Websoft University
April 2025


विराटनगर, बैशाख १० गते । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर बीच समझदारी(पत्रमा हस्ताक्षर भएको छ ।  कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा बैशाख १० गते कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

प्रहरी सेवालाई सम्मान गर्न बहालवाला नेपाल प्रहरी कर्मचारीहरूका सन्ततिहरूलाई निःशुल्क शिक्षा प्रदान गरी शैक्षिक विकासमा सहकार्य गर्नेरगराउने उदेश्यले प्याव्सन कोशी प्रदेशका अध्यक्ष सुमित थापा ९प्रथम पक्ष० र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फवाट कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारी ९दोश्रो पक्ष० बीच सम्झौताका शर्तहरु पालना एवं कार्यान्वयन गर्ने सहमती भई दुवै पक्षबाट सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।  

कार्यक्रममा प्रहरी कर्मचारीहरुलाई थप सेवा प्रदान गर्ने उदेश्यले ब्यवस्थित तवरले चलिरहेका विद्यालयहरु संग समन्वय र सहकार्य गरी समसामयिक बिषयमा अन्तरकृया तथा छलफल समेत गरिएको थियो ।

 कार्यक्रममा बोल्नुहुदै प्रदेश प्रहरी प्रमुख अधिकारीले प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाई प्रहरी पेशालाई सम्मानका साथ अगाडी बढाउदै लैजान समाजका बिभिन्न संघ सस्थाहरु संग समन्वय र सहकार्य गरीदै आईएको बताउनुभयो  । साथै आफ्नो घर परिवार नभनि अहोरात्र खटिने व्यवसायीक प्रहरीको मनोवल उच्च बनाउने कार्यमा हौसला प्रदान गरेकोमा प्याब्सनका सम्पुर्ण पदाधिकारीहरुलाई हृदय देखि आभार व्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी बरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, सिनीयर प्रहरी अधिकृत तथा प्याव्सन कोशी प्रदेशका अध्यक्ष सुमित थापा केन्द्रिय उपाध्यक्ष टिकाराम ढकाल लगायत प्याव्सन कोशी प्रदेशका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।



विराटनगर बैशाख ९ गते । गैरसरकारी संस्था महासंघ मोरङको आयोजनामा आइतबारदेखि प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजित दुईदिने तालिम सम्पन्न भएको हो ।

सरकारी कार्यालयहरुमा पेश गरिने प्रस्ताव र प्रतिवेदनबारे प्रशिक्षार्थीहरुलाई जानकारी गराइएको आयोजक गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले जानकारी दिइन् । विभिन्न सरकारी कार्यालयहरुसँग मिलेर कार्यक्रम सञ्चालन गर्दा प्रस्ताव र प्रतिवेदन लेख्न नआउँदा संस्थाका पदाधिकारीहरुले धेरै नै दुःख पाउने गरेको उनको भनाइ थियो ।

 तालिमपछि अब प्रस्तावकै कारण समस्या नआउने शर्माले बताइन् । महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेको तालिमको समापन  मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गरेका थिए । समापन समारोहमा प्रजिअ यादवसहित महानगरका मेयरका प्रेस सल्लाहकार मीनकुमार नवोदित, आयोजक संस्थाकी अध्यक्ष विष्णु शर्मालगायतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

विराटनगर महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतम र गैससकी उपाध्यक्ष सरिता लामिछानेले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । तालिममा मोरङमा सञ्चालित विभिन्न गैसरकारी संस्थामा आबद्ध ७० जनाको सहभागिता रहेको गैससकी सहसचिव वाग्मती कट्टेलले जानकारी दिइन् । यसैबीच, गैसस मोरङकै आयोजनामा अर्धवार्षिक समीक्षा पनि सम्पन्न भएको छ ।

 


झापा, वैशाख ९ गते । सुरेन्द्र भण्डारी यस ब्यवसायीलाइ थप चलायमान बनाउन झापा र सुनसरीका व्यवसायीहरुले व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका छन् ।

बिर्तामोडका व्यवसायी र सुनसरीको धरानका व्यवसायीबीच व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका हुन् । कोभिडपछि सुस्काएको व्यवसायलाई  चलायमान बनाउँदै महिलाहरुलाई आर्थिक उर्पाजनमा समेत थप टेवा पु¥याउने उद्धेश्यले उत्पादनदेखि बजारीकरणसम्मका लागि झापा र सुनसरीका व्यवसायीहरुले सहकार्य गर्ने भएका हुन् । जसका लागि बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी समूह र सुनसरी उद्योग वाणिज्य संघ धरानका व्यवसायीसंग सहकार्यका लागि समझदारी भएको छ ।
  
बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईसहितको महिला उद्यमीको टोलीले धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा पुगेर सहकार्यका लागि प्रस्ताव अघि बढाएको थियो । महिला उद्यमीको प्रस्तावलाई सहर्ष स्वीकार्दै सुनसरी उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीले गरेका राम्रा अभ्यासका विषयमा समेत जानकारी गराएको थियो ।

सुनसरी उद्योग वाणिज्य संघ धरानका कार्यवहाक अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सुनसरी उद्योग वाणिज्य संघकी सदस्य तथा महिला उपसमिति अध्यक्ष वर्षा अग्रवाल श्रेष्ठले गरेकी थिइन् । 
कार्यक्रममा उद्योग वाणिज्य संघ कोशी प्रदेश सदस्य तथा महिला उद्यमी मनिता घिमिरेले आफूले गरेको व्यवसायका असल अभ्यासका विषयमा जानकारी गराएकी थिइन् ।
  
