Websoft University
March 2025


विराटनगर चैत १८ गते । महिला समानताका लागि नेपाल क्रिकेट फाउण्डेशनले भुइँतह तथा महिला विकासका लागि चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिता आयोजना शुरु भएको छ ।

विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउण्डमा सोमबार भएको खेलमा सप्तरी र मोरङले विजयी शुरुवात गरेका छन् । पहिलो खेलमा सप्तरीले इलामलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय १७ रनको योगफल तयार पारेको थियो । इलामकी प्रियैका राई सर्वाधिक ४१ रन बनाइन् । सप्तरीकी सुस्मिता यादवले सर्वाधक २ विकेट लिइन् ।

१ सय १८ रनको लक्ष्य पछ्याएको सप्तरीले १४ दशमलव १ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । सप्तरीको जितमा प्लेयर अफ द म्याच साक्षी यादवले अविजित ६० रन बनाउँदा बन्दना रजकले पनि अविजित १३ रनको योगदान दिइन् । इलामकी मुना राई र टिकामाया तामाङले १–१ विकेट लिइन् ।

लोस्रो खेलमा  मोरङले सिरहालाई ७ विकेटले पराजित गरेको छ ।  टस जितेर ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरको खेलमा १२ दशमलव २ बलमा सवै विकेट गुमाउँदा ६० रनमा सिमित भयो । सिरहाका कुनै पनि ब्याटरले दोहोरा अंकलाई छुन सकेनन् । मोरङकी प्लेयर अफ  म्याच कृतिषा धामीले सर्वाधिक ५ विकेट लिइन् । उनले ४ ओभरमा १६ रन दिएकी थिइन् ।

६१ रनको झिनो लक्ष्य पछ्याएको मोरङले ९ दशमलव १ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पार गरेको थियो । मोरङ जितमा सानु राजवंशीले अविजित २८ रन बनाउँदा टिका साहले १५ रन बनाइन् ।

यस अघि प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपवालिकाका प्रमुख नागेश कोइरालले ब्याटिङ, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेले बलिङ र सिनियर एम्पायरले विकेट किपिङ गर्दै   गरे ।

प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम तथा मधेश प्रदेशका सिरहा र सप्तरीका महिला टिमहरू सहभागी रहेको खेल संयोजक मन्दिप साहले बताए । खेल लिगको आधारमा खेलाइने प्रतियोगिता विहिबार सम्म हुने छ । लिगमा टप गर्ने दुई टिमविच फाइनल खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्युवालिटि कप क्रिकेट आयोजना गर्दै आएको साहले बताए ।

आयोजक फाउण्डेसनले प्रतियोगिताका लागि साढे ६ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । गत संस्करणमा भने मोरङ महिला टोलीले उपाधि हात पारेको थियो ।

 


उदयपुर, चैत्र १७ गते । उदयपुरको बेलका नगरपालिका ६ स्थित खोला किनारमा वेवारीसे अवस्थामा रहेको गाँजा प्रहरीले बरामद गरेको छ । चैत्र १६ गते  विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी गस्ती टोलीले मुर्ती खोला किनारमा बोराभित्र प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको ८ सय ९१ किलो ४२३ ग्राम गाँजा ९३ (पोका) वेवारीसे अवस्थामा फेला पारेको हो । वरामद भएको उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा ल्याईएको र ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा अन्य थप अनुसन्धान कार्य भईरहेको छ । यसै गरी जिल्ला प्रहरी कार्यालय उदयपुरले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका(१२ का रोहित झा र विवेक बि।क।लाई प्रतिवन्धित लागूऔषध ट्याव्लेट ६० चक्की सहित  पक्राउ गरेको छ ।


विराटनगर चैत १५ गते । विराटनगरस्थित शिक्षादीप कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई विदाई गरेको छ ।

विज्ञान र व्यवस्थापन संकायमा अध्ययरत विद्यार्थीहरूलाई कलेजले शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी विदाई गरेको हो ।

१६ औं ब्याजका विज्ञान र १७ औं ब्याजका  व्यवस्थापन संकायका १ हजार १ सय ३५ जना विद्यार्थीहरूलाई विदाई गरेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल खड्काले कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफलताको शुभकामना दिए । ‘विद्यालयमा सिकेको ज्ञान व्यवर्हानमा उतारेर विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्नुहुन्छ भन्ने मैले अपेक्षा राखेको छु,’ प्रिन्सिपल खड्काले भने, ‘आगामी दिनको सफलताको विद्यार्थीहरुलाई शुभकामना पनि दिन चाहन्छु ।’

कार्यक्रममा व्यवसंस्थाप संकायका को–अडिनेटर शंकर भट्टराई, निर्देशक शैलेन्द्र शिवाकोटी, रमेशकुमार मण्डल, राजेन्द्रप्रसाद यादव, डा. विमल श्रीवास्तव र ललित नारायण मन्दर, रामचन्द्र पौडेललगायतले विद्यार्थीहरुलाई सफताको शुभकामना दिए ।

कोशी प्रदेशका साँसद तथा कलेजका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले आत्मविश्वासका साथ परीक्षा दिएमा सधै उत्कृष्ट नतिजा आउँने बताए । पछि जुनसुकै समयमा विद्यार्थीलाई कलेजले अध्ययनलगायत हरे कुरामा सहयोग गर्ने पराजुलीले बताए । सोही अवसरमा कलेजले लिएको आन्तरिक तथा हिसान परीक्षामा ६० प्रतिशतभन्दा माथी ल्याउँने विद्यार्थीलाई करिव ७० लाख बराबर नगद पुरस्कृत समेत गरिएको थियो ।


विराटनगर चैत १३ गते । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा इलाम  र झापाले रोमाञ्जक जित निकालेको छ । बिहीबार भएको खेलमा इलामले घरेलु टिम मोरङलाई र झापाले सुनसरीलाई हराएको हो ।

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा मोरङलाई ६ रनले स्तब्ध बनाउदै इलामले रोमाञ्चक जित निकाल्दै दुई अंक जोडेको छ । इलाम यसअघि उद्घाटन खेलमा उदयपुरसँग पराजित भएको थियो ।

इलामले दिएको ११४ रनको लक्ष्य पछ्याएको मोरङले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०७ रनमा सिमित भयो । मोरङका सन्तोष चौधरीले ४० बलमा ३९ रन बनाए । उनले दुई चौक्का र एक छक्का प्रहार गरे । मिनाश थापाले २२ बलमा ३२ रनको योगदान दिए ।

इलामका विशाल आचार्य र प्रज्जवल खत्रीले समान २–२ विकेट लिए । लभ कामतले १ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको इलामले १९.दशमलप ६ ओभरमा सबै विकेट गुमाइ ११३ रन बनाएको थियो । सिवान्श बजगाइले सर्वाधिक ३० रन बनाए । उनले २७ बलमा ५ चौका प्रहार गरे । इलामका लभ कामतले ३० बलमा २६ रन पारी खेल्दा सुशान्त सापकोटाले १७ बलमा १६ रनको योगदान दिए ।

मोरङका बलर अर्मन अली र मिनाश थापाले समान ३–३ विकेट लिए । खेलको प्लयेर अफ द म्याच इलामका लभ कामत घोषित भए । उनले नगद २ हजार पाँच सय पाए ।

दोस्रो खेलमा झापाले सुनसरीलाई ६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा सुनसरीको यो दोस्रो हारसँगै खेलबाट बाहिरिएको छ ।  

टस जितरे ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा ११७ रन बनाएको थियो । झापाको जितको लागि संगम बुढाथोकीले सर्वाधिक २१ बलमा २६ रन बनाए । भुपाल डाँगीले २५ बलमा २२ रन पारी खेल्दा झापा दिपु भुजेल र भुपेस गौतमलले समान २१–२१ रनको योगदान गरे । झापाका अरु ब्याटरले दोहोरो अंक ल्याउन सकेनन ।

सुनसरीका शिरान यादव र सोनु मण्डलले समान २–२ विकेट लिए । शिरानले ४ओभरमा २९ रन खर्चिए भने सोनुले २ ओभरमा १५ रन खर्चिए ।

त्यसअघि सुनसरीले २० ओभरमा ६ विकेटको क्षतिमा १११ रनमा सिमित भयो । सुनसरीका गौरव कटुवालले ३१ रन पारी खेल्दा श्रीजन २२ रन र सोनु मण्डले १८ रनको योगदान दिए ।

झापाका विजय कार्की र सुरन्जन राईले समान २–२ विकेट लिए भने संगम बुढाथोकीले १ विकेट लिए । संगम खेलको प्यलेर अफ द म्याच घोषित भए ।

शुक्रबार आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी र झापा जिल्लाबीच खेल हुनेछ ।


बिराटनर चैत १३ गते | आज बिराटनगरमा अशक्त अपाङ्गता भएका व्यक्तिहरूले गरे पत्रकार सम्मेलन  । उनिहरू भने ? हामी तपसिलका निवेदकहरू अति अशक्त अपाङ्गता भएका व्यक्ति हौँ। हामी नेपाली नागरिक हौँ। हाम्रो अति गरिब परिवार जन्म भएको छ। हाम्रो घरमा केही गरि खाने बाटो नभएर धेरै समय भोकभोकै हिड्नुपर्ने अवस्थामा राज्यले पनि हाम्रो लागि कुनै व्यवस्था गरेको छैन।

हामीले महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, सामाजिक विकास मन्त्रालय, भन्सार कार्यालय लगायत विभिन्न सरकारी कार्यालयहरूमा कामको लागि पत्र पत्रक गर्यौँ तर सधैंझैँ भुला। हाम्रो लागि सरकारले कुनै व्यवस्था गर्न सकेको छैन।

तर हामी हौंला हो १ यसै सन्दर्भमा विगत १२ वर्षदेखि मोरङ जिल्ला विराटनगर स्थित भन्सार नाकामा खाद्य सामाग्रीहरू ओसारपसार गरी दैनिक रु। ५०० अर्जन गरी पेट पाल्दै आएका थियौँ। तर पटक(पटक केही विरानगर महानगरपालिकाले कहिले, विराटनगरका प्रशासन तथा भन्सार कार्यालयले हामीलाई दुख दिने, समान खोसिदिने, कहिले सामान ल्याउन रोक लगाउने गरेको छ।

हामीले धेरै अवसरहरू खोज्यौँ तर हाम्रो लागि केही पनि उपयुक्त काम भेटिएन, कहिले पनि काम दिनेन्, काम गर्न सक्दैन भन्ने त्यसकारण हामीहरूले जीवनको नाकामा समान ओसार पसारको अवैधानिक काम गर्न मन परेको छैन। यस कामको अलावा हामीहरू अशक्त अपाङ्गता भएका व्यक्ति भएकाले कुनै पनि काम खोजी नेपालले केही व्यवस्था गरी दैनिक बालबच्चा पेट पाल्ने वातावरण मिलाइदिनु हुनका लागि अनुरोध गर्दछौँ।

यदि सरकारले हामीलाई काम गराउने वातावरण मिलाइदिएन भने हामी यस कार्यालयमा हाम्रो परिवार ल्याएर जानकारी गराइने जानकारी गराउन चाहन्छौँ।

हाम्रो मागहरू

अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारले रोजगारी दिनु पर्ने कानुनी व्यवस्था भएको हुँदा रोजगारको व्यवस्था गरियोस्।


