बिराटनर चैत १३ गते | आज बिराटनगरमा अशक्त अपाङ्गता भएका व्यक्तिहरूले गरे पत्रकार सम्मेलन । उनिहरू भने ? हामी तपसिलका निवेदकहरू अति अशक्त अपाङ्गता भएका व्यक्ति हौँ। हामी नेपाली नागरिक हौँ। हाम्रो अति गरिब परिवार जन्म भएको छ। हाम्रो घरमा केही गरि खाने बाटो नभएर धेरै समय भोकभोकै हिड्नुपर्ने अवस्थामा राज्यले पनि हाम्रो लागि कुनै व्यवस्था गरेको छैन।
हामीले महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, सामाजिक विकास मन्त्रालय, भन्सार कार्यालय लगायत विभिन्न सरकारी कार्यालयहरूमा कामको लागि पत्र पत्रक गर्यौँ तर सधैंझैँ भुला। हाम्रो लागि सरकारले कुनै व्यवस्था गर्न सकेको छैन।
तर हामी हौंला हो १ यसै सन्दर्भमा विगत १२ वर्षदेखि मोरङ जिल्ला विराटनगर स्थित भन्सार नाकामा खाद्य सामाग्रीहरू ओसारपसार गरी दैनिक रु। ५०० अर्जन गरी पेट पाल्दै आएका थियौँ। तर पटक(पटक केही विरानगर महानगरपालिकाले कहिले, विराटनगरका प्रशासन तथा भन्सार कार्यालयले हामीलाई दुख दिने, समान खोसिदिने, कहिले सामान ल्याउन रोक लगाउने गरेको छ।
हामीले धेरै अवसरहरू खोज्यौँ तर हाम्रो लागि केही पनि उपयुक्त काम भेटिएन, कहिले पनि काम दिनेन्, काम गर्न सक्दैन भन्ने त्यसकारण हामीहरूले जीवनको नाकामा समान ओसार पसारको अवैधानिक काम गर्न मन परेको छैन। यस कामको अलावा हामीहरू अशक्त अपाङ्गता भएका व्यक्ति भएकाले कुनै पनि काम खोजी नेपालले केही व्यवस्था गरी दैनिक बालबच्चा पेट पाल्ने वातावरण मिलाइदिनु हुनका लागि अनुरोध गर्दछौँ।
यदि सरकारले हामीलाई काम गराउने वातावरण मिलाइदिएन भने हामी यस कार्यालयमा हाम्रो परिवार ल्याएर जानकारी गराइने जानकारी गराउन चाहन्छौँ।
हाम्रो मागहरू
अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारले रोजगारी दिनु पर्ने कानुनी व्यवस्था भएको हुँदा रोजगारको व्यवस्था गरियोस्।
Post a Comment