नुभयो ।

समाजसेवी प्रकाश दाहालले विद्यालयको वार्षिकोत्सवका अवसरमा हरेक वर्ष उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्ने गरी सो पुरस्कार स्थापना गर्नुभएको हो ।

सोही अवसरमा शिक्षकहरू सुधीर यादव, ओमप्रकाश राजवंशीलगायत चारजनालाई उत्कृष्ट शिक्षक सम्मानबाट सम्मानित गरिएको थियो । मेयर कोइरालासहित महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १६ का अध्यक्ष उद्धव भुलेज, विद्यालयका प्रधानाध्यापक विन्दुकुमार लावतीलगायतले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । त्यस्तै कक्षा ७ मा अध्ययनरत युनिशा कार्कीसहित एक दर्जन उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरू सिर्जना हुनसक्ने बताउनुभयो । विद्यालयदेखि नै विद्यार्थीले सीपमूलक र रोजगारमूलक शिक्षा प्राप्त गरेमा उत्पादित जनशक्तिले विदेश गएर पनि राम्रो कमाइ गर्न सक्ने उहाँको भनाइ थियो । ‘अहिले दैनिक २ हजारभन्दा बढी युवाहरू रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् ।

 सीप नसिकी जाँदा उनीहरूले भनेजस्तो कमाइ गर्न सकेका छैनन्,’ मेयर कोइरालाले थप्नुभयो, ‘सीपमूलक शिक्षा दिन सकेमा स्वदेशमै पनि स्वरोजगार हुन सक्छन् । अहिलेको जमाना भनेको विश्वविद्यालयको सर्टिफिकेटले मात्रै रोजगारी प्राप्त गर्ने अवस्था छैन । हातमा कुनै न कुनै सीप हुनै पर्दछ । विद्यालय तह पार गर्दा होस् वा विश्वविद्यालय पार गर्दा होस् विद्यार्थीमा सम्बन्धित विषयमा प्रर्याप्त दक्षतासँगै सीप भएमा सहजै रोजगारी प्राप्त गर्न सक्ने अवस्था रहन्छ । नत्र भने सर्टिफिकेट बोकेर रोजगारीको खोजीमा भौतारिनुपर्ने अवस्था आउँछ ।’

विराटनगर महानगरपालिकाले सबै सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा ध्यान दिएको उहाँले प्रस्ट पार्नुभयो । पछिल्लो समय अधिकांश सामुदायिक विद्यालयको गुणस्तरमा सुधार हुँदै गएको चर्चा गर्दै मेयर कोइरालाले भन्नुभयो, ‘महानगरले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि योजनाबद्ध कार्य गरिरहेको छ । महानगरको उद्देश्यअनुरुप मिल्स माविले पनि निकै प्रगति गरेको छ ।’ मेयर कोइरालाले गुणस्तर वृद्धिका लागि सामुदायिक विद्यालयहरू बीच प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिनुभयो । हरेक विद्यालयले प्रविधिमैत्री शिक्षा लागू गर्नु जरुरी रहेको मेयर कोइरालाले औंल्याउनुभयो ।

२००७ सालमा स्थापित मिल्समा हाल नर्सरी, केजी, कक्षा १, २, ६ र ७ मा अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ । कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ पढाइ भइरहेको प्रअ विन्दुकुमार लावतीले जानकारी दिनुभयो ।  पढ्दै पढाउँदै कमाउँदै कार्यक्रमलाई विद्यालयले लागू गरेको प्रअ लावतीको भनाइ थियो । उहाँका अनुसार पढ्दै पढाउँदै कमाउँदै कार्यक्रमअन्तर्गत शिक्षक विद्यार्थी मिलेर कम्प्युटर, ल्यापटप, मोबाइल मर्मत केन्द्र सञ्चालन गरिएको छ । साथै छतमा ड्रागन खेती र विद्यालयको खाली जग्गामा केरा खेती पनि सुरु गरेको छ ।

विद्यालयले केही वर्षयता निकै प्रगति गरेको व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष उद्धव भुजेलले बताउनुभयो । मिल्स माविलाई दक्षिणी क्षेत्रको मात्रै नभएर विराटनगरकै उत्कृष्ट विद्यालय बनाउने उद्देश्यअनुसार अगाडि बढिरहेको भुजेलको भनाइ थियो ।

वार्षिकोत्सवका अवसरमा विद्यार्थीले विज्ञान, प्रविधि, कला र स्वास्थ्य प्रदर्शनी राखेको थियो । त्यस्तै विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए । विद्यालयमा १ हजार १४६ जना विद्यार्थी अध्ययनरत छन् भने ५३ शिक्षक–कर्मचारी कार्यरत छन् ।


विराटनगर फागुन ८ गते  । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड स्कुल र न्यू मून स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश भएको छ ।

