विराटनगर माघ १९ गते । विराटनगरमा जारी १४औं संस्करणको प्याब्सन स्पोट्र्स मिटमा मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमीले अग्रता लिएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा दोसो दिन शनिबारसम्म २ स्वर्ण, २ रजत र २ कास्य पदकसहित १६ अंकको साथ पूर्वाञ्चल ऐकेडमीले अग्रता लिएको हो ।
विराटनगरको ग्यालेक्सी स्कुलले २ स्वर्णसहित १० अंकको साथ दोस्रो स्थानमा रहेको छ भने ग्रामथानमा रहेको शारदा स्कुलले १ स्वर्ण, १ रजत र २ कास्य पदकसहित ९ अंकको साथ दोस्रो दिनसम्म तृतीय स्थानमा रहेको छ ।
प्याब्सन स्पोर्ट्स मिट अन्र्तगत ८ सय मिटर छात्रातर्फ स्वर्ण पदक पथरीको एभरेष्ट स्कुलकी यूनिसा बुढाथोकीले जितेकी छिन् । त्यस्तै रजत पदक सुन्दरहरैचाको सिद्धार्थ स्कुलकी नियोङसा राई र कास्यम पदक ग्रामथानको सारदा स्कुलकी सुस्मिता कुमारी चौधरीले जितेकी छिन् ।
सोही विधाको छात्रर्फको स्वर्ण पदक विराटनगरको ग्यालेक्सी स्कुलका निरज चौधरी, रजत पदक सगरमाथा स्कुलकी नविन महत्तो र कास्य पदक अरनीको स्कुलको साजन यादवले जितेका छन् ।
लङजम छात्रातर्फको स्वर्ण पदक मदरटेरेसा स्कुलका पूजा यादव, रजत पदक बिकेभिएम स्कुलकी स्मृती कुमारी यादव र कास्य पदक बालप्रतिभा स्कुलकी एन्जिला विष्टले जितेकी छिन् । सोही विधाको छात्रतर्फको स्वर्ण पदक बालप्रतिका स्कुलका आशक राई, रजत पदक जनक मेमोरियाल स्कुलका जोसेस चौधरी र पूर्वाञ्चल स्कुलका मनिष चौधरीले कास्य पदक जितेका छन् ।
ज्यालाबलिङ थ्रो छात्रातर्फ स्वर्ण पदक बस्टन भियूकी सुनीनी राई, रजत पदक पूर्वाञ्चल स्कुलकी सितल आलेमगर र कास्य पदक सारदा स्कुलकी अनिषा मण्डलले जितेकी छिन् । सोही विधाको छात्रातर्फको ग्यालेक्सी पब्लिक स्कुलकी रविन मण्डलले स्वर्ण पदक, जिवन विकासका आतित्य विश्वासले रजत र पूर्वाञ्चलका अविना दासले कास्य पदक जितेका छन् ।
छटपुट छात्रतर्फको स्वर्ण पदक विराटनगरको एभरेष्ट स्कुलका टिका चौधरी, पूर्वाञ्चल स्कुलका सुजन तामाङले कास्य र ग्रेडेड स्कुलका अमृत राज साहले रजत पदक जितेका छन् । सोही विधाको छात्रातर्फ पूर्वाञ्चलकी रितीमा थापाले स्वर्ण, मुनाल आर्दशकी खुसी शर्माले रजत र मदर टेरेसा स्कुलकी ज्योती महत्तोले कास्य पदक जितेकी छिन् ।
त्यसैगरी हाइजम छात्रतर्फको स्वर्ण पदक शारदा स्कुलका भिम कुमार ऋषिदेव, जनक मेमोरियल स्कुलका जय कुमार माझीले कास्य र एभरेष्ट स्कुलका सिद्धान्त ढकालले रजत पदक जितेका छन् । सोही विधाको छात्रातर्फको स्वर्ण पदक पूर्वाञ्चलकी सितल आलेमगर, रजत शारदा स्कुली निरीता कुमारी राजवंशी र कास्य पदक माउन्ट एभरेष्ट स्कुलकी सन्ध्या बस्नेतले जितेकी छिन् ।
भलिबलमा मोरङ पब्लिक र ब्राइट फियूचर फाइनलमा
प्याब्सन स्पोर्टस् मिट अन्र्तगत भलिबल प्रतियोगितामा मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मोरङ पब्लिक स्कुल र सुन्दरहरैचामा रहेको ब्राइट फ्यिूचर स्कुल फाइनलमा पुगेको छ । कक्षा १० सम्म भएको छात्रातर्फ मोरङ पब्लिक र उच्च माविको छात्रतर्फ ब्राइट फियूचर स्कुल फाइनलमा पुगको हो ।
