Websoft University

प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन विराटनगरमा उद्घाटन


बिराटनगर चैत १० गते । प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन हिजो विराटनगरमा उद्घाटन भएको छ। महाधिवेशनको उद्घाटन नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले लोकतान्त्रिक प्रेसको महत्वबारे प्रकाश पार्दै सर्वसम्मत ढंगले निर्वाचन सम्पन्न गर्न आग्रह गरेका छन् ।

महाधिवेशनमा देशभरका झन्डै ९०० पत्रकार प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नयाँ नेतृत्व चयनका लागि छलफलहरू जारी रहँदा सहमतिको प्रयास भइरहेकाले सर्वसम्मत नेतृत्व चयन हुने बताइएको छ।

कार्यक्रममा पत्रकारिताका विविध आयाम, प्रेस स्वतन्त्रताको वर्तमान अवस्था तथा पत्रकार सुरक्षाका विषयमा समेत छलफल भएको थियो। सहभागी वक्ताहरूले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि प्रेस चौतारी नेपालले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए। सो कार्यक्रम प्रेस चौतारी नेपालका वर्तमान अध्यक्ष गणेश बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो।

महाधिवेशनको समापन सत्रमा निर्वाचित नयाँ कार्यसमितिले आगामी कार्यदिशा तय गर्नेछन्। प्रेस चौतारी नेपाल लामो समयदेखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिँदै आएको संगठन हो, जसले पत्रकारहरूको हकहितको लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको अध्यक्ष बस्नेतले बताएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.