पहिलो खेलमा अर्र्किड स्कुलले डिएभी स्कुललाई ९ विकेटले पराजित गरि सेमिफाइनलमा प्रवेश हो । टस जितेर ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरको खेलमा १७ दशमल २ बलमा सवै विकेट गुमाई ७२ रन बनाएको थियो । डिएभीका लागि प्रभान्सु कर्णले सर्वाधिक १६ रनको योगदान दिए । अर्किडका सुजन यादवले ३ विकेट लिँदा प्रेम कामतले २ विकेट लिए ।

७३ रनको लक्ष्य पछ्याएको अर्किडले ७ दशमलव ३ बलमा १ विकेट गुमाई सो लक्ष्य भेट्टाएको थियो । अर्किडका प्लेयर अफ म्याच  प्रेम कामतले सर्वाधिक ५० रनको योगदान दिए । डिएभीका केशव झाले १ विकेट लिए ।

दोस्रो खेलमा न्यू मून स्कुलले अरनिको स्कुललाई ५८ रनले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको न्यू मूनले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय ४६ रन बनाएको थियो । न्यूमूनकालागि इस्तियाक आलमले सर्वाधिक ३६ रनको योगदान दिए । अरनिकोका साजन यादवले २ विकेट लिए ।

१ सय ४७ रनको लक्ष्य पछ्याएको अरनिकोले १७ दशमलव १ बलमा सवै विकेट गुमाई ८८ रनमा सिमित भयो । अरनिकोका प्रिन्स मेहताले सर्वाधिक २६ रनको योगदान दिए । न्यू मूनका प्लेयर अफ म्याच  समिर आलमले–३ विकेट लिए ।


 


विराटनगर फागुन ७ गते | विराटनगर वडा नम्बर ८ स्थित बलुवाहीमा मलामी विश्रामघर निर्माण हुने भएको छ ।

महानगरपालिका र वडाको आर्थिक स्रोतबाट निर्माण हुन लागेको मलामी विश्रामघरको मेयर नागेश कोइरालाले शिलान्यास र उपमेयर शिल्पा निराला कार्कीले भूमिपूजन गर्नुभयो । 

२० फिट चौडाइ र ४० फिट लम्बाइ रहेको विश्राम घर एक महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । महानगरको ३ र वडाको ५ लाखसहित कुल ८ लाख रुपैयाँमा निर्माण हुने विश्रामघरको छानो जस्तापाताको हुनेछ ।

विशेष गरी विराटनगर–८ का बलुवाही, अमरटोल,  विश्वकर्मा चोक, विराटनगर–१०, १४ र जहदा गाउँपालिकाका केही वडाबाट बलुवाहीस्थित घाटमा अन्त्येष्टिका लागि ल्याइने गरिएको छ । यसरी अन्त्येष्टिमा आउने मलामीलाई बस्न सहज होस् भन्ने उद्देश्यले विश्रामघर निर्माण गर्न लागिएको वडाध्यक्ष पोखरेलको भनाइ छ । 

शिलान्यास समारोहमा कार्यपालिका सदस्य ताराकुमारी राय, वडासदस्य कविता विश्वकर्मा, भुवनेश्वर राजवंशी, मोहम्मद अब्बासलगायत स्थानीय समाजसेवी, बुद्धिजीविको उपस्थिति रहेको थियो ।

 


बिराटनगर फागुन ७ गते | आज राष्ट्रिय प्रजातन्त्र दिवस तथा राष्ट्रिय समाचार समिति (रासस) को ६४ औं वार्षिकोत्सब एवं पुरस्कार समर्पण समारोहका प्रमुख अतिथि कोशी प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री माननीय रेवतिरमण भण्डरीले प्रदेश सरकारले पत्रकारहरूकै हितमा काम गर्न सन्चार बिधेकमाथि अहिले छलफल भइरहेको बताउदै राससलाइ शुभकामना दिनु भयो |

नेपाल पत्रकार महासघ कोशी प्रदेश समितिका तर्फबाट महासचिव हेमा चेम्जुङगले राससलाइ शुभकामना दिनुभएको थियो | त्यसैगरी नेपाल पत्रकार महासघ मोरङकी अध्यक्ष सुसिला पाठक समेतले राससलाइ शुभकामना  दिनुभएको थियो | 

कार्यक्रम अध्यक्ष तथा कोशी प्रदेश राससका कार्यालय प्रमुख मोहम्द सदरूलले स्वगत मन्तव्य दिनु भएको थियो | आजै राससले मोहम्द सदरूल,७७७७ र प्रमाणपत्र, चन्द्रकला भण्डरी झापाले रू १०,००० र प्रमाणपत्र, सगिता राइ धरानले रू २०,०००,र प्रमाणपत्र सहित उहाहरूलाइ पुरस्कृत गरिएको थियो |


आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू-काठमाण्डेो | सम्वत् २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै आज मिति २०८१ साल फागुन ७ गते हामी राष्ट्रिय प्रजातन्त्र दिवस सँगसँगैं “निर्वाचनको प्रभावकारितास् आम नागरिकको सहभागिता” भन्ने मूल नाराका साथ नवौं निर्वाचन दिवस मनाइरहेका छौं। यस शुभ अवसरमा म सम्पूर्ण नेपाली मतदाताहरूमा निर्वाचन दिवसको हार्दिक शुभकामना दिन चाहन्छु। साथै, आयोगलाई निरन्तर हौसला र प्रेरणा प्रदान गर्नुहुने अग्रज एवम् शुभेच्छुकप्रति सम्मान प्रकट गर्दै निर्वाचन प्रक्रियामा आयोग सँगसँगै क्रियाशील रहने मतदातालगायत सबै सरोकारवालाको अमूल्य योगदानको प्रशंसा गर्न चाहन्छु। इतिहासका सबै कालखण्ड र राजनीतिक परिवर्तनका हरेक नयाँ उपलब्धिमा मुलुकले अंगिकार गरेको शासन व्यवस्था र निर्वाचन प्रणालीलाई संविधान र कानून बमोजिम निर्वाचनको माध्यमबाट वैधानिकता प्रदान गर्ने संवैधानिक दायित्व निर्वाह गर्न पाएकोमा खुशी व्यक्त गर्दछु।

​वर्तमान संविधान जारी भएपछि दुई पटक प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यको आवधिक निर्वाचन, तीन पटक राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रिय सभा सदस्यको विभिन्न निर्वाचन र उपनिर्वाचनहरू मार्फत् जनप्रतिनिधिहरू निर्वाचित भई जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक संघीय शासन प्रणालीको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ। यसरी सम्पन्न निर्वाचनको माध्यमबाट मतदाताले आफ्नो गोप्य मतदानद्वारा रोजेका प्रतिनिधिमार्फत शासन सञ्चालन हुनुले संवैधानिक गतिशिलता तथा नागरिक अधिकारको वैधता र सुनिश्चितता प्रगाढ भएको छ। निर्वाचन दिवसको अवसरमा म कुनै पनि निर्वाचन पद, पैंसा र प्रलोभनले प्रभावित हुनुहुँदैन, निष्ठा, विचार, सिद्धान्त र सदाचारिताबाट निर्देशित हुनुपर्दछ भन्ने आयोगको मान्यतालाई स्मरण गराउँदै निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरू एवम् निर्वाचनमा सहभागी सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछु।

​निर्वाचन जनताको सर्वाधिक सहभागिता र सरोकार अपेक्षित हुने गतिविधि भएको हुनाले निर्वाचनको सफलता आम नागरिकको सहभागिताले निर्धारण गर्दछ। मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गराउनेदेखि कुनै प्रभाव र प्रलोभनमा नपरी योग्य र इमान्दार उम्मेदवार रोजेर गोप्य मतदान गर्नेसम्मका कार्यमा मतदाताको महत्वपूर्ण भूमिकालाई हृदयङ्गम गर्दै यस वर्षको निर्वाचन दिवसको नारा “निर्वाचनको प्रभावकारितास् आम नागरिकको सहभागिता” तय गरिएको छ। निर्वाचन दिवसको यस नारालाई सार्थक बनाउन संवैधानिक एवम् कानूनी दायित्वका साथै आयोगबाट कार्यान्वयनमा ल्याइएको चौथो पञ्चवर्षीय रणनीतिक योजना, निर्वाचनमा नागरिक संलग्नता नीति, निर्वाचन व्यवस्थापनका लागि सञ्चार नीति, निर्वाचन तथा मतदाता शिक्षा नीति एवम् स्थानीय तहबाट मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि बमोजिम आगामी दिनमा आयोग थप क्रियाशील हुनेछ भन्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।

​निर्वाचनमा आम नागरिकको सहभागिता अभिवृद्धि गर्न आयोगले स्थानीय तहसँगको सहकार्यमा मतदाताको घर आँगनसम्म नै निर्वाचन तथा मतदाता शिक्षाका कार्यलाई सघन र प्रभावकारी बनाउँदै लैजानेछ। मतदाता नामावलीको शुद्धता र दर्ता सहजीकरणका लागि स्थानीय तहबाट मतदाता नामावली दर्ता गर्ने कार्यलाई स्थानीय तहको साझेदारी र