विराटनगर,चैत्र ११ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा लागू औषध दुर्व्यसन विरुद्द सुधारका लागी शिविर अभियान कार्ययोजना अन्तरगत छलफल,अन्तरक्रिया तथा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । 

चैत्र ११ गते अपरान्ह भएको कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले सेवनकर्ता तथा अति सेवनकर्ताहरुलाई अस्थायी रुपले होल्डिङ् सेन्टरमा राखी मनोसामजिक परामर्शकर्ताहरुबाट परामर्श उपलव्ध गराई उपचारात्मक पद्दतिबाट समाजमा पुनर्स्थापन गराउने उद्देश्यका साथ सुधारका लागि शिविर ९ऋबmउ ँयच ऋयचचभअतष्यल(ऋँऋ० को परिकल्पना गरी कार्यान्वयन गर्न लागिएको बताउनु भएको थियो । 

उक्त कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश प्रहरी कार्यालयले लागू औषध दुर्व्यसन विरुद्द सुधार कार्यक्रमको योजनाले अपेक्षाकृत प्रतिफल उपलव्ध हुने विश्वास व्यक्त गर्नु हुदै कोशी प्रदेशमा दुर्व्यसन विरुद्द सुधार कार्यक्रम कार्यान्वयनको लागी प्रदेश सरकार प्रतिबद्द रहेको र कोशी प्रदेश प्रहरी कार्यालयले समाजमा शान्ति सुरक्षा स्थापना गर्न बिभिन्न प्रकारका योजना बनाई कार्य गर्दै आएकोमा प्रदेश सरकारको तर्फबाट सदैव साथ सहयोग रहने वताउनु भयो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दुर्गा प्रसाद दाहालले कोशी प्रदेश प्रहरी कार्यालयको लागू औषध दुर्व्यसन विरुद्द सुधार कार्यक्रमको कार्य योजना, कोशी प्रदेशमा लागुऔषध प्रयोगकर्ताको संख्यात्मक विवरण, लागु औषको जोखिम न्यूनिकरण, दुर्व्यसन रोकथाम, उपचार तथा पुनर्स्थापना, लागु औषध दुर्व्यसनबाट हुने क्षेति लगायतका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो भने कार्यक्रममा कोशी प्रदेश आन्तरीक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारी तथा प्रदेश सचिव राम प्रसाद आचार्यले समेत आ(आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेश प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी सहित सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

 


बिराटनगर चैत १० गते । प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन हिजो विराटनगरमा उद्घाटन भएको छ। महाधिवेशनको उद्घाटन नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले लोकतान्त्रिक प्रेसको महत्वबारे प्रकाश पार्दै सर्वसम्मत ढंगले निर्वाचन सम्पन्न गर्न आग्रह गरेका छन् ।

महाधिवेशनमा देशभरका झन्डै ९०० पत्रकार प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नयाँ नेतृत्व चयनका लागि छलफलहरू जारी रहँदा सहमतिको प्रयास भइरहेकाले सर्वसम्मत नेतृत्व चयन हुने बताइएको छ।

कार्यक्रममा पत्रकारिताका विविध आयाम, प्रेस स्वतन्त्रताको वर्तमान अवस्था तथा पत्रकार सुरक्षाका विषयमा समेत छलफल भएको थियो। सहभागी वक्ताहरूले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि प्रेस चौतारी नेपालले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए। सो कार्यक्रम प्रेस चौतारी नेपालका वर्तमान अध्यक्ष गणेश बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो।

महाधिवेशनको समापन सत्रमा निर्वाचित नयाँ कार्यसमितिले आगामी कार्यदिशा तय गर्नेछन्। प्रेस चौतारी नेपाल लामो समयदेखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिँदै आएको संगठन हो, जसले पत्रकारहरूको हकहितको लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको अध्यक्ष बस्नेतले बताएका छन्।


विराटनगर चैत ९ गते | साहित्यकार बाबुराम पोखरेलद्वारा लिखित ‘समदृष्टि’ समालोचना संग्रह विराटनगरमा विमोचन गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार प्राडा देवी नेपाल, विशिष्ट अतिथि प्राध्यापक कविराज न्यौपाने, डा. हरिहर भण्डारी, साहित्यकार बलराम पोखरेल, गंगा सुवेदी, आयोजक संस्थाका अध्यक्ष भूषण ढुंगेल, प्रा.डा. गोपाल दाहाल, नेपाल स्रष्टा समाज कोशी प्रदेश अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, साहित्यकार एनपी आचार्य, प्रा.डा. मेदिनीप्रसाद शर्मा नेपाल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेललगायतले पुस्तक विमोचन गरे ।

संग्रहमा पोखरेलले साहित्यकार विश्वेश्वरप्रसाद कोइरालादेखि भूपि शेरचन हुँदै नयाँ पुस्ताका लेखकका व्यक्तित्व र कृतित्वमाथि समाचोलना गरेका छन् । पूर्वाञ्चल साहित्य प्रतिष्ठानको १०७ कृतिका रुपमा प्रकाशित ‘समदृष्टि’ समालोचना संग्रहमाथि साहित्यकार हरि कट्टेलले समीक्षा गरे । समीक्षक कट्टेलले समालोचना गर्नु अरु साहित्य लेखेको जस्तो सजिलो नहुने बताए । 

उनले अरुले लेखेको कृति केस्रा–केस्रा केलाएर समालोचना गर्नु सामान्य बौद्धिकताले नभ्याउने उनको टिप्पणी थियो । पोखरेलको ‘समदृष्टि’ निकै उत्कृष्ट संग्रहका रुपमा आएको कट्टेलले बताए । उनले अब साहित्यकार पोखरेलले आफूलाई समालोचकका रुपमा समेत प्रभावकारी रुपमा प्रस्तुत गरेको उल्लेख गरे ।

कार्यक्रममा प्रमुख अतिथि प्राडा देवी नेपाल, विशिष्ट अतिथि प्राध्यापक कविराज न्यौपाने, समालोचक प्राडा गोपाल दाहाल, आयोजक संस्थाका कार्यबाहक अध्यक्ष भूषण ढुंगेल, महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदितलगायतले ‘समदृष्टि’ समालोचना निकै बौद्धिक र गहन रुपमा आएको बताए ।

 पोखरेलले आफूलाई अब समालोचकका रुपमा समेत उभ्याएकोमा उनीहरुले खुसी व्यक्त गरे । लेखक पोखरेलले आफूले निकै मेहेनत गरेर समालोचना संग्रह तयार पारेको जानकारी दिए । पोखरेल नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्षसमेत हुन् । उनी विशेषतः मुक्तक लेख्न रुचाउँछन् । उनका यसअघि मुक्तकसहित विभिन्न साहित्यिक कृति प्रकाशित छन् ।


विराटनगर चैत ८ गते । मोरङको लेटाङ फुटबल क्लब पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

विराटनगरको जुट मिल खेल मैदानमा शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लबलाई ६–३ गोलअन्तरले हराउँदै लेटाङ फाइलनमा पुगको हो ।

उपाधिको लागि आइतबार उदयपुरको फ्यूजन फुटबल क्लब गाइघाट र लेटाङ फुटबल क्लब प्रतिस्पर्धा गर्नेछ ।

जितको लागि लेटाङका सौगात राईले दुइ गोल, विवेक राई, अनुप मगर, सन्दिप मगर र किरण शंकरले समान १–१ गोल गरे । घरेलु टिम पेमाको तर्फबाट निशान्त राई, रोशन राई  र प्रनिश न्यौपानेले समान १ –१  गोल गरे ।

खेल सुरु भएको ४ औं मिनेटमा पेमा स्पोर्टिङ क्लबका निशान्त राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो गोल गरेको पाँच मिनेट बित्न नपाउँदै पेमाका रोशन राईले ९ औं मिनेटमा गोलगरी अग्रतादोब्बर बनाए । यो अग्रता पहिलो हाफसम्म मात्रै टिक्यो । 

खेल सुरु भएको ९ औं मिनेटमा २–० गोलले लेटाङ पछि परेपछि आक्रमक खेल पस्कियो । त्यसपछि लेटाङका खेलाडी विवेक राईले खेलको २३ औ मिनेटमा पुजन चौधरीले निकालेको क्रस पासलाई गोलमा परिणत गरे । खेलको ३२ औं मिनेटमा अनुप मगरले अर्को गोल गर्दै खेल बराबारीमा ल्याए । पहिलो हाफसम्म २–२ गोलको बराबारी भयो । 

दोस्रो हाफपछि लेटाङले आक्रमक खेल पस्कियो । खेलको ५७ औं मिनेटमा सन्दिप मगरले गोल गर्दै अग्रता तेब्बर बनाए । किरण शंकरले खेलको ६५ औं मिनेटमा गोल गर्दै लेटाङले ४–३ गोलले अग्रता बनायो । ७० औं मिनेटमा सौगत राईले डिबक्स भित्रबाट गरेको कडा प्रहारले जाली चुमाए । त्यसलगतै पेमाका खेलाडी प्रनिश न्यौपानले गोल गर्दै ३–५ गोलले अग्रता घटाए । खेलको ७८ औं मिनेटमा लेटाङका सौगत राईले गोल गर्दै टिमको जित सुनिश्चत गरे ।

खेलको प्लेयर अफ द म्याच लेटाङका किरण शंकर घोषित भए । उनले नगद २ हजार १ सय पाए ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजना भएको प्रतियोगिताको बिजेताले नगद १ लाख रुपैयाँ र उपबिजेताले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल आइतबार हुने मिल्स गोल्डकप फुटबल टष्ट्रका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए । प्रतियोगिताका भारतको एक टिमसहित कोशी प्रदेशका ८ वटा टिमको सहभागिता रहेको थियो ।


विराटनगर चैर ७ गते । गाइघाटको फ्यूजन फुटबल क्लब विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरको जुट मिल खेल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइलन खेलमा सुनसरी इटहरीको टीएफसी तालतलैयालाई ५–१ गोलअन्तरले पराजित गर्दै उदयपुर फाइनलमा पुगेको हो । उपाधि रक्षाको लागि उदयपुरले अब शुक्रबार हुने दोस्रो सेमिफाइलनमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लब र लेटाङ फुटबल क्बलको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

जितको लागि उदयपुरका रितेस तामाङ्गले दुई गोल, सुनिल खड्का, दिपक मगर र दिवस राईले समान १–१ गोल गरे । इटहरीको तर्फबाट सुजन मगरले सान्तवना गोल फर्काए ।

खेल सुरु भएको ९ औं मिनेटमा उदयपुरका रितेस तामाङ्गले गोल गर्दै टिमलाई अग्रता दिलाए । दिपक मगरले निकालेको क्रस पासलाई रितेसले जाली चुमाए । पहिलो हाफसम्म उदयपुर १–० गोलले अग्रता लियो । दोस्रो हाफपछि ४५ औं मिनेटमा इटहरीका सुजन मगरले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी ल्याए । 