कोशी प्रदेशका महिला उद्यमीहरुलाई जडिवुटीबाट सावुन उत्पादन गर्ने तालिम प्रदान गर्दै आएको र आफूले पनि समृद्धि प्राकृतिक सावुन उद्योग सञ्चालन गर्दै आएको उनले बताएकी थिइन् । निम, तितेपाती, गाँजा सहितका विभिन्न सामग्री प्रयोग गर्दै सावुन उत्पादन गर्ने र त्यसलाई बजारीकरण गर्दै आफूले आर्थिक उपार्जन गर्ने गरेको र अरुलाई समेत रोजगारी दिलाएको कार्यक्रममा घिमिरेले जानकारी दिइन् ।  उनले कोशी प्रदेशका धरान सहित  धनकुट्टा, इलाम, पाँचथर, ओखलढुङ्गा सहितका धेरै ठाउँमा तालिम प्रदान गर्दै सयौं महिलालाई स्वावलम्वी बनाउन भूमिका निर्वाह गरेको धारणा राखेकी थिइन् ।

कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका सदस्य जयप्रकाश शर्माले धरानका व्यवसायीहरुको वस्तुस्थितिका विषयमा जानकारी दिएका थिए ।
  
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी समूहकी सल्लाहकार यशोदा उप्रेती, विर्तामोड उद्योग वाणिज्य संघकी कोषाध्यक्ष तिलोत्तमा खत्री, महिला उद्यमी समूहकी महासचिव लीला अनमोल लगायतले झापाका व्यवसायीहरुले गरेका असल अभ्यास र बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको एक करोड रुपैयाँको व्यवसायी राहत कोषका विषयमा समेत जानकारी दिएका थिए ।
  
झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष नवीन कुमार चौधरीले समेत झापा र सुनसरीका व्यवसायीहरुले गरेको व्यवसाय प्रद्र्धनमा अभ्यास अभ्यास साटासाट कार्यक्रमको प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै उनले  झुम्का उद्योग वाणिज्य संघ  समेत सहकार्यका लागि तत्पर रहेको बताए ।
  
कार्यक्रमको संचालन सुनसरी उद्योग वाणिज्य संघका महासचिव महेन्द्र प्रधानले गरेका थिए ।


बिराटनगर बैशाख ९ गते । २०७५ सालमा स्थापना भएको यस एम.एम. कप फाउन्डेशनले स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यक्रम गर्दै आइरहेको छ। समय समयमा यस संस्थाद्वारा स्वास्थ्य शिविर, खेलाडी प्रोत्साहन कार्यक्रम, कोरोना कालमा खेल क्षेत्रमा प्रदेश भरी राहत वितरण कार्यक्रम, लगायत विभिन्न सामाजिक कार्यक्रम गर्दै आइरहेको छ। 

विशेष गरी नेपाली क्रिकेटको विकास र स्तरोन्नतिको लागि स्थापना कालदेखि नै नेपालमा हुने ५० ओभरको क्रिकेट (१ दिवसीय ढाँचाको) मा २०७५ सालमा एम.एम. कपको पहिलो संस्करण सुनसरीको इनरुवामा सफलतापूर्वक सम्पन्न गरिसकेको छ। नेपालको सात प्रदेशको टोली, ३ विभागीय टोली, भारत बिहारको १ टोली गरी आयोजकको १ टोली गरी उक्त प्रतियोगितामा जम्मा १२ टोलीको सहभागिता रहेको थियो। जसमा नेपाल आर्मी क्लब विजेता भएको थियो। भन्ने जानकारी पुर्वका सबै शुभचिन्तकलाई रहेको छ। 

त्यसै गरि २०७६ सालमा इनरुवामा दोस्रो संस्करण पनि भव्यता पूर्वक सम्पन्न भइसकेको छ। जसमा पनि प्रदेश टिमहरू, ३ विभागीय, आयोजक टोली समेत गरी गरी विशेष रूपमा नेपालको पहिलो पटक विदेश प्रतियोगितामा भाग लिएका राष्ट्रिय टोली सम्म रहेका प्रतियोगिता मार्फत सहभागिता जनाएका थिए। क्षेत्रीय संस्करणको विशेष महत्त्व रहेको प्रतियोगिता हो।पत्रका भेटघाटमा भनिएकोछ |

विगत बर्षहरुमा विभिन्न कारणवश यस प्रतियोगिता आयोजना गर्न सकिएको थिएन। यही समय पछि यहि पालि प्रतियोगितालाई अझै भव्य रूपमा विराटनगर स्थित जैनपथको खेलमैदानमा यही मिति 2081 बैशाख २९ देखी भव्य रूपमा आयोजना हुने सम्पूर्ण पत्रकार महानुभावहरूमा जानकारी गराउँदछौं। राष्ट्रमा जस्तै नेपालीको क्रिकेट विकास अझ टाढा पुग्ने छ भन्ने हाम्रो विश्वास रहेको छ। 

यस प्रतियोगितामा आफ्ना क्लब तथा सहभागितालाई अझै विशेष रूपमा पुर्याई दिनुहुन सम्पूर्ण पत्रकारहरू, दर्शक महानुभाव लगायत सम्पूर्ण कोशी प्रदेशवासी दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौं।


इटहरी  बैशाक ८ गते । कोशी यातायात सुधार कार्यक्रमअन्तर्गत विद्युतीय सवारी चालक अनुमतिपत्र ((EDL) प्रणालीमा अनलाइन भुक्तानी प्रक्रिया सुरु गरिएको छ। इटहरीस्थित यातायात व्यवस्था सेवा कार्यालय, सुनसरीबाट आज  यो प्रणालीको औपचारिक सुरुवात गरिएको हो। 