सहकार्यमा अगाडि बढाइनेछ। यसका अतिरिक्त राजनीतिक दल, आम मतदाता तथा सरोकारवालाहरूसँग निरन्तर सम्वाद गर्दै आम नागरिकको निर्वाचनमा अधिकाधिक सहभागिता र विवेकपूर्ण निर्णय, राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्रको सुदृढीकरण, सरोकारवालाको साझेदारी र सहकार्य, निर्वाचन आचारसंहिताको परिपालना लगायतका आयोगको उच्च प्राथमिकतामा रहेका विषयहरूमा नीतिगत, प्रक्रियागत र संरचनागत सुधारका प्रयासलाई थप घनीभूत बनाउँदै लगिनेछ। आयोगको संस्थागत सुदृढीकरण, प्रविधियुक्त निर्वाचन व्यवस्थापन, निर्वाचन सम्बन्धी नीतिगत तथा कानूनी सुधार समेतबाट नागरिक सहभागिता अभिवृद्धि मार्फत् निर्वाचन प्रणालीका अन्तर्निहित चुनौतीहरूको सम्बोधनमा सहयोग पुग्न गई आगामी दिनमा निर्वाचन व्यवस्थापन थप पहुँचयोग्य र नागरिकमैत्री हुनेछ भन्ने विश्वास आयोगले लिएको छ।

​सन् २०२४ विश्व निर्वाचन वर्षका रूपमा रह्यो। यसै वर्ष भारत, अमेरिका, रुस, श्रीलंका, इन्डोनेशिया, दक्षिण कोरिया लगायत विश्वका ७४ राष्ट्रहरूमा निर्वाचन सम्पन्न भए। यस अवधिमा विभिन्न देशमा सम्पन्न निर्वाचनको आयोगबाट भएको अवलोकन तथा पर्यवेक्षणले निर्वाचन व्यवस्थापन सुधारमा महत्वपूर्ण उर्जा र मार्गदर्शन प्राप्त भएको छ। यसै अवधिमा भाद्र १९ र २० गते काठमाडौंमा सम्पन्न दक्षिण एसियाली मुलुकका निर्वाचन व्यवस्थापन निकायहरूको साझा मञ्च ९ँभ्ःद्ययक्ब्० को १२औं सम्मेलनपछि अध्यक्षको भूमिकामा रही आयोगले निर्वाचन व्यवस्थापनमा आप्रवासन, जलवायु परिवर्तन, सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकता तथा प्रविधिको प्रयोगको विषयलाई गम्भीरतापूर्वक अगाडि बढाएको छ। निर्वाचन व्यवस्थापनको सुदृढीकरणका दिशामा अन्तर्राष्ट्रिय जगतसँगको सहकार्यले आयोगको कार्यक्षमता र साख अभिवृद्धि गर्न सहज भएको मैंले महसुस गरेको छु। आयोगलाई सबै सरोकारवालाबाट निरन्तर प्राप्त सहयोग, शुभेच्छा र सद्‌भावले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन व्यवस्थापन गर्ने आयोगको संवैधानिक जिम्मेवारी अझै सशक्त, व्यवस्थित, पारदर्शी र प्रभावकारीरूपमा निर्वाह गर्न हौसला र प्रेरणा प्राप्त भएको छ। निर्वाचन आयोग असल अन्तर्राष्ट्रिय अभ्यासको समेत अनुशरण गर्दै नेपालको वर्तमान निर्वाचन प्रणाली र प्रक्रियालाई थप प्रभावकारी बनाउन कृतसंकल्पित छ।

​अन्त्यमा, नवौं निर्वाचन दिवस, २०८१ का अवसरमा आयोजित विभिन्न कार्यक्रमहरूमा प्रत्यक्ष वा परोक्ष सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद दिन चाहन्छु। निर्वाचन दिवसको उपलक्ष्यमा आयोगबाट प्रकाशित निर्वाचन स्मारिकामा आफ्ना महत्वपूर्ण विचारसहित लेख रचना उपलब्ध गराई दिनुहुने लेखकहरूप्रति आभार व्यक्त गर्दछु। निर्वाचन आयोग र अन्तर्गत कार्यालयमा रही निर्वाचन व्यवस्थापनका कार्यमा उत्कृष्ट कार्यसम्पादन गरी पुरस्कृत हुने कर्मचारीहरूलाई हार्दिक बधाई दिन चाहन्छु। साथै, वि।सं। २०७७ सालदेखि २०८१ सालसम्म सम्पन्न निर्वाचनहरूको वृत्तान्त समावेश गरी नेपालको निर्वाचन इतिहास भाग ३ प्रकाशित भएको यस घडीमा उक्त निर्वाचनहरू स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गराउन राजनीतिक नेतृत्व, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज, गैरसरकारी एवं निजी क्षेत्र, नेपालस्थित कुटनीतिक नियोगहरू, पर्यवेक्षक लगायत निर्वाचनका क्षेत्रमा क्रियाशील निकाय एवं व्यक्तिहरू, संचार जगत र आम नागरिकले पुर्‍याउनु भएको योगदानको स्मरण गर्दै सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

 