मोरङ पब्लिक स्कुलले २५–१४ र २५–१४ को सोझो सेटले सुन्दरहरैचाको बाल सदन बोर्डिङ स्कुललाई हराउँदै मोरङ पब्लिक फाइनलमा पुगेको हो ।
त्यसैगरी ब्राइटफियुचरले सिद्धार्थ स्कुललाई पराजित गर्दै ब्राइटफियूचर फाइनलमा पुगेको हो ।
फुटबलमा बालमिकी र हरैचा मोडल फाइनलमा
प्याब्सन स्पोर्टस मिटर अन्र्तगत उच्च मावितर्फ भएको फुटबलमा बालमिकी स्कुल र हरैचा मोडल स्कुल फाइलनमा पुगेको छ ।
विराटनगर जुटमिलको खेलमैदानमा शनिबार भएको सेमिफाइलन खेलमा बालमिकी पथरीले सिंहदेवी बेलबारीलाई १–० गोलले पराजित गर्दै बालमिकी फाइलनमा पुगेको हो ।
सोही दिन भएको दोस्रो खेलमा हरैचा मोडलले सिद्धार्थ सकेण्डरी स्कुललाई १–० गोलले हराउँदै हरैचा मोडल फाइलनमा पुगेको छ ।
त्यसैगरी अन्डर १५ तर्फ बेलबारीको सिंगदेवी स्कुल फाइलनमा पुगेको छ । सिंगदेवीले पेलान्टी सुटआउटमा रिलाइन्स मिक्लाजुङलाई ३–१ गोलले हराउँदै सिंगदेवी फाइलनमा पुगेको हो ।
टेबलटेनिमा बुढानीलकण्ठ र एभरेष्ट फाइनलमा
टेबलटेनिसमा छात्रा सिंगल इभेन्टतर्फ बुढानीलकण्ठ माविकी मानसी तामाडले रविशंकर माविकी स्वस्तिका चौधरीलाइ ३–२ सेट स्कोरले हराउदै फाइनल प्रवेश गरेकी छिन् ।
शुक्रबार भएको अर्को सेमिफाईनलमा एभरेष्ट माविकी आस्ना कटुवालले रविशंकरकी स्वाति साहलाई ३–० सेटले हराउँदै फाईनलमा प्रवेस गरेकी छिन् ।
छात्र सिंगल ईभेन्ट अन्र्तगतको सेमिफाइनलमा बुढानीलकण्ठ माविका रूपेस श्रेष्ठले एभरेष्ट माविका सक्क्षम बस्नेतलाइ ३–० सेट स्कोरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
त्यसैगरी दोस्रो सेमिफाईनलमा एभरेष्ट माविका सुसान्त मेहताले बुढानीलकण्ठ मावि आदर्स राजवंसी लाई ३–१ सेटले जित हासिल गरी फाईनल प्रवेस गरेको छ ।
त्यसैगरी उच्च मावितर्फको छात्र सिंगलतर्फको फाईनलमा एभरेष्ट मावि अनुज माझिले एभरेष्टकै श्रेयम काफ्लेलाई ३–२ सेट स्कोरले हराउदै प्रथम भएका छन् ।
सोही ईभेन्टमा बाल प्रतिभा सुन्दरहरैचाका पुजन दाहाल र ब्राईट फ्युचर सुन्दर हरैचाका आयुस कार्कीले संयुक्त रूपमा तेस्रो स्थान हासील गरेका छन् ।
सोही विधाको छात्रा सिंगल तर्फको फाइनलमा ब्राईट फ्यिूचर माविकी निक्की महतोले एभरेष्ट माविकी श्रद्दा पौडेल लाइ ३–१ सेटले पराजित गर्दै प्रथम भईन् । त्यसै गरि सोही ईभेन्टमा ब्राईट फ्युचर माविकी अमिरा अधिकारी र एभरेष्टमाविकी प्रसिद्दी अधिकारी संयुक्त रूपमा तृतीय भइन् ।
बास्केटबलको फाइनलमा एभरेष्ट स्कुल विराटनगर र राष्ट्रिय निर्माण रतुवामाइ पुगेका छ । उक्त प्रतियोगिताको फाइनलमा आइतबार हुनेछ ।
आइतबार सम्पन्न हुने प्याब्सन स्पोर्ट्स मिटमा २५ भन्दा बढी विद्यधाका खेलहरु समावेश गरिएको छ । तीन दिनसम्म संचालन हुने यो प्रतियोगितामा मोरङ प्याब्सनमा आवद्ध ३ हजार बढी विद्यार्थीहरुले भाग लिएको प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले जानकारी दिए ।
Post a Comment