Websoft University

ग्रिनपिस र सरस्वती विजयी


विराटनगर फागुन ५ गते । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा ग्रिनपिस र सरस्वती विजयी भएको छ ।

पहिलो खेलमा ग्रिनपिस स्कुलले ग्रिनल्याण्ड स्कुललाई ३७ रनले पराजित गरेको छ । टस जितेर गरेको ग्रिनपिसले निर्धारित २० ओभर खेल्दै सवै विकेट गुमाई १ सय १० रन बनाएको थियो । ग्रिनपिसलागि निरज शेखले सर्वाधिक २३ रनको योगदान दिए । ग्रिनल्याण्डका प्रकाश यादव र राकेश यादवले ३–३ विकेट लिए ।

१ सय ११ रनको लक्ष्य पछ्याएको ग्रिनल्याण्डले १४ ओभरमा सवै विकेट गुमाई ७३ रनमा सिमित भयो । ग्रिनल्याण्डको अमर मण्डलले सर्वाधिक १९ रनको योगदान दिए । ग्रिनपिसका प्लेयर अफ म्याच मेरज शेखले ५ विकेट लिए ।

दोस्रो खेलमा सरस्वती स्कुलले सगरमाथा स्कुललाई ८२ रनको विशाल अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३६ रन बनाएको थियो । सरस्वतीकालागि प्लेयर अफ म्याच विकाश् कामतले सर्वाधिक ४२ रनको योगदान दिए । सगरमाथाका साहुल झाले २ विकेट लिए ।

१ सय ३७ रनको विशाल लक्ष्य पछ्याएको सगरमाथाले ११ दशमलव ३ बलमा सवै विकेट गुमाई ५४ रनमा सिमित भयो  । सगरमाथाका सिद्धान्त यादवले सर्वाधिक १८ रनको योगदान दिए । सरस्वतीका प्रशान्त यादवले ५ विकेट लिँदा विकाश कामतले ४ विकेट लिए ।


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.