मितिः २०८१ फागुन ७ गते



विराटनगर फागुन ६ गते । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आयोजना गरेको दुई दिवसीय एभरेष्ट एजुकेशन एक्जिबिसन आज समापन भएको छ । दुई दिने एक्जिबिसनबाट विद्यार्थी र अभिभावकहरु भने निकै उत्साही भएको पाइएको छ । 

एक्जिबिसनमा भाग लिएका विद्यार्थीहरु किताबमा पढेका कुरालाई व्यवहारिक रुपमा आफ्ना अभिभावकलाई देखाउन पाउँदा निकै हर्षोल्लित बनेका देखिन्थे भने अभिभावक आफ्ना छोराछोरीको कौशलता हेरेर दङ्ग परिरहेका देखिन्थे । एक्जिबिसनमा कक्षा १० मा अध्ययनरत नातिको प्रदर्शन हेर्न पुग्नुभएका विराटनगर–१० का घनेन्द्र खड्काले भन्नुभयो,‘स्कुलले दिएको यो अवसर बालबालिकाको लागि अत्यन्तै सुनौलो हो । 


यहाँ अनुभव गरेर सिक्ने अवसर प्रदान भएको छ । यो तरिका अत्यन्त मन प¥यो । यसले सिकेका कुरालाई व्यवहारमा उतार्न सिकाएको     छ ।’  यस्तै अर्की अभिभावक रिता बरालले घरमा बच्चाहरुले केहि गर्लान जस्तो नलागे पनि यहाँ आएर हेर्दा भने धेरै गर्लान् जस्तो लागेको प्रतिकृया दिनुभयो । उहाँसँगै रहनु भएकी कक्षा १० की छात्रा धारणा बरालकी आमाले एक्जिबिसन धेरै राम्रो लागेको भन्दै अरु स्कुलको तुलनामा एभरेष्टको सिकाई पद्दति उत्कृष्ट रहेको प्रतिकृया दिनुभयो । 


उहाँले भन्नुभयो, ‘यहि भएर होला मेरा छोराछोरी अन्य स्कुलमा जानै मानेनन् ।’ त्यसो त अभिभावक मात्र हैन, कक्षा ९ मा अध्ययनरत विद्यार्थी अनिरुद्र सेडाईं पनि विद्यालय प्रशासनलाई धन्यवाद दिँदै भन्नुहुन्छ,‘ एक्जिबिसनले कक्षा कोठामा किताबमा अध्ययन गरेको कुरालाई सहि ठाउँमा ब्यवहारिक रुपमा प्रदर्शन गर्न सिकाएको छ । ‘टिम वर्क’मा काम गर्न सिकाएको छ । यसले हामीलाई सिक्ने अवसर प्रदान गरेको छ ।’ यस्तै कक्षा ९ कै सृजना खनालको बुझाईमा पनि एभरेष्ट स्कुलले हरेक वर्ष विभिन्न कार्यक्रम गरेर किताबी ज्ञान मात्र नभई शारिरिक, मानसिक तथा उर्जाशील भावनाको विकास गर्दै आएको छ । 


उहाँले भन्नुभयो,‘यसरी आयोजना हुने विभिन्न कृयाकलापले  ईसिए र सीसीएमा पनि निकै राम्रो प्रगति गरेको छ भने विद्यार्थीहरूमा ज्ञान र सीप सँगसँगै क्षमता विकासमा सहयोग पु¥याएको छ ।’ उहाँले ‘डिजी स्कुल’, ‘कारखाना’, ‘ह्याप्पीनेस करिकुलम’ लगायतका कोर्षले विद्यार्थीको क्षमता अभिवृद्धिमा अतुलनीय योगदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘एभरेष्टले गर्ने हरेक कार्यक्रमबाट हामी उत्साही हुँदै आएका छौं । 


’ यस्तै कक्षा १० की छात्रा रिजु अधिकारीले एक्जिबिसन रमणीय मात्रै नभई धेरै कुरा सिक्ने थलोको रुपमा आफूहरुले पाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले नदेखेको–नसुनेको विषयमा पनि यस एक्जिबिसनले जानकारी दिएको छ ।’ सोमबार कक्षा यू.के.जी देखि ५ सम्म र मंगलबार ६ देखि १२सम्मका विद्यार्थीहरुले प्रदर्शनीगरेका थिए । 


विभिन्न ४१ वटा स्टलमा विद्यार्थीहरुले दुई दिन नेपाली साँस्कृतिक विषयवस्तुदेखि अहिलेको  आधुनिक आर्टिफिसियल एजेन्सी सम्मका विषयहरु प्रदर्शनीमा राखेका थिए । ‘हाम्रो उद्देश्य भनेकै विद्यार्थीहरुले पाठ्यक्रममा सिकेको सबै कुरालाई व्यवहारिक रुपमा पनि ज्ञान हासिल गर्नुपर्छ भन्ने हो’ विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले भन्नुभयो,‘ विद्यालयले भने जस्तै शिक्षा दिएको छ ÷छैन अवलोकन गरेर प्रमाणित गर्ने यो एउटा अवसर पनि हो ।