इटहरीका खेलाडी अभिषेक कालिकोटीलाई डिबक्स भित्र फल खेलेर लडाएपछि रेफ्री अनिल खवासले पेलान्टी दिए । पेलान्टीमा इटहरीका सुजनले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । त्यसपछि उदयपुरले खेलको रणनीति बदल्दै आक्रमक खेल पस्कियो । खेलको ६१ औं मिनेटमा उदयपुरका रितेस तामाङले गोल गर्दै अग्रता दोब्बर बनाए । दिपकले निकालेको पासलाई रितेसले गोलमा परिणत गरे ।

 दोस्रो गोल गरेलगत्तै उदयपुरका सुनिल खड्काले ६२ औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाए । दोस्रो हाफपछि इटहरीलाई दवाबमा राखेको उदयपुरले अतिरिक्त समयमा थप दुई गोल गर्यो । दिपक मगर र दिवस राईले खेलको अतिरक्ति समयमा समान १–१ गोल गर्दै टिमको जित सुनिश्चत गरे । अतिरिक्त समयमा सनम राईले पास निकालिदिएका थिए । प्रतियोगितामा दुई गोल गर्ने उदयपुरका रितेस तामाङ्ग म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार रुपैयाँ पाए ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजना भएको प्रतियोगिताको बिजेताले नगद १ लाख रुपैयाँ र उपबिजेताले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल आइतबार हुने मिल्स गोल्डकप फुटबल टष्ट्रका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए । प्रतियोगिताका भारतको एक टिमसहित कोशी प्रदेशका ८ वटा टिमको सहभागिता रहेको थियो ।


विराटनगर फागुन ५ गते । घरेलु टिम पेमा स्पोर्टिङ्ग क्लब विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा सोमबार भएको खेलमा कोशी प्रदेश  प्रहरी कार्यालय विराटनगर रानीलाई २–० गोलले पराजित गर्दै पेमा स्र्पोटिङ्ग क्लब हिजो सेमिफाइलनमा पुगेको हो ।

जितको लागि पेवा स्पोर्टिङ्ग क्लबका हरी खवास र अनिल परियारले समान १–१ गोल गरे । खेलको ४९ औं मिनेटमा पेमा स्पोर्टिङ्ग क्लबले अग्रता लिएको थियो । अनिल परियाले निकालिदिएको पासलाई हरीले गोल गर्दै टिमलाई अग्रता दिलाए । 

पहिलो गोल गरेको १९ मिनेट बित्न नपाउँदै पेमा स्पोर्टिङ्ग क्लबले अग्रता दोब्बर बनाए । ६८ औं मिनेटमा डिबक्स भित्रबाट गरेको कडा प्रहार प्रहरीको गोल रक्षक बाल्मीकि राईलाई लागेर फर्कियो । रिबाउन्ड भएर फर्किएको बललाई अनिले पोस्टको दिशा दिएका थिए । उनले गरेको गोलनै टिमको जित सुनिश्चित भयो ।

प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफसम्म गोलरहित खेल बराबरी भयो । दोस्रो हाफदेखि पेमा युवा क्बलले रणनीति बदलेर आक्रमक खेल्यो । त्यसपछि नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । पुलिसले दोस्रो हाफपछि पाएको सुन्दर गोल गर्ने आधा दर्जन प्रहार पेमा  क्लबका गोल रक्षक निशान थापा मगर बाधक बनिदिए । पुलिसका मनोज सुब्बाले ७० औं मिनेटमा डिबक्स भित्रबाट गरेको प्रहार बाहिरियो । 

त्यसलगत्तै  विकास राईले गरेको प्रहार पेमाका गोल किपर निशानले बिफल पारिदिए । प्रतियोगिताको प्लयेर अफ म्याच पेमा स्पोर्टिङ्ग क्लबका अनिल परियार घोषित भए । उनले नगद २ हजार १ सय पाए ।

मंगलबारको खेल भारत बिहारको बाइएससी खाखा झील कटिहार र सुनसरी इटहरीको टीएफसी तालतलैयाबीच प्रतिस्पर्धा हुनेछ ।


विराटनगर फागुन ४ गते । विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा शुभकामना दिएको छ ।

सोमबार स्कुलमा एक कार्यक्रमको आयोजना गरि स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा शुभकामना दिएको हो ।

स्कुलले परीक्षामा सामेल हुने १ सय ९ जना विद्यार्थीलाई परीक्षामा सामेल हुनेदेखि परीक्षाको मर्यादा कायम गर्ने, परीक्षामा दिएको प्रश्नहरुको हल कसरी गर्ने लगायतको विषयहरुको स्कुलले अभिमुखिकरण गर्नुका साथै शुभकामना समेत दिएको छ ।

उनीहरुलाई स्कुलका प्रिन्सिपल त्रिलोचन गौतम, भाइस प्रिन्सिपल रोहिणी रमण दवाडी र शिक्षकहरुले अभिमुखिकरण तथा शुभकामना दिएका थिए ।


बिराटनगर, चैत्र ४ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालनमा रहेको ७ कार्य दिनको “भत्केको संरचनामा गरिने खोज तथा उद्दार अनुशिक्षण तालिम प्रथम समुहको समापन भएको छ । फागुन २५ गतेबाट संचालन भएको उक्त तालिम चैत्र ४  गते कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख भीम बहादुर दहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि दहालले प्रहरी कर्मचारीहरूलाई खोज तथा उद्दार सम्बन्धि तालिम दिई उद्दार कार्यलाई थप प्रभावकारी बनाउन अनुशिक्षण तालिम दिईएको बताउनु भयो ।

 मानव जीवनमा आईपर्ने कठोरतम् विपत्तिको उद्धार कार्यको प्रमुख जिम्मेवारी पाएको नेपाल प्रहरीले आफुसंग भएका सिमित स्रोत साधनका साथै स्थानिय औजारहरुको समेत प्रयोग गरी प्रभावकारी रुपमा खोज तथा उद्दार कार्यमा खटिई मानविय तथा भौतिक क्षेति न्यूनीकरण गर्न तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु भयो । साथै वहाँले तालिमबाट सिकेका सिप, ज्ञान र कौसलको उच्चतम प्रयोग गरी कार्य क्षेत्रमा आईपरेको समस्या र चुनौतीलाई सामना गरी उद्दारकार्यमा खटिई नेपाल प्रहरीको गौरवलाई सदैव उच्च स्थानमा राख्न अभिप्रेरित गर्नु भयो । 

 समापन कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा प्रहरी उपरीक्षक दिपक पोखरेल सहित सिनियर तथा जुनियर प्रहरी अधिकृतका साथै प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त तालिममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न कार्यालयहरुका ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।


विराटनगर चैत्र ३ गते | विराटनगरस्थित खोटाङ सामाजिक सेवा मञ्च केन्द्रीय कार्यालयले अग्रज साहित्यकार डा. सुशीला कोइराला भण्डारीलाई सम्मान गरेको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा विगत साढे पाँच दशकभन्दा लामो समयदेखि नेपाली भाषा, साहित्यका क्षेत्रका कलम चलाउँदै आएकी भण्डारीलाई मञ्चले सम्मान गरेको हो । कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, अग्रज साहित्यकार प्राध्यापक कविराज न्यौपाने, भूषण ढुंगेललगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

 को आयोजनामा आज एक भव्य कार्यक्रमबिच रचना वाचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । खोटाङ सामाजिक सेवा मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा बरिष्ट साहित्यकार बलराम पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा साहित्यकार भूषण ढुङ्गेल, कविराज न्यौपानेसमेतले शुभकामना व्यक्त गनुभएको थियो  । यस कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानको आयोजनामा गतविगतमा सञ्चालित कविता महोत्सवमा पुरस्कार प्राप्त महानुभावहरुमध्ये इटहरि निवासी टिका आत्रेय तथा इनरुवा निवासी कृपाकरुणा पोखरेल दुई जना कविहरुले कविता वाचन गरेका थिए । 

यसका साथै बाबुराम पोखरेल, यल.पि. पराजुली, केसु विरही, नवराज नवशिला, उमेश लुइटेल, प्रयाग न्यौपाने, शम्भुप्रसाद भट्टराई, लक्ष्मी स्मृति, शान्ता पैडेल, जयन्त प्रधानाङ्ग, भरत वर्वरिक, मञ्जु घिमिरे दाहाल, सुजाता राई, स्वयम्भुनाथ कार्की लगायत चार दर्जन साहित्यकारहरुले आआफ्ना रचना वाचन गरेका थिए ।

खोटाङ सामाजिक सेवा मञ्चले गतविगतदेखि नै अग्रज साहित्यकारहरुलाई सम्मान गर्दै आएको छ । यसै क्रममा आज अग्रज साहित्यकार डा. सुशीला कोइराला भण्डारीलाई घरैमा गएर सम्मान गरेको छ ।

यस कार्यक्रममा लक्ष्मी रायमाझी खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो भने लक्ष्मी पोखरेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।


मोहन कुमार राई, चैत्र २ गते | संखुवासभा, चैनपुर नगरपालिका स्थित दिलकुमारी भवनमा छिमेकी लघुवित्त वित्तीय संस्था लिमिटेड चैनपुर शाखाको ८ औं ग्राहक सदस्य गुनासो सुनवाई तथा भेला कार्यक्रम सम्पन्न भएको छ ।

वित्तीय संस्थाको ९३० सदस्य रहेको चैनपुर शाखाले आफ्नो ८ औं ग्राहक सदस्य गुनासो सुनवाई तथा भेला कार्यक्रम सम्पन्न गरेको शाखा प्रवन्धक श्याम प्रसाद कुश्वाहले जानकारी दिनुभयो । संस्थाका प्रदेश प्रवन्धक अभय शर्माले  ग्राहक तथा एकाई भेलाका कसदस्यहरुलाई कार्यक्रमलाई वित्तीय विषयमा सहजीकरण एवं प्रशिक्षण दिनुहुँदै विलासिताका वस्तु प्रयोगका लागि कर्जा प्रगोग नर्गन एवं कर्जा दुरुपयोगको परिणामको बारेमा समेत जानकारी दिनुभएको थियो । प्राप्त कर्जालाई उत्पादन मुलक एवं उत्पादनशिल क्षेत्रमा लगानी गर्न सके आर्थिक सम्वमृद्धि ल्यान सकिने समेत संस्थाका प्रदेश प्रवन्धक शर्माले वताउनुभयो । ग्राहक सदस्यहरुले आफ्ना गुनासो सुनाएका थिए भने समाधानको उपाय समेत बताइएको थियो ।


नेपाल राष्ट्र बैङ्कबाट ‘घ’ वर्गको इजाजत प्राप्त संस्थाको रुपमा सञ्चालित छिमेकी लघुवित्त संस्था लिमिटेडले देशको ६९ जिल्लामा १९७ शाखाबाट ४ लाख २५ हजार ८५ जना सदस्यहरुलाई ३९ अर्व बढी कर्जा लगानी, ३६ अर्व बचत संकलन गर्दै वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले जनाएको छ । संखुवासभामा मादी, चैनपुर, धर्मदेवीको मुढे र खाँदवारीबाट आफ्ना सेवा प्रदान गरिरहेको जनाएको छ ।