यस सेवाको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले गर्नुभएको हो । 

यस प्रणालीमार्फत सेवाग्राहीले ड्राइभिङ लाइसेन्सको शुल्क अब लाइनमा बस्न नपरी, आफ्नै मोबाइल वा कम्प्युटरबाट सजिलै घरमै बसी अनलाइनमार्फत तिर्न सक्नेछन्।  कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका यातायात शाखा प्रमुख नारायण भण्डारीले लाइसेन्सको आवदेन दिँदा, नविकरण गर्दा र लाइसेन्ससम्बन्धि कुनै पनि शुल्क तिर्दा लाइन बस्नु पर्ने झन्झट हटेको बताउनुभयो । 

नविकरण गर्दा मन्त्रालयमा सूचिकृत भएका चिकित्सकसँग जाँच गराएपछि चिकित्सकले सोही साँझ अनलाइन अपडेट गर्ने र भोलिपल्ट भुक्तानी गरेर अनलाइनबाटै बिल लिन सकिने छ । आगामी साउनबाट भने प्रदेशमै लाइसेन्स छपाइ सुरु भएपछि लाइसेन्स लिनमात्रै कार्यालय पुग्नु पर्ने छ । 

प्रमुख भण्डारीका अनुसार प्रदेशका सबै यातायात कार्यालयहरुमा यो सेवा सुरु भएको छ । विराटनगरमा भने केही प्राविधिक समस्या देखिएको कारण भोलिदेखि अनलाइन भुक्तानी प्रकृया सुरु हुने उहाँले बताउनुभयो ।  

नयाँ प्रणालीले सेवाग्राहीको समय, श्रम र लागतको बचत गर्ने विश्वास गरिएको छ।


ताप्लेजुङ, बैशाख ८ गते । पाथिभरा मन्दिर दर्शन गर्न भक्तजन बोकेर गईरहेको बुलेरो गाडीमा आगोलागी हुदाँ ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

 बैशाख ८ गते बिहान ५ बजे ताप्लेजुङको सदरमुकामबाट मन्दिर तर्फ जादै गरेको मे १ च ३०११ नम्बरको बुलेरो गाडी ताप्लेजुङको फुङ्लिङ नगरपालिका १० सेवारो चौक स्थित बाटोमा बिधुतको पोलबाट चुडिएर झरेको तारमा अल्झिएर अचानक गाडीमा आगोलागी हुँदा ललितपुरको ललितपुर महानगरपालिका १० की १६ बर्षीय आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ का ७० बर्षीय विनोद पौडेल निजको ६९ वर्षीया श्रीमती सरिता पौडेल र बुलेरो चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० का ४२ बर्षीय दुर्गा भट्टराईको जलेर मृत्यु भएको हो ।

 घटनाबारेमा जानकारी पाउनासाथ घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक  रवि रावलको कमाण्डमा खटिएको प्रहरीको टोलीले आगोलागीमा परेर घाईते भएकी ललितपुरको ललितपुर महानगरपालिका १० की ४५ बर्षीया सबिना आचार्य निजको १० वर्षिय छोरा भबिमय आचार्यलाई तत्काल उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ तर्फ पठाई गाडीमा लागेको आगोलागीलाई पुर्णरुपमा नियन्त्रणमा लिएको थियो  ।  

घाईते २ जनालाई थप उपचारकोलागी हेलीकप्टरद्दारा कठमाण्डौ लैजाने तयारी भईरहेको छ भने घटनास्थलमा कानूनी प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी गराएको छ ।


विराटनगर बैशाख ७ गते । विराटनगर महानगरपालिकाले निजीसँगको सहकार्यमा सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्ने भएको छ ।

त्यसका लागि महानगरले उद्योग संगठन मोरङसँगको सहकार्यमा विराट सीप विकास केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्रमार्फत सीपयुक्त दक्ष जनशक्ति उत्पादन गरिनेछ । केन्द्रको मेयर नागेश कोइरालाले आइतबार एक समारोहका बीच शुभारम्भ गरे । तत्कालका लागि विराटनगर–१ त्रिवेणी मार्गस्थित डनबक्सको स्कुलमा ५ वटा कोठा भाडामा लिएर केन्द्रले तालिम सञ्चालन गर्नेछ । 

विभिन्न व्यावसायिक फर्म र सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ । महानगरले कार्यविधि नै बनाएर केन्द्रमार्फत बजारको मागअनुसारको जनशक्ति उत्पादन गर्नेछ । महानगरले उद्योग संगठन मोरङका कार्यकारी सदस्य सुरेन्द्र गोल्छालाई केन्द्रको संयोजक तोकेको छ ।

तालिम सञ्चालनका लागि महानगरले विभिन्न संस्थालाई बजेट विनियोजन गर्ने गरेको थियो । यसरी संस्थाहरूमार्फत तालिम सञ्चालन गर्दा प्रभावकारी नभएको भन्दै महानगरवासीले नै गुनासो गर्दै आएका   थिए । ती संस्थाहरूले उद्घोषण कलादेखि जुत्ताचप्पल बनाउने, अचार बनाउने, सिलाई बनाइलगायतका तालिम सञ्चालन गर्दै आएको थियो । अब महानगरले एकद्वार प्रणालीमार्फत बजारको मागअनुसारको तालिम सञ्चालन गर्ने मेयर नागेश कोइरालाले बताउनुभयो । सीप विकास केन्द्रलाई देशभरकै नमुनाका रुपमा स्थापित गर्ने उद्देश्य रहेको उहाँले सुनाउनुभयो । मेयर कोइरालाले सीप सिकेर आफैं स्वरोजगारसमेत बन्न सकिने धारणा राख्नुभयो ।