यस्तै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले दुई दिवसीय एक्जिबिसन अपेक्षा गरेभन्दा भब्य र सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा विद्यार्थीले सिकेका विषयहरु जसरी प्रदर्शनी गरे त्यो उच्चस्तरीय रहेको हामीले अनुभूति गरेका छौं ।  यसले हामीलाई विश्वस्तरीय शिक्षा यहीँबाट प्रदान गर्न सकिन्छ भन्नेमा हौसला मिलेको छ । ’


विराटनगरफागुन ६ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार गुणराज अधिकारीलाई २०८१ साल माघ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । 


विभागीय मूल्य-मान्यताआदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी हवल्दार अधिकारीले माघ १८ गते मोरङ विराटनगर महानगरपालिका-५ विशाल चौक कलेरुवा टोलका सरयुग मण्डलको नातिनी देश भारत छपरा जिल्ला घर भएकी १४ वर्षीया बालिका २०/२५ दिन अगाडि देखि मावली घर आई बस्दै आएकिमा उनलाई ८/१० दिन अगाडि देखि नदेखिएको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी हवल्दार अधिकारीले उक्त घटनाको सूक्ष्म रूपमा अनुसन्धान गर्ने क्रममा माघ १८ गते बालिकाको शव मावली हजुरवुवाको घर छेउमा खाडल खनी गाडेको अवस्थामा फेला पारी घटनामा संलग्न रहेका ६ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै शान्ति सुरक्षा तथा सु-व्यवस्था कायम राख्न अहम भूमिका निर्वाह गरेको हुँदा निज प्रहरी हवल्दारबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल माघ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरिएको हो ।

 


विराटनगर फागुन ५ गते । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा ग्रिनपिस र सरस्वती विजयी भएको छ ।

पहिलो खेलमा ग्रिनपिस स्कुलले ग्रिनल्याण्ड स्कुललाई ३७ रनले पराजित गरेको छ । टस जितेर गरेको ग्रिनपिसले निर्धारित २० ओभर खेल्दै सवै विकेट गुमाई १ सय १० रन बनाएको थियो । ग्रिनपिसलागि निरज शेखले सर्वाधिक २३ रनको योगदान दिए । ग्रिनल्याण्डका प्रकाश यादव र राकेश यादवले ३–३ विकेट लिए ।

१ सय ११ रनको लक्ष्य पछ्याएको ग्रिनल्याण्डले १४ ओभरमा सवै विकेट गुमाई ७३ रनमा सिमित भयो । ग्रिनल्याण्डको अमर मण्डलले सर्वाधिक १९ रनको योगदान दिए । ग्रिनपिसका प्लेयर अफ म्याच मेरज शेखले ५ विकेट लिए ।

दोस्रो खेलमा सरस्वती स्कुलले सगरमाथा स्कुललाई ८२ रनको विशाल अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३६ रन बनाएको थियो । सरस्वतीकालागि प्लेयर अफ म्याच विकाश् कामतले सर्वाधिक ४२ रनको योगदान दिए । सगरमाथाका साहुल झाले २ विकेट लिए ।

१ सय ३७ रनको विशाल लक्ष्य पछ्याएको सगरमाथाले ११ दशमलव ३ बलमा सवै विकेट गुमाई ५४ रनमा सिमित भयो  । सगरमाथाका सिद्धान्त यादवले सर्वाधिक १८ रनको योगदान दिए । सरस्वतीका प्रशान्त यादवले ५ विकेट लिँदा विकाश कामतले ४ विकेट लिए ।


 


विराटनगर फागुन ५ गते । वैज्ञानिक डा. बिष्णु रायमाझीले एभरेष्ट एजुकेशन एक्जिबिसन बालबालिकाको भविष्यको आकार बनाउने माध्यम हुने बताउनुभएको छ ।

आज विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आयोजना गरेको दुई दिवसीय ‘एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै वैज्ञानिक डा. रायमाझीले यस्तै एक्जिबिसनले बालबालिकालाई अन्वेषणमा लाग्न प्रेरित गर्ने बताउनुभयो ।