लघुवित्त संस्थाले प्रदान गर्ने बचत, कर्जा, व्यवसायीक तालिम, प्राविधिक सहयोग, व्याजमा छुट, विना धितो ७ लाख सम्म कर्जा प्राप्त गनृ सकिने, दलित, एकल महिला, जेष्ठ नागरिकलाई १ प्रतिशत व्याज छुट, बालभविष्य सेवा, उद्यमशिलता तालिम कर्जा,कर्जाको विमा, निःशुल्क इ–पासबुक, एटिएम कार्ड,  पशु विमा, हरके वर्षको उत्कृष्ट इकाइहरुलाई नगद पुरस्कार, प्रमाणपत्र तथा छोराछोरीलाई पढनलाई छात्रवृत्ति, एसइईमा उत्कृष्ट जिपिए ल्उाउने ग्राहक सदस्यका छोराछोरीलाई पुरस्कृत गर्ने, सेवा सुविधाको बारेमा समेत ग्राहक सदस्यहरुलार्इृ जानकारी दिइएको थियो । संस्थाले यो वर्ष ४९ हजार ४ सय ६५ जनालई वित्तीय साक्षरता कार्यक्रम अन्तरगत तालिम प्रदान गरिसकेको समेत संस्थाका प्रदेश प्रवन्धक अभय शर्माले वताउनुभयो ।

कार्यक्रममा छिमेकी लघुवित्त संस्थाका केन्द्रीय काठमाण्डौका विभागीय प्रमुख हरीराज लोहनी, प्रदेश अनुगमन अधिकृत अनन्त कुमार आचार्य, प्रदशे अधिकृत विष्णुवाबु पन्त, एवं संस्थाका कर्मचारीहरु पविना प्रधान, लक्ष्मी माया राई, स्याङमु शेर्पा तथा ग्राहक सदस्यहरुको उपस्थिति रहेको थियो ।


विराटनगर फागुन २९ गते ।
 प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । हिजो चितवनमा पत्रकार सम्मेलन गर्दै आगामी चैत्र २ गतेबाट सुरु हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको परिषद्ले जनाएको हो । 

चितवन उद्योग सङ्घमा हुने अधिवेशनमा देशभरबाट एक हजार प्रतिनिधि सहभागि हुने परिषद्ले जनाएको छ । राष्ट्रिय सुरक्षा स्वावलम्बन, सुशासन, शिक्षा, समाज, जीवन तथा राष्ट्रिय स्तरका विषयमा देशभरका युवा वर्गको सकारात्मक दृष्टिकोणको विकासका साथै युवाको राष्ट्रप्रतिको दायित्वबोधका लागि यो अधिवेशनले भूमिका खेल्ने परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पँगेनीले बताए । 

देशमा बढिरहेको भ्रष्टाचार, दुर्व्यसनी, बेरोजगारी, आर्थिक एवम् पर्यावरण सङ्कट, बढ्दो सुरक्षा चुनौती आदि समस्याको समाधानमा युवा तथा प्राज्ञिक वर्गको भूमिकाको विषयमा अधिवेशन केन्द्रीत रहने उनको भनाइ छ । अधिवेशनमार्फत देशको शिक्षा, आर्थिक, समसामयिक र सङ्कल्प गरी चारवटा अलग-अलग प्रस्तावहरू पारित हुने जनाइएको छ । 

राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कँडेलले विद्यार्थी परिषद्ले दलगत राजनीति भन्दा माथि रहेर देशको समग्र शिक्षा क्षेत्रको सुधारका लागि अथक रूपमा निरन्तर राष्ट्र प्रथम भावका साथ काम गरिरहेको बताए । 

साथै परिषद्को ध्येय असल व्यक्ति निर्माण गर्ने रहेकोले राष्ट्र राष्ट्रियताका लागि दलगत स्वार्थलाई त्यागेर व्यक्ति निर्माणको केन्द्र क्याम्पस विश्वविद्यालयमा दलीय भागबन्डाको अन्त्य, राजनीतिक हस्तक्षेपको अन्त्य गरी सुसंस्कृत व्यक्ति र नागरिक निर्माणका लागि काम गरिरहेको उल्लेख गरे । 

अधिवेशन चैत्र २ गते दिउँसो दुई बजे उद्योग सङ्घको सभाहलमा सन्त समाजका अध्यक्ष श्री १००८ ज्ञानानन्द सरस्वतीजी महाराजले उद्‌घाटन गर्ने तय भएको छ । उद्‌घाटन कार्यक्रममा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि प्रसाद लम्साल र भरतपुर महानगरका मेयर रेणु दाहालको पनि विशेष उपस्थिति रहने महासचिव पँगेनीले बताए । 

तीन दिनसम्म चल्ने अधिवेशनमा विभिन्न समयमा अलग-अलग सत्रहरू सञ्चालन हुने छन् । जसमा समानान्तर सत्र चैत्र ३ गते बिहान ‘वर्तमान शिक्षा-प्रविधिको उपयोगिता एवं प्रभाव’ भन्ने विषयमा रहने छ । 

चैत्र ४ गते बिहान ‘राष्ट्रिय सुरक्षा र सुशासन’ का विषयमा सत्र सञ्चालन हुनेछ । चैत्र ४ गते दिउँसो नयाँ केन्द्रीय कार्यकारिणी समिति घोषणा गर्दै अधिवेशन सम्पन्न हुने महासचिव पँगेनीले जानकारी दिए ।


विराटनगर फागुन २८ गते । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो ।

थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र दिपेश घलेले समान १–१ गोल गरे । थ्रीस्टारले खेल सुरु भएको पाँचौ मिनेटमा अग्रता लियो । नविन लामाले निकालेको क्रस पासलाई खेमराजले चलाखीपूर्ण ढंगले पोस्टको दिशा दिएका थिए । थ्रीस्टारले दोस्रो गोल ६३ औ मिनेटमा   गर्यो । दिपेश घलेले वान भर्सेस वानमा डिबक्स भित्रबाट गरेको प्रहार चर्च ब्वाइजका गोल रक्षक टिकेन्द्र थापालाई लागेर फर्किएको थियो । फर्किएको बललाई पुनः दिपेशले प्रहार गर्दै जाली चुमाए । उनले गरेको गोल टिमलाई उपाधि दिलाउन सफल भए ।

उपाधिसँगै थ्रीस्टारले नगद ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपबिजेता चर्च ब्वाइजले नगद ५ लाख रुपैयाँमा चित्त बुझायो ।

थ्रीस्टार पाँचौ संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला आर्मीलाई ३–० गोलले फाइलनमा हराउँदै थ्रीस्टारले उपाधि हात पारेको थियो ।

चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्य राखेर मैदान प्रवेश गरेको थियो । तर, उपाधिको निर्णायक भिडन्तमा चर्च ब्वाइजले बलियो चुनौती पेस गर्न सकेनन् ।

प्रतियोगिताको म्यान अफ द म्याच थ्रीस्टारका कप्तान एकराज बुढाथोकी घोषत भए । उनले नगद ११ हजार पाए । विधागत पुरस्कारमा पनि थ्रीस्टारको बर्चश्व कायम भयो । उत्कृष्ट प्रशिक्षकमा  थ्रीस्टारका गणेश खड्का घोषित भए । त्यसैगरी बेस्ट गोलकिपर  थ्रीस्टारका विवेक मगर, हाइस्कोर थ्रीस्टारका दिपेश घले घोषित भए । प्रतियोगिताभरीमा उनले दुई गोल गरेका थिए । उनीहरुले जनही नगद १५ हजार पाए । बेस्ट प्लेर अफ टुर्नामेन्ट थ्रीस्टारका खेम राज श्रेष्ठ घोषित भए । उनले नगद ५१ हजार पाए ।

थ्रीस्टारले मछिन्द्र र त्रिभूवन आर्मीलाई निराश बनाउँदै विराट गोल्डकपको उपाधि नजिक पुगेको थियो । थ्रीस्टारले क्वाटरफाइलनमा मछिन्द्रलाई २–१ गोलले र सेमिफाइनलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै फाइनलमा पुगेको हो ।

यस्तै विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाइजले एनआरटी र नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

चर्च ब्वाईजले क्वाटरफाइलमा एनआरटीलाई २–० ले र सेमिफाइनलमा पुलिसलाई १–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको थियो ।

फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेको थियो ।  बिजेता हुने टिमलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभा सदस्य भिम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला,विराट गोल्डकपको संयोजक नविन रिजालगायतले पुरस्कार वितरण गरेका   थिए ।


विराटनगर फागुन २८ गते । आगामी चैत ५ गते हुने स्ववियू निर्वाचनमा अखिल क्रान्तिकारीले महेन्द्र मोरङ क्याम्पसमा एक्लै प्रतिस्पर्धामा उत्रिएको छ । स्ववियू सभापतिमा रोहित यादव, सचिवमा आयुद्ध अछामी र कोषाध्यक्षमा राजिव यादव उम्मेदवार दिएका छन् ।

सदस्यहरूमा गौतम मण्डल, सुजित यादव, रत्ना राजवंशी, आयुष कार्की, युनिष पाण्डे, प्राश्रा श्रेष्ठ, सुरेश पाल र भुमेश्वर साह रहेका छन् ।

सभापतिका उम्मेदवार यादवले आफ्नो संगठन विद्यार्थीहरूको हकहितमा सधैँभरी लागि पर्ने भएकोले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित हुने विश्वास व्यक्त गरे । उनले भने, ‘हामी सधैँ विद्यार्थीहरूको हित र अधिकारका लागि लड्दै आएका छौं, र यही कारणले विद्यार्थीहरूले हामीलाई साथ दिनेछन्  ।

’ निर्वाचन कार्यालयमा भएको आगजनीले क्याम्पसमा तनावपूर्ण वातावरण सिर्जना गरेको छ । यस घटनाले आगामी निर्वाचनमा शान्तिपूर्ण रूपमा सम्पन्न हुने सम्बन्धमा चिन्ता बढाएको छ । क्याम्पस प्रशासनले निर्वाचन प्रक्रियालाई सुरक्षित र निष्पक्ष बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ  ।

विद्यार्थी संगठनहरूबीच बढ्दो तनावलाई मध्यनजर गर्दै क्याम्पस प्रशासनले सबै विद्यार्थी संगठनहरूलाई संयमित हुन र लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्न आग्रह गरेको छ । प्रहरी प्रशासनले पनि क्याम्पस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउन अखिल क्रान्तिकारीले माग राखेको छ ।  


विराटनगर फागुन २८ गते  । हिसान कोशीको आयोजना तथा हिसान मोरङको सम्योजकमा विराटनगरमा भएको प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको अरनिको कलेजले जितेको छ ।

उसले बुधबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरकै ग्रिनल्याण्ड कलेजलाई ६४ रनले पराजित गरि उपाधि जितेको हो । अरनिकोले माघमा १५ गते विरनगरमा सम्पन्न भएको मोरङ हिसान क्रिकेट प्रतियोगिताको फाइनलमा ग्रिनल्याण्ड कलेजलाई नै पराजित गरि उपाधि जितेको थियो ।

विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४३ रनको स्कोर बनाएको थियो । अरनिकोका सोनु साहले ४४ रन बनाउँदा नुमिर अहमदले ३६ रन र सौरभ झाले २३ रनको योगदान दिए । ग्रिनल्याण्डका गणेश यादवले ३ विकेट लिँदा सुनिल यादव र गौरी शंकर यादवले २–२ विकेट लिए ।

