Websoft University

रात्रिकालिन फुटबल टुर्नामेन्टको तयारी तिब्र



बिराटनगर फागुन १३ गते | विराटनगरको ऐतिहासिक फुटबल टुर्नामेन्ट, विराट गोल्ड कप फुटबल टुर्नामेन्ट २०८१ को तैयारी तिब्र रुपमा अघि बढेको छ । यस पटक यहि फागुन १९ गते देखि २८ गतेसम्म बेलुकी ४ बजेदेखि रात्री ९ बजेसम्म रात्रिकालिन तालिकामा शहिद रंगशालामा आयोजना हुन लागेको उक्त टुर्नामेन्टलाई अझ व्यापक, आकर्षक एवं लोकप्रिय बनाउन आयोजक समिति अहोरात्र खटिरहेको टुर्नामेन्ट संयोजक श्री नवीन रिजालले बताउनु भएको छ । 


सो टुर्नामेन्टको प्रचार प्रसार समितिका सह–संयोजकद्वय शुश्री श्रृति शर्मा र श्री अमित अग्रवालको नेतृत्वमा विराटनगरका विभिन्न स्थानहरु गई आगामी टुर्नामेन्टका बारेमा जानकारी गराउने कार्य भई रहेको छ । आजै सह–संयोजकहरुसँग श्री जिना श्रेष्ठ, श्री राहुल शर्मा, श्री अभिषेक भट्टराई, श्री गौरव भट्टराई र श्री जतिन ताम्राकार सहितको टोलीले विराटनगरका कैयौँ कलेज तथा विद्यालयमा आयोजना गरेको क्याम्पेनिङ्गमा ३००० भन्दा विद्यार्थी र सयौँ शिक्षकहरुको उत्साहजनक उपस्थिति देखिएको थियो । 

क्याम्पेनिङ्ग मार्फत आयोजक समितिले यस पटकको सो रात्रिकालिन टुर्नामेन्टलाई अझ अन्तर्राष्ट्रियस्तरको शैलीमा संचालन गर्न लागिएको जानकारी गराउनुका साथै सोही अवधिमा साँस्कृतिक कार्यक्रम, फेस अफ द गोल्ड कप, टिकटक कम्पीटिसिन लगायतका आकर्षक कार्यक्रमहरु पनि समावेश गरिएको जनाएका छन् । 

टुर्नामेन्टको सहभागीहरु मध्ये प्रत्येक दिन ३ जनालाई फेस अफ द गोल्ड कप गिफ्ट हेम्पर दिईने, प्रत्येक रु. २०० को टिकट खरिद गर्दा रु. २००० भन्दा बढिका छुट कुपनहरु उपलब्ध गराइने, रमपमको टिकट क्यास व्याक अफर प्राप्त गर्न सकिने लगायत विभिन्न स्कीमहरु राखिएका छन् । टुर्नामेन्टमा नेपाल र भारतका राष्ट्रिय फुटबल टीमहरु बीच रात्रिकालिन प्रतिस्पर्धा हुने छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.