यस्ता एक्जिबिसनले बालबालिकालाई सिक्ने सिकाउने कुरामा धेरै अभिप्रेरणा हुने भन्दै, उहाँले त्यसकै परिणामस्वरुप सफल ब्यक्ति बन्न सघाउ पुग्ने धारणा ब्यक्त गर्नुभयो । आफू सामान्य विद्यालयबाट अध्ययन गर्दै पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न अमेरिका पुगेको स्मरण गर्दै आफ्नो रुचि अनुसारको विभिन्न अन्वेषणमा सक्रियता पूर्वक सहभागिता जनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ मेरो रुचि अनुसार अमेरिकामा पुगेर पनि विभिन्न वरिष्ठ वैज्ञानिकहरूसँग सहकार्य गर्ने अवसर जुर्‍यो र त्यसको परिणाम स्वरुप हामीले अल्जाइमर रोगको अन्वेषण गरियो । कोभिड १९ को भ्याक्सिन तथा ट्याब्लेट बनाइयो । अहिले किशोरीहरुलाई लगाइरहेको भ्याक्सिन एचपीभी अन्वेषणमा पनि हाम्रो भूमिका रह्यो ।’

यसको अर्थ बालबालिकाको रुचि अनुसारको उनीहरुको ‘इनोभेटिभ’ कुरा वा ‘क्रिटिकल थिङकिङ’लाई अभिभावकले नजिकबाट बुझेर प्रोत्साहन गर्न सक्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउन सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘त्यो वातावरण एभरेष्ट एजुकेशन एक्जिबिसन जस्ता कार्यक्रमले प्रदान गर्छ ।’

कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकालले एभरेष्टका बालबालिकाले आफ्नो सिकाइलाई व्यवहारत लागु गर्न सकुन् भनेर हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले एभरेष्ट स्कुलले उत्कृष्ट शिक्षण थलोको रुपमा आफूलाई स्थापित गर्न प्रयत्नशील रहेको समेत बताउनुभयो ।

विद्यालयका प्राचार्य टिकाराम पुरीले विराटनगरमै विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य लिएर आफूहरु अघि बढेको भन्दै त्यसको परिणाम क्रमशः आइरहेको चर्चा गर्नुभयो । उहाँले अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा एभरेष्टका विद्यार्थीहरुले हरेक क्षेत्रमा लिएको अग्रणी जिम्मेवारीले आफूहरुलाई गर्व लाग्ने बताउनुभयो ।

उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले हरेक क्षेत्रमा उत्तिकै लगानी गरिरहेको चर्चा गर्दै विद्यालयको मेहनतलाई अभिभावक र शिक्षक कर्मचारीहरुले समेत उसैगरी बुझि दिएकोमा धन्यवाद समेत ब्यक्त गर्नुभयो । उहाँले दुई दिवसीय एक्जिबिसनले बालबालिकाले आफूले कक्षा कोठामा सिकेको सिकाइलाई ब्यवहारिक रुपमा प्रदर्शन गने, अभिभावक र शिक्षक शिक्षिकाले आफ्ना बालबालिकाको क्षमतालाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्ने बताउनुभयो ।

उहाँले एभरेष्ट स्कुलले हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको भन्दै विद्यार्थीको सर्वाङ्गीण विकासका निम्ति कुनै कसर नराख्ने समेत बताउनुभयो । बालबालिकाका प्रतिभा देखाउने एक्जिबिसनको उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय स्तरमा छवि बनाउन सफल बैज्ञानिक त्यो पनि कोशी प्रदेशकै ब्यक्तिलाई प्रमुख अतिथि बनाउन पाएको गर्व लागेको समेत बताउनुभयो ।

आज र भोली दुई दिन सम्म चल्ने एक्जिबिसनमा २५ सय विद्यार्थीले आफूहरुले सिकेका पाठ्यक्रम अनुसारका परियोजनाहरुको प्रदर्शनी गर्दैछन् । जस अन्तर्गत पहिलो दिन आज यू.के.जी.देखि कक्षा ५ सम्मका विद्यार्थीहरुको परियोजना प्रदर्शनी गरेका छन् । भोली अर्थात मंगलबार कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुको परियोजना प्रदर्शनी हुने विद्यालयका सह प्राचार्य कुन्दन पुरीले बताउनुभयो ।

‘ज्ञान सीप र रचनात्मकतासँग भविष्यको आकार’ भन्ने नाराका साथ आयोजना गरिएको एक्जिबिसनमा विद्यार्थीहरुले विज्ञान, कम्प्यूटर विज्ञान, कला कौशल, र अन्य विभिन्न रोचक तथा ज्ञान मूलक विषयवस्तुहरूको प्रदर्शनी गरिरहेको एभरेष्ट कलेजका सहायक क्याम्पस प्रमुख टी एन भण्डारीले बताउनुभयो ।


काठमाडौं फागुन ५ गते ।
विलक्षण क्रियसन प्रा.लि. र कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा १३ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५’ (नाइफ)को तयारी अन्तिम चरणमा पुगेको छ । यो महोत्सव यही ९ फागुनबाट ११ फागुनसम्म नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा आयोजना हुँदै छ । 

महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रका अनुसार यो महोत्सवको राष्ट्रिय चलचित्रको प्रतिस्पर्धामा यस पटक २९ वटा लामा छोटा चलचित्र महोत्सवको फाइनलको लागि चयन भएका छन् । महोत्सवमा प्राप्त ७३ वटा चलचित्र, वृत्तचित्र, लघु चलचित्र, आदिवासी जनजाति चलचित्र तथा सांगीतिक लघु चलचित्र र विद्यार्थी चलचित्रबाट २८ वटा लामा छोटा चलचित्र महोत्सवको फाइनलको लागि चयन भएका हुन् । जसमा कथानक चलचित्र सात वटा, लघु चलचित्र ७ वटा, सांगीतिक लघु चलचित्र ५ वटा, वृत्तचित्र ४ वटा, आदिवासी जनजाति चलचित्र ३ वटा, विद्यार्थी चलचित्र २ वटा रहेका छन् ।

महोत्सवमा यस पटक प्राप्त १६ वटा कथानक (फिचर) चलचित्रहरू मध्यबाट निर्णायक टिमले फाइनलको लागि ७ वटा चलचित्र चयन गरेको हो । शँकर घिमिरे निर्देशित तेल भिसा, ऋषिराज आचार्य निर्देशित द्रौपदी, जसमा दीपाश्री निरौला निर्देशित छक्का पञ्जा ५, माधवराज खरेल निर्देशित चिठ्ठी, घनश्याम लामिछाने निर्देशित लन्डन टु पेरिस, कृषा चौलागाई निर्देशित ऐँचो पैँचो र विनोद बुढाथोकी निर्देशित संकल्प रहेका छन् । संकल्प पहिलो पटक जापानमा निर्माण भएको नेपाली चलचित्र हो ।

यसै गरी यो महोत्सवमा फाइनल चरणको लागि लघु चलचित्र तर्फ रौनक विक्रम कँडेल निर्मित निर्देशित रेड, प्रद्युम्न मिश्र निर्देशित खुसी, सन्तोष सुवेदी निर्देशित द ट्रि म्यान, विकास मगर (विश्वास) निर्देशित खिल, कृष्णप्रसाद धिताल निर्देशित एप्रोन, गृष्म श्रेष्ठ निर्देशित आकाश, राजन खरेल निर्देशित हयर एम आई र डब्बु क्षत्री निर्देशित सिगरेट रहेको छ । यी मध्य रेड, सिगरेट र हयर एम आई अप्रतियोगी चलचित्र हुन् ।

महोत्सवमा फाइनलको लागि प्राप्त वृत्तचित्र मध्य ४ वटा नेपाली वृत्तचित्र तथा बृत्तचलचित्रअन्तिम प्रतिस्पर्धाको लागि चयन भएका छन् । जसमा रामजी ज्ञवाली निर्देशित रित्तो गाउँ, अरुण कुमार प्रधान निर्देशित (माता ः लिभिङ गडेज) लव प्याकुरेल निर्देशित गल्र्स रिवेरिङ र शिव पुरी निर्देशित डिफिनेटेड टु डिसापियर रहेका छन् ।

महोत्सवमा यस पटक प्राप्त २४ वटा सांगीतिक लघु चलचित्र मध्य पाँच वटा अन्तिम प्रतिस्पर्धाको लागि चयन भएका छन् । जसमा सोनाम पाख्रिन निर्देशित तिमी आँसु रहेछौ, हेमन्त शिशिर निर्देशित सँगै जुनी काटम्ला, देवेन्द्र कुँवर निर्देशित मायाले सजाउँला, जनक सिंह निर्देशित भुल्नै गारो भो, बबिता मगरको थिँक अवाउट यु र वीरेन्द्र भट विपिन निर्देशित जिन्दगी खेल जस्तै रहेको छ ।

यसै गरी आदिवासी जनजाति चलचित्रको प्रतिस्पर्धामा नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५को लागि फाइनलमा तीन वटा चलचित्र चयन भएका छन् । जसमा दर्शनवीर शाक्य निर्देशित नेपाल भाषाको लघु चलचित्र इन्द्रायणी, सागर केरुङ निर्देशित लिम्बु भाषाको चलचित्र के टु र आचार्य गोपाल निर्देशित मगर भाषाको चलचित्र अखत रहेका छन् ।

यस पटक स्टुडेन्ट चलचित्रको सूचीमा अन्तिम प्रतिस्पर्धाको लागि दुई विद्यार्थी चलचित्र चयन भएका छन् । जसमा कमला पौडेल र झरना साउद निर्देशित नो स्मोकिङ प्लिज र मोहन अभिलाषी निर्देशित स्कुल वाल रहेका छन् । महोत्सवमा चयन भएका चलचित्र, वृत्तचित्र, लघु चलचित्रबाट विभिन्न विधाको अवार्डको मनोनयन सूची पनि निर्णायक टिमले जारी गरेको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.