१ सय ४४ रनको लक्ष्य पछ्याएको ग्रिनल्याण्डले निर्धारित १८ दशमलव ४ बलमा सवै विकेट गुमाई ७९ रनमा सिमित भयो । ग्रिनल्याण्डका हेमन्त मेहताले १८ रन बनाउँदा सुनिल यादवले १३ रनको योगदान दिए । अरनिकोका रामनारायण यादवले ३ विकेट लिँदा अमर यादवले पनि ३ विकेट लिए ।

फाइनल खेलमा प्लेयर अफ फाइनल अरनिकोका नुमिर अहमल घोषित भए भने प्लेयर अफ टुनौमेन्ट ग्रिन ल्याण्डका गणेश यादव भए । त्यस्तै उत्कृष्ट ब्याटर अरनिकोका रुद्रप्रताउ साह घोषित हुँदा उत्कृष्ट बलर अरनिकाकै अमर यादव घोषित भए ।

फागुन २६ गतदेखि शुरु भएको प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका गरि ६ टिम सहभागि रहेको थियो । विजयी तथा खेलाडीहरुलाई प्रमुख अतिथि हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखेल, हिसान कोशी अध्यक्ष ज्ञानबहादुर खडका र हिसान मोरङका पूर्व अध्यक्ष बलराम पन्तलगायतले ट्रफि तथा प्रमाण पत्र वितरण गरे ।


विराटनगर फागुन २७ गते  । विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा बुधबार ६ बजे हुने फाइनलमा चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने थ्रीस्टार दोस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा रहेको छ ।

थ्रीस्टारले मछिन्द्र र त्रिभूवन आर्मीलाई निराश बनाउँदै विराट गोल्डकपको उपाधि नजिक पुगेको छ । थ्रीस्टारले क्वाटरफाइलनमा मछिन्द्रलाई २–१ गोलले र सेमिफाइनलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै फाइनलमा पुगेको हो । यस्तै विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाइजले एनआरटी र नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाईजले क्वाटरफाइलमा एनआरटीलाई २–० ले र सेमिफाइनलमा पुलिसलाई १–o गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

चर्च ब्वाइज र थ्रीस्टार यो सिजनको फुटबल मैदानमा पहिलोपल्ट विराट गोल्डकपको फाइलनमा भेट हुँदैछ । लिग बिजेता चर्च ब्वाइजले मछिन्द्र र पुलिस जस्तो सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले उनीहरुको मनोबल उच्च देखिएको छ  ।

यता थ्रीस्टार पनि दोस्रो पटक गोल्डकपको उपाधि जितेर इतिहास रच्ने दाउसहित मैदान प्रवेश गर्ने लक्ष्य लिएको छ । थ्रीस्टार पाँचौ संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला आर्मीलाई ३–० गोलले फाइलनमा हराउँदै थ्रीस्टारले उपाधि हात पारेको थियो ।

चर्च ब्वाइजले यो सिजनमा चार वटा गोल्डकपको उपाधि जित्ने लक्ष्य लिएको छ । यो सिजनमा ९ वटा खेलमा ८ वटा गोल्डकपको फाइलनमा पुग्दा तीन वटा चर्च ब्वाइजले उपाधि जितेको छ । जस मध्ये चर्च ब्वाइजले फिदिम फागुनन्द, झापा कप, र बागमती गोल्कडपको उपाधि जितेको छ ।

सहिद रंगशालमा मंगलबार भएको प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् । चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले विराट गोल्डकपमा पहिलो पटक फाइलनमा पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । ‘यो सिजनमा हामीले मोफसलमा भएको तीन वटा गोल्डकपको उपाधि जितेको छौं । विराट गोल्डकपको फाइनलमा पुगेका छौँ । 

उपाधि उचालेर इतिहास रच्ने हाम्रो लक्ष्य रहेको छ,’ प्रशिक्षक श्रेष्ठले भने,’ विराट गोल्डकपसहित यो सिजनको चार वटा उपाधि हामी जित्ने योजना रहेको छ ।’ चर्च ब्वाइजका कप्तान एकराज बुढाथोकीले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । पहिलो पटक फाइनलमा पुग्नु उपलब्धि भएको भन्दै उनले उपाधि जित्ने विश्वास व्यक्त गरे । ‘थ्रीस्टार पनि राम्रो टिम हो । फाइलनमा हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौं र उपाधि कब्जा गर्ने हाम्रो एक मात्रै लक्ष्य रहेको छ,’ उनले भने ।

यता थ्रीस्टारका प्रशिक्षक गणेश खड्काले  मोफसलमा हुने प्रतिष्ठित विराट गोल्डकपको उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने     बताए । ‘फाइलनमा हामीले क्याप्टेन योगेश गुरुङलाई धेरै मिस गर्नेछौं ।     डबल यल्लो कार्ड पाएकोले फाइलनमा कप्तान योगेशको खेल हेर्न पाउने छैनौ । तर पनि हामी उत्कृष्ट खेलाडी ल्याउनेछौं,’ उनले भने । 

 फाइलनमा कसको कप्तानमा टिम मैदान उतार्नुहुन्छ ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘अहिले हामी टिम वर्कमा छौं । फाइनलमा कसलाई क्याप्टेनको जिम्मा दिने त्यो खेल अगाडी मात्रै थाहा हुनेछ । अहिले हामी छलफलमा छौं ।’ थ्रीस्टारका कप्तान योगेश गुरुङले आफु फाइनलमा मैदान प्रवेश नगरेपनि राम्रो टिमवर्क भएकोले उपाधी जित्ने गरि खेलाडी मैदान उत्रिने बताए । प्रतिस्पर्धी टिम बलियो भए पनि रणनीति अनुरूप खेल्दै आफु नभएपनि उपाधि जित्नेमा ढुक्क रहेको उनले बताए ।

फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमको सहभागीता रहेको थियो ।  प्रतियोगिताको बिजेताले  ११ लाख र उपबिजेतालाई ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई  नगद १५ पुरस्कार  छ ।

 विराट गोल्डकप फुटबलको फाइनलअघि प्रि–म्याच कन्फ्रेन्समा बायादेखि थ्रीस्टारका कप्तान योगेश गुरूङ र चर्च ब्वाइजका कप्तान एकराज बुढाथोकी गोल्डकपमो ट्रफी उचाल्दै ।


विराटनगर फागुन २७ गते | विराटनगरस्थित हिमालय दर्शन कलेजमा हिजो उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ ।

कलेजमा अध्ययनरत विद्यार्थीको वाकक्षमता वृद्धि गराउने उद्देश्यसहित कलेजले आयोजना गरेको तालिम सोमबार सम्पन्न भएको हो । तालिममा सहभागी प्रशिक्षार्थी विद्यार्थीहरुलाई क्याम्पस प्रमुख भरत सापकोटा, मुख्य प्रशिक्षक कवि एवं पत्रकार मीनकुमार नवोदित, एचओडी म्यानेजम्यान्ट विभागका प्रमुख भूपाल मिश्र, आइटी विभागका प्रमुख सुमितकुमार साह र एचओडी होटल म्यानेजमेन्ट विभाग प्रमुख अञ्जु भुलेजले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेको थिए ।

अहिलेको विश्व बोल्नेहरूको भएकाले विद्यार्थीलाई पनि बोल्ने र उद्घोषण कलाबारे जानकारी दिई उनीहरूको क्षमता विकास गर्न कलेजले तालिमको आयोजना गरेको क्याम्पस प्रमुख सापकोटाले बताए । विद्यार्थीको चौतर्फी व्यक्तित्व विकासमा कलेजले पूर्ण रुपमा ध्यान दिएको उनको भनाइ थियो । पाठ्यक्रमको अध्ययनसँगै कलेजले विद्यार्थीको रुचीअनुसारका अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउँदै आएको प्रमुख सापकोटाले बताए । प्रमुख सापकोटाले एकहप्ताको तालिमबाट विद्यार्थीमा धेरै नै परिस्कार आएको उल्लेख गरे । कलेजले आयोजना गर्ने हरेक कार्यक्रममा अबदेखि तालिम लिएकाविद्यार्थीलाई मात्रै उद्घोषणकोअवसर दिने उनले प्रस्टपारे ।

तालिमपछि विद्यार्थीको वाकक्षमतामा आमूल परिवर्तन आएको देखेरि अत्यन्तै खुसी लागेको प्रशिक्षक नवोदितले बताए । उनले कलेजले विद्यार्थीका लागि उद्घोषण तथा भाषणकला सिक्ने अवसर प्रदान गरेकोमा धन्यवादसमेत दिए । तालिममा उद्घोषणसँगै भाषणकला, व्यक्तित्व विकास, बोल्दा प्रयोग गरिने शब्द चयन, भाषाशैलीलगायतका विषय विद्यार्थीलाई जानकारी गराएको प्रशिक्षक नवोदितको भनाइ थियो । एउटा सफल उद्घोषकले जस्तोसुकै कार्यक्रममा मन्तव्यसमेत दिन सक्ने नवोदितले दाबी गरे ।

समापन समारोहमा रेलिसा अधिकारी, प्रशिका पराजुली, स्मृति सुवेदी, शिवु शर्मा, प्रशान्त भट्टराई, स्वस्तिका तिम्सिना, आनन्दी यादव, ऋषव श्रेष्ठ, टिना श्रेष्ठ, प्रतिशा ताम्राकार, रुख्सा जेवा, पूजा सिंह, ऐश्वर्य आचार्य, जाकिया खातुनलगायतले आफ्नो अनुभव सुनाएका थिए । कलेजले विद्यार्थीमा सबै क्षेत्रको ज्ञान होस् भनेर बेलाबेला खेलकुदसँगै वक्तृत्वकला, हाजिरीजवाफ, कविता, वादविवाद प्रतियोगितालगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको क्याम्पस प्रमुख सापकाटोले बताए । केही दिनअघि कलेजले कोशी प्रदेशस्तरीय पब्जी प्रतियोगिता आयोजना गरेको थियो । यस्तै शनिबार मात्रै कोशी प्रदेशस्तरीय सेफ प्रतियोगितासमेत आयोजना गरेको थियो ।


विराटनगर फागुन २६ गते । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।

विराटनगर सहिद मैदानमा सोमबार भएको सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्बललाई १–० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो ।

लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । बिदेशी खेलाडी एबायोमीले निकालको लामो पासलाई लाक्पाले ७० औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै चर्च ब्वाइजले उपाधिको लागि बुधबारथ्रीस्टारसँगसामना गर्नेछ । थ्रीस्टारले आइतबार विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै उपाधि नजिक पुगेको हो । चर्च ब्वाइजले क्वारटफाइलनमा एनआरटीलाई २–० गोलले हराउँदै सेमिफाइलनमा पुगेको थियो ।

पटक–पटक अवसर पाए पनि विराट गोल्डकपको चौथो संस्करणको बिजेता पुलिसले गोल फर्काउन नसक्दा टोलीको यात्रा सेमिफाइनलमै टुंगियो । २०७२ सालमा भएको विराट गोल्डकपको फाइलनमा झापा ११ लाई १–० गोलले हराउँदै पुलिसले उपाधि जितेको थियो ।

चर्च ब्वाइजले यो सिजनमा भएको २४ औं आहा रारा पोखरा गोल्डकपमा हारको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ ।  ३० माघमा ंपोखरामा भएको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुलिसले चर्च ब्वाइजलाई १–० गोलले पराजित गरेको थियो ।