 ‘सीप सिकेर जागिर नै खानुपर्छ भन्ने छैन,’ उहाँले भन्नुभयो, ‘आफ्नै व्यवसाय गरेर स्वरोजगार पनि हुन सकिन्छ । त्यसका लागि महानगरले पुँजीको समेत व्यवस्थापन गर्छ । कसैसित सीप छ तर तर लगानी गर्ने पुँजी छैन भने त्यसका लागि पनि महानगरले पुँजीको व्यवस्थापनका लागि पहल गर्छ । उदय परियोजना र प्रदेश सरकारसँग पनि कुराकानी भइरहेको छ ।’

उपमेयर शिल्पा निराला कार्कीले रोजगारीको खोजीमा रहेका युवा र दक्ष जनशक्तिको खोजीमा रहेका रोजगारदाताबीच महानगरले पुलको काम गर्ने बताउनुभयो । लामो समयदेखि महानगरले विभिन्न संघसंस्थामार्फत तालिम दिँदै आए पनि त्यसको प्रतिफल एकदमै न्यून पाइएको उहाँको भनाइ थियो । 

एकद्वार प्रणालीमार्फत तालिम सञ्चालन गर्दा बजेटको दुरुपयोगसमेत नहुने उपमेयर कार्कीले बताउनुभयो । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले सीपलाई व्यापारीकरणसमेत गर्नुपर्नेमा जोड दिनुभयो । सीप सिकेर मात्रै नहुने बताउँदै सीपलाई व्यवहारमा उतार्नु जरुरी रहेको औंल्याउनुभयो ।

 महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, सीप केन्द्रका संयोजक सुरेन्द्र गोल्छा, उद्योग संगठनका महानिर्देशक चूडामणि भट्टराईलगायतले आमनागरिकको जीवनयापनलाई सहज बनाउन सीप आवश्यक रहेको औंल्याउनुभयो । हातमा सीप भएको व्यक्तिले जस्तोसुकै ठाउँमा गएर पनि सहज रुपमा जीवनयापन गर्ने उहाँहरूको भनाइ थियो ।

सीप विकास केन्द्र शुभारम्भका अवसरमा निःशुल्क माला र पोते बनाउने तालिम सुरु भएको छ । तालिममा सहभागीहरूलाई मेयर कोइरालाले एप्रोन प्रदान गर्नुभयो । १५ दिनसम्म सञ्चालन हुने तालिममा प्रशिक्षक मालती उपाध्यायले सहजीकरण गर्नुहुनेछ । तालिममा २० जना महिला सहभागी छन् । अब ई–रिक्सा मर्मत, बिल्डिङ इलेक्ट्रानिक्स, प्लबिङसहितका बजारको मागअनुसार अन्य तालिम पनि सञ्चालन गरिने केन्द्रले जनाएको छ ।


विराटनगर बैशाक ७ गते | गैरसरकारी संस्था महासंघ मोरङको आयोजनामा आइतबारदेखि प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम सुरु भएको छ ।

विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजित दुई दिने तालिमको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । 

आफूसित भएको सीप कसैले खोस्न नसक्ने बताउँदै मेयर कोइरालाले सीप भएको व्यक्ति जहाँसुकै गएर पनि आत्मनिर्भर हुन सक्ने बताउनुभयो । सीप भएको व्यक्ति जहाँसुकै पनि बिक्न सक्ने उहाँको धारणा थियो ।

मेयर कोइरालाले विराटनगरवासीलाई सीप सिकाएर आत्मनिर्भर र स्वरोजगार बनाउने बाटोमा महानगर अगाडि बढेको उल्लेख गर्नुभयो । संस्था सञ्चालन गर्दा प्रस्ताव र प्रतिवेदन आवश्यक पर्ने बताउँदै मेयर कोइरालाले गैससले यसपटक समय सान्दर्भिक तालिम आयोजना गरेको बताउनुभयो ।

कार्यक्रममा गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले विभिन्न सरकारी कार्यालयहरुसँग मिलेर कार्यक्रम सञ्चालन गर्दा प्रस्ताव र प्रतिवेदन लेख्न नआउँदा संस्थाका पदाधिकारीहरुले धेरै नै दुःख पाउने गरेको चर्चा गर्नुभयो ।

 विराटनगर महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतम र गैससकी उपाध्यक्ष सरिता लामिछानेले सहभागीहरुलाई प्रशिक्षण दिनुहुनेछ । तालिममा मोरङमा सञ्चालित विभिन्न गैसरकारी संस्थामा आबद्ध ४० जनाको सहभागिता रहेको गैससकी सहसचिव वाग्मती कट्टेलले जानकारी दिनुभयो ।

 


विराटनगर बैशाक ७ गते । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले विविए २०२० ब्याजका विद्यार्थीहरुलाई विदाई गरेको छ ।

कलेजले एक समारोहको आयोजना गरेर आठौं सेमेस्टरका विद्यार्थीहरुको विदाई गरेको हो । विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठ, जेनिथ इन्टरनेशनल कलेजका कार्यकारी अध्यक्ष प्रा.डा. दुर्गानन्द चौधरी, कार्यकारी सञ्चालक सीए अश्विनी वंशल, क्याम्पस प्रमुख सन्दीप दास श्रेष्ठ, कलेजका शिक्षक सरोज पोखरेल, शिक्षिका आस्मा चालिसेलगायतले विद्यार्थीहरुलाई खादा र अविर लगाएर मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि डा. श्रेष्ठले विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना दिए । उनले कलेजमा अध्ययन गरेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रहसमेत गरे । 

कलेजले ६२ जना विद्यार्थीको विदाई गरेको थियो । कलेजले विद्यार्थीको चौतर्फी व्यक्तित्व विकासका लागि समय–समयमा अतिरिक्त क्रियाकलापका साथै विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।

