विराटनगर फागुन २३ गते | नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनबाट अजम्वर राई अध्यक्षमा निर्वाचित भएका छन् ।
मोरङको पदाधिकारीमा नेता राइको टिमका सवै उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा उम्मेदवार राईले ४४६ मत ल्याए भने उनका निकटतम् प्रतिद्धन्द्धी संस्थापन समूह समर्थित राजकुमार ओझाले ४०७ मत ल्याए । राईले ओझालाई ३९ मतान्तरले पराजित गरेका हुन् । अध्यक्षका दुवै उम्मेदवार सुन्दरहरैचाका हुन् ।
उपाध्यक्षमा सागर थापा निर्वाचित भएका छ्न । उनले ४२२ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी शान्ति लिम्वुले ३९१ मत ल्याइन । लिम्वु निवर्तमान संगठन कमिटी उपाध्यक्ष हुन् ।
सचिवमा सोमराज थापा निर्वाचित भए । उनले ४६२ मत ल्याए। उनका निकटतम प्रतिद्धन्द्धी रविन थापाले ३६८ मत ल्याए । सोउपसचिवमा उषा झा निर्वाचित भाइन। झाले ४१८ मत ल्याइन भने उनकी निकटतम प्रतिद्धन्द्धी शिल्पा निराला कार्कीले ४०५ मत ल्याइन । झा जिसस उपप्रमुख र कार्की विराटनगर महानगर उपप्रमुख हुन् ।
जिल्ला सदस्यहरुको भने मतगणना जारी छ । १६५ सदस्य कार्यसमितिका लागि भएको निर्वाचनमा यसअघि ७१ जना निर्विरोध निर्वाचित भएका थिए ।
फागुन १७ देखि शुरु देखि अधिवेशनमा ९११ प्रतिनिधि मध्ये ८८८ जनाले मतदान गरेका थिए ।
Post a Comment