प्यलेर अफ द म्याच चर्च ब्वाइजका गौरव श्रेष्ठ घोषित भए । उनल नगद ११ हजार पाए ।

विराट गोल्डकपको बिजेताले ११ लाख र उपबिजेले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


विराटनगर फागुन २६ गते  । हिसान कोशीको आयोजना तथा हिसान मोरङको सम्योजकमा विराटनगरमा प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ ।

विराटनगरको वैजनाथ क्रिकेट मैदानमा सोमबार भएको खेलमा विराटनगरको अरनिको कलेज र ग्रिनल्याण्ड कलेज विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा अरनिको कलेजले इनरुवाको स्मल हेभेन एकाडेमीलाई ८३ रनको फराकिलो अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय २५ रनको स्कोर बनाएको थियो । अरनिकोका जितमा महमद आलमले ३५ रन बनाउँदा अमन यादव २६ रनमा अविजित रहे । स्मल हेभेनका समिम मन्सुरीले ३ विकेट लिए ।

१ सय २६ रनको लक्ष्य पछ्याएको स्मल हेभेनले १३ दशमलव ३ बलमा सवै विकेट गुमाई ४२ रनमा सिमित भयो । स्मल हेभेनकालागि दुवे यादवले सर्वाधिक १२ रनको योगदान दिए । अरनिकोका प्लेयर अफ म्याच अमन यादवले ४ विकेट लिए ।

 दोस्रो खेलमा ग्रिनल्याण्ड कलेजले दमकको आस्था कलेजलाई १ विकेटले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको आस्थाले निर्धारित २० ओभरको खेलमा १९ दहमल २ बलमा सवै विकेट गुमाई ९६ रनको स्कोर बनाएको थियो । आस्थाका भुपाल दैगालले सर्वाधिक २६ रनमा अविजित रहे । ग्रिनल्याण्डका का प्लेयर अफ म्याच गौरीशंकर माझीले ४ विकेट लिए ।

९७ रनको लक्ष्य पछ्याएको ग्रिनल्याण्डले १९ दशमलव ३ बलमा १ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । ग्रिनल्याण्डको जितमा सन्दिप शर्माले सर्वाधिक २५ रनको योगदान दिए । आस्थाका सुयोग भट्टराईले ४ विकेट लिए । 

फागुन २८ गतेसम्म प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका गरि ६ टिम सहभागि रहेको हिसान कोशीका अध्यक्ष ज्ञानबहादुर खडकाले बताए । सहभागि ३ जिल्लाबाट हिसान फाइनल खेलेका कलेजले प्रतियोगितामा सहभागि हुन पाउँने छन् । प्रतियोगिताको हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोख।ेल एम्पायर भास्कर अर्याललाई क्रिकेट बल दिएर उद्घाटन गरे ।

 


विराटनगर फागुन २६ गते | विराटनगर वडा नम्बर ९ को बजेटबाट खरिद गरिएको मादक पदार्थ (मापसे) चेकजाँच गर्ने ब्रेथलाइजर मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

विराटनगर महानगरपालिकामा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नारायण चिमरियाको उपस्थितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजन लम्साललाई मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष विश्वनाथप्रसाद भगतले उक्त मेसिन हस्तान्तरण गरेका थिए ।

 मापसे गरेर सवारी साधन चलाएर हुने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ब्रेथलाइजर मेसिनले सहयोगी भूमिका खेल्ने विश्वास लिएको मेयर कोइरालाले बताए । सो मेसिन १ लाख ५० हजारमा खरिद गरी ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको वडाध्यक्ष भगतले जानकारी दिए ।


विराटनगर फागुन २५ गते । थ्रीस्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो ।

जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले खेल सुरु भएको पहिलो एक मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । दिपेश घलेले निकालेको क्रस पासलाई प्रशान्तले चलाखीपूर्ण ढंगले जाली चुमाए ।

दोस्रो गोल खेलको २८ औं मिनेटमा भयो । आशिष चापागाइले निकालेको पासलाई दिपेशले आकर्षक गोलमा परिणत गरि अग्रता दोब्बर बनाए । तेस्रो गोल ८१ औं मिनेट भयो । नविन लामाले गोल गर्दै टिमको जित सुनिश्चत गरे ।

आर्मीको तर्फबाट कप्तान नवयुग श्रेष्ठ र निरज चौधरीले समान १ –१ गोल फर्काए । नवयुगले खेलको ८३ आँै मिनेटमा गोल गरे । दोस्रो गोल पेलान्टी सुटआउट बाट आर्मीका निरज चौधरीले गरे । आर्मीका निसान्त राईलाई दोस्रो हाफको अतिरिक्त समयमा डिबक्स भित्र थ्रीस्टारका खेलाडीले फल खेलेपछि रेफ्री श्याम दनुवारले पेनाल्टी दिएका थिए ।

जितसँगै उपाधिको लागि थ्रीस्टारले सोमबार हुने अन्तिम सेमिफाइनल खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइजको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो हाफमा २–० गोलले पछि परेपछि आर्मी दबावमा पर्यो । पहिलो हाफमा आर्मीको लागि निकै संघर्षपूर्ण बन्यो । खेल बराबरीमा ल्याउन निकै संघर्ष ग¥यो । तर सफल हुन सकेन । दोस्रोे हाफपछि आक्रमक खेल पस्किएपनि आर्मीले पाएको अवसर खेर फाल्दा सेमिफाइलनबाट घर फर्किन बाध्य भयो । केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन । खेल अवधिभरीमा आर्मी एक दर्जन प्रहार विफल भएको थियो । आर्मीको कप्तान नवयुग श्रेष्ठको आधा दर्जन प्रहारमा थ्रीस्टारका डिफेन्डर र गोलकिपर बाधक बनेका थिए ।

आर्मीका फत्तेमान घलेले २२ औं मिनेटमा गरेको प्रहार बारमाथिबाट बाहिरियो । २८ मिनेटमा आर्मीका कप्तान नवयुक श्रेष्ठले गरेको कडा प्रहार थ्रीस्टारका गोल रक्षक बिवेक मगर बाधक बने । कप्तान श्रेष्ठले गरेको बारम्बारको कडा प्रहार थ्रीस्टारका गोल किपर मगरले बिफल पारिदिए । ५६ औं मिनेटमा आर्मीका निरज चौधरीले निकालेको क्रस पासलाई नवयुगले  किलियर गर्न नसक्दा गोल हुन सकेन् । निरज चौधरीले ७० औ मिनेटमा डिबक्स भित्रबाट नवयुगलाई निकालिएको बललाई किलियर गर्न सकेनन् ।

त्यसपछि आर्मीले कुनै अवसर सिर्जना गर्न नसक्दा उपाधि होडबाट बाहिरियो । प्रतियोगिताको प्लेयर अफ द म्याच थ्रीस्टारका प्रशान्त लाक्सान लिम्बु घोषित भए । उनले नगद ११ हजार पाए ।

२०७४ सालमा पनि थ्री स्टारले विराट गोल्डकपको फाइलनमा आर्मीलाई ३–०गोलले हराउँदैउपाधि उचालेको थियो ।

 


विराटनगर फागुन २५ गते । नारी दिवसको अवसर पारेर आयोजना गरिएको ‘ गल्स अन ह्विल’ प्रतियोगिताको प्रतीक्षा अधिकारी र सावित्री ढकाल विजेता घोषित भएकी छिन् ।

विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा विराटनगरको सिटी प्यालेशमा शनिबार राती सम्पन्न भएको  गल्स अन ह्विलको फस्ट रनअप नम्रता शर्मा र सुजता शर्मा तथा सेकेण्ड रनरअप रिंकी धनावत र स्वेता तोदी घोषित भएकी छिन् । प्रतियोगिताको विजेता हुनेले नगद ६० हजारलगायतका विभिन्न गिफट ह्याम्पर प्राप्त गरेका थिए भने प्रतियोगिताको फस्ट रनअप र सेकेण्ड रनअपले क्रमश ४० हजार र २५ हजार नगदसहित गिफ्ट ह्याम्पर पाएक थिए ।

प्रतियोगितामा एक स्कुटरमा दुई जनाको दरमा ६० वटा स्कुटरको सहभागि रहेको विराटनगर प्राइम राउन्ट टेबलका अध्यक्ष भास्कर सोनीले जानकारी दिए । प्रतियोगितामा सहभागिले १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तिरेका थिए ।

प्रतियोगितामा भाग लिने प्रतियोगिहरुको लागि विराटनगरको १० वटा स्थान तोकिएको थियो । उक्त स्थानमा प्रतियोगिहरु पुगेपछि त्यहाँ संकेतका आधारमा आवश्यक टास्क दिएको थियो । हरेक केन्द्रका लागि अलग अलग संकेत र टास्कहरु रहेको थियो । यसरी पूरा गरिएका टास्कका आधारमा सहभागि प्रतियोगिहरुले नम्बर प्राप्त गरेका थिए । सोही नम्बरकै आधारमा प्रतियोगिहरुबाट बिजेता घोषित गरिएको थियो । विजेता हुने प्रतियोगिहरुलाई नोवेल क्यान्सर अस्पतालकी डा. बन्दना पौडेल, संस्थाका अध्यक्ष भास्कर सोनी पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा मनोञ्जनत्मक कार्यक्रहरु रहेको थियो । कार्यक्रममा स्त्री ब्याण्डले सास्कृतीक कार्यक्रम र न्यूक्लिियर डान्स ग्रुपले मनोर१जन प्रदान गरेको थियो । 


विराटनगर फागुन २४ गते । चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाइजले एनआरटीलाई २–० गोलको जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो । यो खेलसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ ।

यसअघि नेपाल पुलिस, थ्रीस्टार र विभागीय टिम त्रिभूवन आर्मी सेमिफाइनलमा पुगिसकेका छन् ।

चर्च ब्वाइजको जितसँगै अब फाइनल प्रवेशको लागि सोमबार नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।

चर्च ब्वाइजको जितको लागि विदेशी खेलाडी रिचर्ड र  आकाश राईले गोल गरेका थिए । खेलको ३५ औं मिनेटमा चर्च ब्वाइजले अग्रता लिएको थियो । लाक्पा पाख्रिनको पासमा रिचर्डले चलाखीपूर्ण ढंगले पोस्टको दिशा दिएका थिए । चर्च ब्वाइजका लागि दोस्रो गोल ६४ औं मिनेटमा सब्स्टिच्युट आकाशले गरे । दोस्रो हाफपछि चन्दन दासको ठाउँमा आकाश मैदान प्रवेश गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा एनआरटीको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै पहिलोे हाफमा १–० गोलले पछि पर्यो । पहिलो हाफमा एक गोलले पछि परेपछि दोस्रो हाफमा एनआरटी आक्रमक भएर मैदान प्रवेश गर्यो । दोस्रो हाफमा एनआरटीले पाएका केही अवसरलाई चर्च ब्वाइजका रक्षापंक्तिका खेलाडीले विफल तुल्याइदिए । चर्च ब्वाइजको बलियो रक्षापंक्ति तोड्न नसक्दा एनआरटी पहिलो खेलबाटै घर फर्किन बाध्य भयो । एनआरटीले पाएको गोल गर्ने सुन्दर अवसर गोलमा परिणत गर्न नसक्दा बराबारीमा ल्याउने अवर पनि खेर गयो ।