 

 

 

 


बिराटनगर बैशाख ५ गते  अपाङगता भएका ब्याक्तिहरूमा रहेको प्रतिभाको खोजी कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ नेपाल NFD-N अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभाको खोज कार्यक्रमका बारेमा जानकारी गराउन आज पत्रकार सम्मेलन गरिएको थियो |

“कोशी प्रदेशको सान, प्रतिभावान अपाङ्गता भएका व्यक्तिहरुको पहिचान, कलाको व्यवस्थापनबाट बढाउनेछ आत्मसम्मान” भन्ने मूल नाराका साथ राष्ट्रिय अपाङ्ग महासंघ-नेपाल, कोशी प्रदेशको आयोजनामा, करुणा फाउन्डेसन नेपाल र कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय तथा अन्य साझेदारको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुको अन्तरनिहित प्रतिभा पहिचान, प्रोत्साहन र व्यवस्थापन गर्ने उद्देश्यले अपाङ्गता भएका व्यक्तिको प्रतिभाको खोज कार्यक्रम संचालन गर्न लागिएको छ।

आर्थिक तथा सामाजिक रूपमा सक्षम नभए पनि कुनै पनि व्यक्ति पूर्णरूपमा आत्मनिर्भर हुन सक्छन्। दुर्भाग्यवश, अपाङ्गता भएका व्यक्तिले अवसर नपाएर आफ्नो प्रतिभा जीवनमा प्रयोग गर्न सकेका छैनन्, जबकि, उनीहरू पनि अन्य व्यक्तिहरु जस्तै विभिन्न क्षेत्रमा अवसर प्राप्त गरिएमा आफ्नो योगदान गर्न सक्छन्। 

नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४, तथा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि (CRPD), २०६८ जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी दस्तावेजले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर र सक्षम बनाई समावेशी र समानताको समाजको परिकल्पना गरेको छ।

यस कार्यक्रम अन्तर्गत कोशी प्रदेशभित्र अपाङ्गता भएका व्यक्तिहरुको कविता वाचन, वक्तृत्वकला, संगीत तथा गायन, अभिनय/व्यक्तित्व, नृत्य, चित्रकला, हस्तकलाका नवप्रवर्द्धन (इनोभेसन) लगायत ९ विधामा प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ।

यस सन्दर्भमा प्रदेश सरकार, स्थानीय सरकार, संघ-संस्था, नागरिक समाज, सहारा समूह, बौद्धिक वर्ग, राजनीतिक दल तथा सम्पूर्ण सहयोगी मनहरुलाई सूचना सम्प्रेषण तथा आर्थिक, भौतिक एवं प्राविधिक सहयोगका लागि हार्दिक अनुरोध गर्दछौं।

हामी सबैको सहयोग र समर्थनले अपाङ्गता भएका व्यक्तिहरुको आत्मसम्मान अभिवृद्धि गरी समावेशी समाजको निर्माणमा टेवा पुगाउने आयोजकले आसा गरेकोछ |


विराटनगर  बैशाख ४ गते ।  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले विद्यार्थीहरूको हकहितसँगै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

लिवर्टी नेपाल लागूपदार्थ उपचार तथा पुनःस्थापना केन्द्रले नयाँ वर्षको शुभकामना आदानप्रदान तथा महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा नेविसंघका तर्फबाट विजयी विद्यार्थीहरूको स्वागत सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले स्ववियूको भूमिकासमेत परिवर्तन भएको उल्लेख गर्नुभयो ।

 विगतमा स्ववियू र समग्र विद्यार्थीहरूले प्रजातन्त्र र लोकतन्त्रका लागि अग्रणी भूमिका खेलेको चर्चा गर्दै मेयर कोइरालाले अब शैक्षिक गुणस्तर वृद्धि, मुलुकमा सुशासनलगायतका पक्षमा खबरदारी गर्नु आवश्यक रहेको औंल्याउनुभयो । ‘विगतमा भएका विभिन्न आन्दोलनमा विद्यार्थीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

चाहे प्रजातन्त्र प्राप्तिको आन्दोलन होस् चाहे लोकतन्त्र प्राप्तिको आन्दोलन होस् । सबै आन्दोलनमा विद्यार्थीको योगदान अतुलनीय रहेको थियो,’ मेयर कोइरालाले भने, ‘तर अब परिवेश बदलिएको छ । विद्यार्थीले अब मुलुकको समग्र शैक्षिक गुणस्तर वृद्धि, सुशासन, भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गर्नु आवश्यक छ ।’

मेयर कोइरालाले पछिल्लो समय युवाहरू लागूऔषधलगायत विभिन्न कुलतमा फस्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । युवा विद्यार्थी परिवर्तनका संवाहकसमेत भएकाले युवाहरूलाई कुलतमा लाग्न नदिन विशेष भूमिका खेल्न आग्रह गर्नुभयोे ।

कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले समाज रुपान्तरणमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । राजनीतिमा लागेपछि जित–हार स्वभाविक भएको बताउँदै अध्यक्ष थापा मगरले जुनसुकै क्षेत्रमा सफल हुन निरन्तरता जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेविसंघका तर्फबाट निर्वाचित उपसभापति सुलभजंग बस्नेत, सचिव सुदीक्षा थापा मगर, कोषाध्यक्ष रोशनकुमार पासवान, सहसचिव मोहम्मद साहिल अन्सारी, सदस्यहरू कुशलकुमार साह तेली, सुशान्त बस्नेत, भानु चेल, रामदत्त मेहता, अञ्जिला काफ्ले, मोहम्मद सहिन, सविनप्रसाद नेउपाने, नविनबाबु तिवारी, रक्षक सुवेदी, अंकित पोखरेललाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेस मोरङका उपसभापतिसमेत रहनुभएका मेयर कोइराला, अध्यक्ष थापामगर, आयोजक समितिका अध्यक्ष राजेन्द्रप्रसाद भट्टराई (राजन), व्यवस्थापक सुनिल थापा मगर, नेपाली कांग्रेसका युवा नेता कृष्ण कार्की, हरि भट्टराई, कोशी अस्पतालका चिकित्सक डा. रोशन खड्का, समाजसेवी राजेन्द्र खनाल, क्रिकेट संघ मोरङका सभापति मोहम्मद सादबाबुलगायतले टीका, खादा, माला लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