एनआरटीले पहिलो हाफमा बनाएको केही अवसर गुमाएको थियो । खेलको १४ औँ मिनेटमा डिबक्स भित्रबाट एनआरटीका राजिव लोप्चनले गरेको कडा प्रहार चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्र सिंह थापाले उत्कृष्ट बचाए । २४ औं मिनेटमा एनआरटीका विदेशी खेलाडी अर्मनले गरेको प्रहार चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्र बाधक बनिदिए । ३३ औ मिनेटमा फोदेले वान भर्सेस वानको सुन्दर गोल गर्ने अवसर खेर फाले । उनको प्रहार बार माथिबाट बाहिरियो  ।  

४० औ मिनेटमा चर्च ब्वाइजका विदेशी खेलाडी आबयोमि डिबक्स भित्रबाट गरेको कडा प्रहार पोसमाथिबाट बाहिरियो ।

एनआरटी फिनिसिङमा चुकेको थियो । यही कारणले टोली पहिलो खेलबाट बाहिरन बाध्य भयो ।

चर्च ब्वाइजले एक महिना अगाडी धरानमा सम्पन्न भएको २५ औं संस्करणको बुढासुब्बा गोल्डकपको फाइनलमा हारेको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ । २७ माघमा सम्पन्न बुढासुब्बा गोल्डकपको फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि उचालेको थियो ।

एनआरटी र चर्च ब्वाइज युनाइटेडको यो सिजनको मोफसलमा भएको फुटबल प्रतियोगितामा चौथो पटकको भेट हो । जसमध्ये दुई एनआरटी र दुई चर्च ब्वाइजले जितेको छ । पछिल्लो भेट उनीहरुको २५ औं संस्करणको बुढासुब्बा गोल्डकपको फाइलनमा भएको थियो ।

प्रतियोगिताको प्लेयर अफ द म्याच चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्रसिंह थापा घोषित भए । उनले नगद ११ हजार पाए ।

आइतबारको पहिलो सेमिफाइनल खेल विभागीय टिम त्रिभूवन आर्मी र थ्रीस्टार बिच हुनेछ ।


मोरङ, फागुन २४ गते । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस, २०८१ को अवसरमा कोशी प्रदेश अन्तर्गत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत ९९ जना महिला प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ । नेपाल प्रहरीमा कार्यरत महिला प्रहरी कर्मचारीहरुको मनोवल तथा उत्प्रेरणा अभिबृद्धि गर्ने एवम कार्य सम्पादनलाई पुरस्कार प्रणालीमा आवद्ध गर्ने अभियान अन्तर्गत वहाँहरुलाई पुरस्कृत गरिएको हो । 


कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा कोशी प्रदेश अन्तर्गत रहेका प्रहरी कार्यालयहरुमा कार्यरत रही महिला बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्द्र, अपराध अनुसन्धान, प्रहरी कार्य, प्रशासन लगायत बिभिन्न शाखामा रहेर बिभागीय नीति निर्देशनको पालना गरी आफ्नो पदिय दायित्वलाई उत्कृष्ट तवरले निर्वाह गर्ने महिला प्रहरी निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी वरिष्ठ हवल्दार २ जना, प्रहरी हवल्दार १५ जना, प्रहरी सहायक हवल्दार २० जना, प्रहरी जवान ५७ जना र प्रहरी कार्यालय सहयोगी १ जना सहित जम्मा ९९ जना महिला प्रहरी कर्मचारीहरु  पुरस्कृत  भएका छन ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पुरस्कृत हुने महिला प्रहरी कर्मचारीहरुलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले न्यून संख्यामा प्रहरी संगठनमा कार्यरत रहेका महिला प्रहरी कर्मचारीको मनोवल सदैव उच्च राख्ने र कर्तव्य प्रति वफादार बनाई राख्न यस्ता किसिमका उत्प्रेरणा अभिबृद्धि योजनाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु हुँदै पुरस्कृत हुनुभएका महिला कर्मचारीहरुलाई थप हौसला र उर्जाका साथ पदिय जिम्मेबारी निर्वाह गर्न  निर्देशन समेत दिनु भयो ।

 नेपाल प्रहरीले सम्पादन गर्ने बिभिन्न कार्यहरुमा महिला प्रहरी कर्मचारीहरुको अनिवार्य उपस्थिति कानुनद्वारा नै निर्दिष्ट गरिएको छ । कोशी प्रदेश प्रहरी प्रमुख अधिकारीको विशेष सकृयतामा यस बर्ष कोशी प्रदेशमा नमूनाको रुपमा महिला प्रहरी कर्मचारीहरु पुरस्कृत भएका हुन । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस यस बर्ष “सवै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तीकरण” भन्ने नाराका साथ बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।



विराटनगर फागुन २४ गते | विराटनगर महानगरपालिका १ नम्बर वडा कार्यालयको नवनिर्मित नयाँ भवनको उद्घाटन गरिएको छ ।

साबिकमा वडा कार्यालय रहेकै स्थानको पश्चिमतर्फ नयाँ भवन निर्माण गरिएको हो । वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, ८ का राम पोखरेल, १९ का श्याम घिमिरे, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलसहित कार्यपालिका र वडा सदस्यहरुको उपस्थितिमा नवनिर्मित भवनको महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । यसअघि भवन निर्माण गरिएको सो ठाउँमा दमकलहरु राख्ने वारुणयन्त्र भवन थियो । जुन निकै जीर्ण भइसकेको थियो । उक्त भवनलाई भत्काएर सोही ठाउँमा वडा कार्यालयका लागि सुविधासम्पन्न आधुनिक वडा कार्यालय भवन निर्माण गरिएको हो ।

विराटनगर महानगरपालिकाको २ करोड २ लाख ३६ हजार ९ सय ४५ रुपैयाँमा नयाँ भवनको निर्माण कार्य गरिएको हो । नवनिर्मित ३ तल्ले भवन २ हजार १ सय १३ स्क्वायर फिटको छ । काठमाडौंको निर्माण व्यवसायी कम्पनी विराट कालीमाई कन्स्ट्रक्सन प्रालिले भवन निर्माणको ठेक्का पाएको थियो । नवनिर्मित भवनको भुइँतल्लामा १२ कोठासहित २ वटा सटरहरु छन् । यस्तै माथिल्लो २ तल्लामध्ये पहिलोमा १२ कोठा र सबभन्दा माथिल्लो तल्लामा मिटिङ हल, स्टोरलगायत राखिएको छ । नवनिर्मित अपाङ्गतामैत्री भवनमा लिफ्टसमेत राखिएको छ ।

महानगरका भवन पनि समयअनुकूल बनाउनु उपयुक्त देखेर अपाङ्गमैत्रीसहित लिफ्ट पनि राखिएको मेयर कोइरालाले बताउनुभयो । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई समेत दोस्रो र तेस्रो तलामा पुगेर सेवा लिन सहज हुने उहाँको भनाइ छ । महानगरले सबै वडा कार्यालयलाई अपाङ्मैत्री भवन बनाउँदै लगेको मेयर कोइरालाले बताउनुभयो । महानगरअन्तर्गतको कार्यालय भवनमा भने यसअघि लिफ्टको सुविधा थिएन । निर्माणाधीन महानगरको प्रशासनिक भवनमा भने लिफ्ट, अन्डरग्राउण्ड पार्किङलगायतका सुविधा छन् ।

यसअघि व्यवस्थित र फराकिलो भवन नभएका कारण सेवा प्रवाहमा समस्या झेल्दै आए पनि नयाँ भवन बनेपछि सेवा दिन सहज हुने विराटनगर–१ का वडाध्यक्ष काजीबहादुर बस्नेतले बताउनुभयो ।

सो भवन निर्माणका निम्ति २०८०भदौ ६गते ठेक्का सम्झौताभएको थियो । ठेक्का सम्झौताअनुसार २०८१चैत ३०भित्र निर्माण सम्पन्नगर्नुपर्ने थियो । यद्यपि निर्माण कम्पनीले निर्माण अवधिको दुई महिना अगावै भवन निर्माण गरी महानगरलाई हस्तान्तरण गरेको महानगरका भौतिक पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिनुभयो । सम्पूर्ण निर्माणको काम माघ १ गते नै सम्पन्न गरिएको थियो । 

थापाका अनुसार अन्य ६ वटा वडाका भवन पनि ठेक्का लागिसकेको छ । पुराना भवन साँघुरो र जीर्ण भएकाले महानगरले सुविधा सम्पन्न नयाँ भवन निर्माणलाई प्राथमिकतामा राखेको छ । यसअघि धेरै वडा कार्यालयहरु भाडाका घरबाट समेत सञ्चालन हुँदै आएका थिए । मेयर कोइराला निर्वाचित भएर आएपछि महानगरलाई आर्थिक बोझ कम गराउने उद्देश्यले भाडामा रहेका सबै महाशाखा, शाखालाई प्रशासनिक भवनमै सार्नुभएको थियो ।

१ नम्बर वडा भवन निर्माण गरिएको स्थानमा महानगरको १ कट्ठा ६ धुर जग्गा रहेको वडा सचिव सुमन दाहालले जानकारी दिनुभयो । भवन निर्माण गरिएको पूर्वतर्फ पार्किङको व्यवस्था मिलाइएको छ ।


विराटनगर फागुन २३ गते । थ्रीस्टार क्लब विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रंगशालामा शुक्रबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र एफसीलाई २–१ गोलले निराश बनाउँदै थ्रीस्टार क्लब सेमिफाइनल पुगेको हो । जितसँगै थ्रीस्टारले आइतबार पहिलो सेमिफाइनल खेल विभागीय टिम त्रिभूवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।

जितका लागि पुर्व बिजेता टिम समेत रहेको थ्रीस्टारका आशिष चापागाइ र दिपेश घलेले समान एक–एक गोल गरे ।

खेल सुरु भएको १५ औ मिनेटमा थ्रीस्टारका आशिष चापागाइले गोल गरेर टिमलाई अग्रता दिलाए । एन्जल महर्जनले निकालेको क्रस पासलाई आशिषले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुमाए । अग्रता लिएको १० मिनेट बित्न नपाउँदै २५ आँै मिनेटमा दिपेश घलेले व्यक्तिगत दोस्रो गोल गरेर टिमको जित सुनिश्चित गरे ।

मछिन्द्रका क्याप्टेन देवेन्द्र तामाङ्गले खेलको अन्त्य तिर ८९ औं मिनेटमा सान्तवना गोल फर्काए । उनले डिबक्स भित्र हेडिङ्गमार्फत आकर्षक गोल गरेका थिए । थ्रीस्टारका दिपेश घले म्यान अफ द म्याच घोषित    भए । उनले नगद ११ हजार पाए ।

पहिलो हाफमा दुई गोलले पछि परेपछि मछिन्द्र दबावमा परेको थियो । दोस्रो हाफपछि आक्रमक रुपमा मैदान प्रवेश गरेपनि बराबारीमा ल्याउन निकै संघर्ष ग¥यो । तर सफल हुन सकेन ।