 


विराटनगर बैशाक ३ गते ।  बहिरा क्रिकेट संघ मोरङको आयोजनामा विराटनगरको गिरिजाप्रसाद क्रिकेट मैदान भापा वैजनाथपुरमा भएको कोशी प्रदेश स्तरिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ ।

मोरङले आइतबार भएको फाइनल खेलमा सुनसरीलाई ७ विकेटले पराजित गर्दै मोरङले उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई ९८ रनमा सिमित भयो । सुनसरीका निरज श्रेष्ठले २७ रन बनाउँदा रोहन खडकाचले ११ रन बनाए । मोरङका मनोज राँयले ३ विकेट लिँदा वैजनाथ चौधरीले २ विकेट लिए ।

९९ सय रनको सामान्य लक्ष्य पछ्याएको मोरङले १७ दशमलव ३ बलमा ३ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । मोरङको जितमा वैजनाथ चौधरीले ३१ बनाउँदा अजय कर्णले २३ रनको योगदान दिए । सुनसरीका रोहन खडकाले २ विकेट लिँदा विवेक चन्दले १ विकेट लिए ।

फाइनल खेलको प्लेयर अफ फाइनल मोरङका अलराउण्डर खेलाडी वैजनाथ चौधरी भ एभने प्लेयर अफ सिरिज र उत्कृष्ट बलर पनि मोरङकै वैजनाथ चौधरी घोषित भए । त्यस्तै उत्कृष्ट ब्याटर पनि मोरङकै अजय कर्ण भए ।

चैत्र २८ गतेदे िभएको प्रतियोगितामा मोरङ, सुनसरी र झापाका गरि ४ टिम सहभागि रहेको थियो राउण्ड रोविनको आधारमा खेलाएको प्रतियोगितमा करिव १२ लाख खर्च हुने अनुमान आयोजकले लगाएको    छ ।

विजयी तथा अन्य खेलाडीहरुलाई प्रमुख अतिथि मोरङ जिल्ला खेलकुद विकाश समितका अध्यक्ष सुरज श्रेष्ठ, कोशी प्रदेश खेलकुद बार्डका कार्यलय प्रमुख कालीदास भट्टराई, बहिरा क्रिकेट संघका केन्द्रीय सचिव अरविन्द चौधरी, विराट बहिरा मावि व्यवस्थापन समितिका अध्यक्ष डा. मिना जोशी र बहिरा क्रिकेट संघका अध्यक्ष मोहन तिवारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।  


बिराटनगर बैशाख ३ गते । संपूर्ण पत्रकार तथा सहकार्यी मित्रहरूमा नयाँ वर्ष २०८१ को शुभकामना व्यक्त गर्दैछौं। कोशी प्रदेश सरकार पर्यटन वर्ष २०८१ घोषणा गरे पश्चात् नयाँ उत्साह र जोर पेस गर्दै अघि बढिरहेको जानकारी गराउँछौं। यसै सन्दर्भमा कोशी प्रदेशको समृद्धिको आधारशिला अङ्कित बनाउने उद्देश्यले यस वर्ष विशेष रुपमा लगानी सम्मेलन आयोजना गर्ने कार्ययोजनासमेत तय भएको कुरा प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको थियो |

प्रदेश सरकार आर्थिक समृद्धि र विकासमा अग्रसर भएको छ। सीमित स्रोत साधनको उपयोग गरी प्रदेशको विकासको लागि प्रयासरत रहँदै आएको छ। यसै क्रममा कोशी प्रदेश सरकारले आर्थिक वातावरण निर्माण गर्दै रोजगारी सिर्जना गर्ने र व्यवसायिक अवसर विस्तार गर्ने दीर्घकालीन उद्देश्यसहित लगानी सम्मेलन आयोजना गर्न लागेको हो। उक्त सम्मेलन यहि आउने वैशाख १८ र १९ गते विराटनगरस्थित होटल अप्सरामा आयोजना हुने जानकारी गराउँछौं।

लगानी सम्मेलनमार्फत प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न सम्बन्धित सबै पक्षसँग सहकार्य गर्दै निजी क्षेत्रको सहभागिता र सशक्त साझेदारी विकास गर्न सम्मेलनको मूल उद्देश्य रहेको छ। साथै, प्रदेशमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको लगानी भित्र्याउन आवश्यक कानुनी सुविधा र नीतिगत सुधारमा समेत जोड दिइएको छ।

कोशी प्रदेश सरकारले सम्मेलनमा विभिन्न क्षेत्रीय संयन्त्र र विज्ञहरुको समेत सहभागिता रहनेछ। सम्मेलनमा आधार स्वरूप ‘कोशी प्रदेश डेभलपमेन्ट फोरम (के.पी.डी.एफ.)’ गठन भइसकेको छ। नवीनतम सोचका साथ लगानीको वातावरण निर्माण गर्न हामी तयारी गर्दैछौं। यसै सन्दर्भमा प्रदेशमा रहेका समग्र प्रक्रिया सुधार गर्दै लगानी मैत्री वातावरण तयार पार्ने र सहजीकरण गर्ने विषयमा योजना बनाइएको छ। लगानी सम्मेलनमा राष्ट्रिय र प्रमुख अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू समेत सहभागी गराउने तयारी भइरहेको छ।

तपाईहरू सम्पूर्ण पत्रकार मित्रहरू, सम्पूर्ण सम्बद्ध पक्षहरूलाई प्रदेशको दीर्घकालीन सोचलाई साथ दिन प्रदेशको समृद्धिमा साथ दिन हार्दिक अनुरोध गर्दछौं।

सो अवसरमा प्रदेश सरकारले आयोजित ‘कन्क्लावे मिटिङ’ र सचिवालय बैठक भव्यताका साथ सम्पन्न हुने छ। साथै विभिन्न क्षेत्रका विज्ञ र पूर्ववर्ती सफल अनुभवहरू प्रस्तुत गरिने छ।

प्रदेश सरकारले लगानीको लागि सरल वातावरण बनाउन कानुनी, नीतिगत सुधार र निजी साझेदारी अन्तरगत सबै तयारी गरिरहेको छ।

कोशी प्रदेशको राजधानी विराटनगरदेखि सुरु गर्दै समग्र प्रदेशभर उद्यम र उद्योग व्यवसायको सहज पहुँच सुनिश्चित गर्दै लगानीकर्तालाई आकर्षित गर्न नीति निर्माण, नीति कार्यान्वयन र सशक्त संस्थागत संरचना तयार पारिने जानकारी गराउँदैछौं।

सम्मेलनमा कृषि, जलस्रोत, पर्यटन, ऊर्जा, उद्योग स्वास्थ्य तथा पूर्वाधार, सूचना प्रविधि लगायत विविध क्षेत्रका बहस सञ्चालन हुने छ।

लगानी सम्मेलनमा अपेक्षित करिब ४५ भन्दा बढी परियोजनाको सोलेक्टेड हुने जानकारी गराउँछौं। भनेको छ |


बिराटनगर  बैशाख २ गते । नेकपा एमाले स्थाइ कमिटी सदस्य क सेरधन राइ प्रमुख अतिथिले बिराटनगरमा महानगर कमिटीको दोस्रो अधिवेशन उदघाटन गर्नुहुदै अधिवेशन सफलताको शुभकामना दिनु भएकोथियो |  

कोशी प्रदेश इर्चाज घनश्यम खतिवडाले अधिवेशन सफलताको शुभकामना दिनु भएकोछ | त्यसैगरी मोरङ इर्चाज जीवन घिमिरेले पनि अधिवेशन सफलताको शुभकामना दिनु भएकोछ |

नेकपा एमाले मोरङका अध्यक्ष अजम्बर राइले अधिवेशन सफलताको शुभकामना दिनुभयो | 

महानगर इन्चाज पर्शुराम बस्नेतले अधिबेन सफलताको शुभकामना दिनु भयो | आयोक महानगरकिटीका तर्फबाट उपाध्यक्ष  सुनिता गिरीले स्वगत स्वगत गर्नु भएकोथियो|

कार्यक्रमको अध्यक्षता  वर्तमान अध्यक्ष रोहित कोइरालाले गर्नु भएको थियो | कार्यसमिति छनो निर्वाचनबाट २ प्यानलका बिच हुने सकेत देखिएकोछ | पर्शुराम बस्नेतले बोले पछी नेता बिनोद ढकाल भडकिएका थिए | सबैले नव वर्ष २०८२ को शुभकामना दिनुभएको थियो | अहिले सहमतिका लागि छलफल समेत गर्न बन्द सत्र भइरहेकोछ | अधिवेशन बैशाख २ र ३ गते तोकिएकोछ |


विराटनगर २०८२ बैशाख १ गते । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै निशुल्क ब्रिज कोर्षको कक्षा सञ्चालन गर्ने भएको छ । यहि बैसाख ७ गतेदेखि सुरु हुने ब्रिज कोर्षमा एभरेष्ट स्कुलका विद्यार्थीसँगै अन्य विद्यालयबाट एसईई दिएका करिब तीन सय विद्यार्थीलाई निशुल्क .कक्षा सञ्चालन गर्ने प्रिन्सिपल टिकाराम पुरीले बताउनुभयो ।

 उहाँका अनुसार ब्रिज कोर्षमा व्यवस्थापन र विज्ञान संकायका शैक्षिक पाठ्यक्रमसँगै अन्य विभिन्न कृयाकलापसमेत गराइनेछ । एआई प्रोग्रामिङ, रोबोटिक्स कक्षा, अंग्रेजी भाषा कक्षा, फुटबल, पौडी तथा बास्केटबलका समेत कक्षाहरु सञ्चालन हुनेछन् ।

 'यो ब्रिज कोर्षले विद्यार्थीहरुलाई अबको अध्ययन कसरी अघि बढाउने भन्ने बिषयमा मात्र उत्प्रेरणा जगाँउदैन’ प्रिन्सिपल पुरीले भन्नुभयो,‘यसले विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा पनि सक्रिय सहभागिता जनाउन प्रेरित गर्छ ।’ यस्तै उच्च शिक्षाको लागि पाइला अघि चाल्दै गर्दा शिक्षण संस्थाको भौतिक पूर्वाधार र शैक्षिक वातावरणको अध्धयन गरि शिक्षण संस्था चयन गर्न समेत सघाउ पुग्ने प्रिन्सिपल पुरीले विश्वास ब्यक्त गर्नुभयो