थ्रीस्टारले बुधबार दोस्रो मुख्यमन्त्री कपिलबस्तु तिलौराकोट गोल्कडप फुटबल प्रतियोगिताको फाइनलमा हारेको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ । कपिलबस्तु गोल्डकपको फाइनलमा थ्रीस्टारलाई मछिन्द्रले १–० गोलले पराजित गरेको थियो ।

दास्रो हाफपछि मछिन्द्रले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन । खेलको ५५ औ मछिन्द्रका देवेन्द्र तामाङ्गले डिबक्स बाहिरबाट गरेको कडा प्रहार थ्रीस्टारका गोल किपर विवेक मगरले बिफल पारिदिए । त्यसलगतै थ्रीस्टारका विदेशी खेलाडी एन्ड्रिसले कडा प्रहार बाहिरयो । ८० औ सिमनेटमा थ्रीस्टारका युसुफले करिब २५ यार्डदेखि गरेको सशत्त प्रहार पोसमाथिबाट गयो । यसरी थ्रीस्टारका खेलाडीले बारम्बार पाएको गोल गर्ने अवसर खेर फाल्दा प्रतियोगिताको पहिलो खेलबाटै बाहिर बाध्य भयो ।

मछिन्द्र गत वर्षको बिजेता टिम हो । आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि उचालेको थियो ।

थ्रीस्टार फुटबल क्लबले पाँचौ संसकरणको विराट गोल्डकपको उपाधि जितेको थियो । फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–०गोलले स्तब्ध बनाउदै थ्रीस्टारले उपाधि चुमेको  थियो ।

शनिबारको अन्तिम क्वाटरफाइनल खेल चर्च व्वाईज युनाईट र एनआरटीबीच हुनेछ ।

 शनिबार महिलालाई निःशुल्क प्रवेश

१५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शनिबार विराट गोल्डकप हेर्न आउने महिलाहरुको लागि आयोजकले निःशुल्क टिकट राखेको छ । नारीलाई सम्मान गर्ने उद्देश्यले आयोजकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर गोल्डकप हेर्न आउने  महिलाहरुको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाएको विराट गोल्डकपको संयोजक नविन रिजालले जानकारी दिए । शनिबारको अन्तिम क्वाटरफाइनल खेल चर्च व्वाईज युनाईट र एनआरटीबीच हुनेछ ।

 

 


विराटनगर फागुन २३ गते | नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनबाट अजम्वर राई अध्यक्षमा निर्वाचित भएका छन् ।

मोरङको पदाधिकारीमा नेता राइको टिमका सवै उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा उम्मेदवार राईले ४४६ मत ल्याए भने उनका निकटतम् प्रतिद्धन्द्धी संस्थापन समूह समर्थित राजकुमार ओझाले ४०७ मत ल्याए । राईले ओझालाई ३९ मतान्तरले पराजित गरेका हुन्  । अध्यक्षका दुवै उम्मेदवार सुन्दरहरैचाका हुन् ।

उपाध्यक्षमा सागर थापा निर्वाचित भएका छ्न । उनले ४२२ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी शान्ति लिम्वुले ३९१ मत ल्याइन । लिम्वु निवर्तमान संगठन कमिटी उपाध्यक्ष हुन्  ।

सचिवमा सोमराज थापा निर्वाचित भए । उनले ४६२ मत ल्याए। उनका निकटतम प्रतिद्धन्द्धी रविन थापाले ३६८ मत ल्याए । सोउपसचिवमा उषा झा निर्वाचित भाइन। झाले ४१८ मत ल्याइन भने उनकी निकटतम प्रतिद्धन्द्धी शिल्पा निराला कार्कीले ४०५ मत ल्याइन । झा जिसस उपप्रमुख र कार्की विराटनगर महानगर उपप्रमुख हुन्  ।

जिल्ला सदस्यहरुको भने मतगणना जारी छ । १६५ सदस्य कार्यसमितिका लागि भएको निर्वाचनमा यसअघि ७१ जना निर्विरोध निर्वाचित भएका थिए ।

फागुन १७ देखि शुरु देखि अधिवेशनमा ९११ प्रतिनिधि मध्ये ८८८ जनाले मतदान गरेका थिए ।


विराटनगर फागुन २३ गते । विभागीय टिम नेपाल पुलिस क्लब विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रंगशालामा बिहीबार भएको दोस्रो क्वाटरफाइनल खेलमा पुर्व विजेता टिम सशस्त्र प्रहरी बल (एपीएफ) लाई २–० गोलले पराजित गर्दै नेपाल पुलिस सेमिफाइनलमा पुगेको हो ।

जितको लागि पुलिसको तर्फबाट अरुण गाहा र मनिष सेढाइँले समान १–१ गोल गरे । बाँया बार च्यापेर पुलिसका उज्वल राईले ६६ औं मिनेटमा निकालिदिएको क्रस पासलाई अरुणले हेडिङ्गमार्फत आकर्षक गोलमा परिणत गरी टिमलाई अग्रता दिलाए । पहिलो गोल गरेर अग्रता लिएको २१ मिनेट बित्न नपाउँदै पुलिसका मनिष सेढाइँले व्यक्तिगत ८७ औ मिनेटमा गोल गरि टिमको जित सुनिश्ति गरे ।

निक्कै रोमान्चक खेलको पहिलो हाफसम्म दुवै टिमले गोल गर्ने थुप्रै अवसर खेर फाले । दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबारी खेले ।

दोस्रो हाफपछि पुलिसले आक्रमक खेल पस्कियो । एपीएफको डिफेन्डर र रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै नेपाल पुलिसले सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ ।

एपीएफका बुद्धीमान राईले खेलको १५ औं  मिनेटमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले । दिपेश धिमालले निकालेको पासलाई बुद्धिमानले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरयो । खेलको २० औं ं मिनेटमा एपीएफका कप्तान हरी कार्कीको डिबक्स नजिक देखिको प्रहार बाहिरदा पहिलो हाफमा गोल गर्ने अवसर खेर गयो । खेलको ३८ औं मिनेटमा एपीएफका एलिक श्रेष्ठले ३० यार्डदेखि गरेको प्रहार पुलिसका गोलरक्षक अमित तामाङ पंन्ज गरी उत्कृष्ट बचाउ गरिदिए ।

दोस्रो हाफपछि एपीएफले २–० गोलले पछि परेपछि आक्रमक देखियो । तर, एपीएफका खेलाडीले बारम्बार गोल गर्ने अवसर चुकाउँदा विराट गोल्डकपको उपाधि जित्ने सपना चकनाचुर भयो । खेलको अन्त्यतिर बारम्बार पोस्ट आक्रमणको रणनीति बुनेको एपीएफका खेलाडीले गोल गर्नका लागि पाएका केही अवसरको सदुपयोग गर्न सकेन । 

खेलेको ७० औं मिनेटमा एन्जल श्रेष्ठले गरेको प्रहार बाहिरिदा सान्तवना गोल फर्काउनबाट चुक्यो । ७५ औं मिनेटमा विश्वास उदासले वान भर्सेस वानको स्थितिमा गरेको प्रहारमा पोसमाथिबाट बाहिरयो । केही राम्रा अवसरले पोस्टको बाटो तय गर्न नसक्नु एपीएफका लागि दुर्भाग्यपूर्ण बन्यो ।

प्रतियोगताको प्लेर अफ द म्याच पुलिसका मनिष सेढाई घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।

एपीएफले दिल्लीको सुदेवा फुटबल क्लबलाई ५–३ गोलले हराउँदै क्वाटरफाइनलमा पुगेको थियो । एपीएफ विराट गोल्डकपको साविक विजेता टिम पनि हो । छैठौं संस्करणको विराट गोल्डकपको उपाधि एपीएफले जितेको थियो । 

त्यसबेला फाइनलमा पाहुना टोली भारतको पंजाव पुलिसलाई १– ० ले हराउँदै एपीएफले उपाधि जितेको थियो । पुलिसल तेस्रो संस्करणका बिजेता टिम हो । त्यसबेला झापा ११ लाई १–० गोलले फाइनलमा पराजित गरेर उपाधि जितेको थियो ।

शुक्रबार तेस्रो क्वाटरफाइनल खेल थ्रि स्टार र मछिन्द्र फुटबल क्लब बिच हुनेछ ।


 विराटनगर फागुन २२ गते । प्रधानमन्त्री कप क्रिकेट २०८१ को छनोट प्रतियोगिता सबै खेलमाविजयी हुँदै सुनसरी शीर्ष स्थानमाउक्लिएको छ । कोशी प्रादेशिक क्रिकेट संघको आयोजनामा भएको बिहीबारको अन्तिम खेलमा पनि जीत निकाल्दै आठ अङ्कका साथ सुनसरी शीर्ष स्थानमा उक्लिएको हो । 

बैजनाथपुरको क्रिकेट मैदानमा भएको अन्तिम खेलमा सुनसरीले उदयपुरलाई पाँच विकेटले पराजित गरेको छ । टस जितेर पहिला व्याटिङ गरेको उदयपुरले निर्धारित ५० ओभरमा २४ दशमलव ४ बलको क्षतिमा सबै विकेट गुमाउँदै ५० रन बनाएको थियो । उदयपुरका लागि शुशान्त तिमल्सिनाले सर्वाधिक १७ रन बनाए । उदयपुरका लागि दिपकराज जोशीले सर्वाधिक तीन विकेट लिए । 

जीतका लागि ५१ रनको लक्ष्य पाएको सुनसरीले ९ दशमलव १ बलमा पाँच विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । सुनसरीका लागि सोनु मण्डलले सर्वाधिक १३ रनको योगदान दिए । सुनसरीका प्लेयर अफ द म्याच प्रकाश कार्कीले सर्वाधिक चार विकेट लिए । 

यसैगरी मेरिवोन ज्वाला क्रिकेट मैदानमा बिहीबार नै भएको दोस्रो खेलमा मोरङले झापालाई ९ विकेटले पराजित गरेको छ । मोरङले चार मध्ये तीन खेलमा जित निकाल्दै ६ अङ्क जोड्दै दोस्रो भयो । झापाले चार मध्ये दुई खेलमा जित निकाल्दै चार अङ्क जोड्दै तेस्रो स्थानओगट्न सफलभयो । 

टस जितेर पहिला ब्याटिङ गरेको झापाले निर्धारित ५० ओभरमा ४३ दशमलव १ बलको क्षतिमा सबै विकेट गुमाउँदै एक सय १४ रन बनाउन सक्यो । झापाका भुपाल दंगालले सर्वाधिक ३९ रनको योगदान दिए । मोरङका श्रवण किस्कुले तीन विकेट लिँदा अमर यादवले पनि तीन विकेट लिए । 

जीतका लागि एक सय १५ रनको चुनौती पाएको मोरङले २९ दशमलव १ बलमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । मोरङका प्लेयर अफ द म्याच सकिब हकले अविजित ५२ रन बनाउँदा मिनस थापाले अविजित ४७ रनको योगदान दिए । झापाका विपिनकुमार महतोले एक विकेट लिए ।

लिगको आधारमा खेलाइएको खेलमा मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरसहित पाँच टिमको सहभागिता थियो । छनोट खेलमा अङ्कका आधारमा क्रमशः शीर्ष स्थानमा रहने तीन टीमबीच आगामी चैत पहिलो हप्ता इलाइट कप खेलाइने कोशी क्रिकेट संघका अध्यक्ष सर्वजीत राज पाण्डेले जानकारी दिए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.