उदयपुर, बैशाख १ गते । उदयपुरको बेलका नगरपालिका(८ स्थित सप्तकोशी नदी किनारमा वेवारिसे अवस्थामा रहेको १ सय ८० किलोग्राम गाँजा प्रहरीले वरामद गरेको छ । बैशाख १ गते राती विशेष सूचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दुईवटा ट्युव माथि नदी किनारमा पानीमा तैरी रहेको अवस्थामा ६ वटा प्लाष्टिकको बोरामा गाँजा बरामद गरेको हो । उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ भने ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजी कार्य भईरहेको छ । यसै गरी चैत्र ३१ गते वेलुका झापाको प्रहरी चौकी महारानी झोडाबाट गस्तिमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कमल गाउँपालिका(७ का २८ बर्षीय बिशाल लिम्वुलाई ट्रमाडोल ४७० क्याप्सुल र डाईक्लोमिन ३९० ट्याव्लेट सहित नियन्त्रणमा लिएको छ ।



बिराटनगर चैत ३१ गते |  नेकपा एमाले पाटी, महानगर कमिटी बिराटनगरले आज नव वर्ष २०८२ को शुभकामना आदानप्रदान र भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरेको थियो | 

बैशाख २ र ३ गते हुने महानगर कमिटीको अधिवेशनले चुनिएको कमिटी ८४ सम्म रहनेछ ।

चैत २८ गते भुगोलको १९ सै वडाबाट २०० सय प्रतिनिधि छनोट भइसकेको र २९ गते ज ब स बाट ७९ प्रतिनिधि छनोट भइसकेको महानगर कमिटीकाअध्यक्ष रोहित कोइरालाले जानकारी गराउनु    भएकोछ | 

अब बन्ने महानगर कमिटीको अध्यक्षका आकाङ्क्षी रोहित कोइरालाका अनुसार अधिवेशन बाट महिला ३३ प्रतिसत युवा २० प्रतिसत र १५ प्रतिसत मनोनित बाट छानिएर नया कार्यसमिति बन्ने बताउनु भयो |


बिराटनगर चैत ३१ गते | 
समावेशी समाजवादी पार्टी नेपाल स्थापना देखी धर्मनिरपेक्षता, संघीयता, भूपू समाजवादी प्रतिनिधित्व, निर्वाचित कार्यकारी राष्ट्रपति, समावेशी लोकतान्त्रिक पद्धति, भाषा, भूगोल, नाम, पहिचानसहित, लोकतन्त्र, बहुलीय व्यवस्था, गणतन्त्र, विकास, सुशासन सुनिश्चित गर्ने एजेण्डालाई मूल ध्येय मानेर अघि बढ्दै आएको छ।

काठमाण्डौं केन्द्रिकृत एकात्मक राज्य व्यवस्थाले लाद्न गरि अँगालिएको राष्ट्र पुनः संरचना बिना ऐतिहासिक पहिचान र थात थलो रहित बिस्तापन, स्वार्थ सिध्दान्त नमिल्ने नामांकन सहित मुलुकभरि सबैको राज्य पुनःसंरचनाको माग उठिरहेको छ।

साथै धर्मनिरपेक्षता, शान्ति र विकासका लागि संविधानिक सहमति अनुसार २०६३ सालको ऐतिहासिक जनआन्दोलनको निष्कर्षस्वरूप निर्वाचित कार्यकारी राष्ट्रपतात्मक शासन प्रणालीसहित धर्मनिरपेक्षता, फेडरलिज्मसहित समावेशी लोकतान्त्रिक पार्टी, नेतृत्व र सरकारहरूप्रति जनता र देश प्रतीको कुण्ठा, भ्रष्टाचार, बेथिति, अकर्मण्यता र असमानताका कारण प्रतिरोधको आँधीखोला, राजनीतिक, दलदल र द्विविधीतर्फ मुलुक फस्न लागिरहेको भन्ने पीडा हामी आत्मसात् गर्छौं र जनता प्रती हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

धर्मनिरपेक्षता, संघीयता, बहुलीय व्यवस्था, समावेशी समाजवादी प्रणाली, लोकतन्त्र र गणतन्त्र लगायत आजसम्म प्राप्त उपलव्धिहरू रक्षा, संस्थागत र कार्यान्वयन गर्दै तेस्रो र दह्रोखरो कुशासन, भ्रष्टाचार, अक्षम्यताको कारण अहिलेको राजनीतिक विवाद र संकट निवारणको उपाय २०७८ साल सोमबार मङ्सिर महिनाको चौंथो मङ्सिर महिनाको पहिलो शनिबार राष्ट्रिय स्तरमा कार्यक्रम आयोजना गरी यसको व्यापक प्रचार प्रसार गर्ने जानकारी गराउँदछौं।

नेपालका मूलवासी आदिवासीजनजाति भाषा, भेष-भूषा, सीलिक नाम, परम्परा, धर्म, संस्कृति भरिएको छ। ऐतिहासिक सामुदायिक, आत्मनिर्भर जीवन पद्धति संस्कृतिसहित पूर्ण रूपमा पुनःस्थापना गर्न अभियान सुरू गरेको छ। आत्मनिर्भर, शान्ति, विकासयुक्त राज्य स्थापना हाम्रो प्रमुख उद्देश्य हो।

 समावेशी समाजवादी पार्टी नेपाल (समाजवादी), चिन्तन र मान्यतासमेत स्पष्ट छ। हामी सबैको भाषा, भेष-भूषा, सीलिक नाम, चाड, पर्व, परम्परा, जनजाती, थारु, मधेसी, दलित, विविधता समावेश भएअनुरूप छ। आधारभूत र दिगो विकास, समाज र संस्कृतिको संरक्षण हाम्रो अभिन्न अङ्ग हो।

यसर्थ आफ्नो सीलिक भाषा, भेष-भूषा, चाड पर्व, परम्परा र पहिचान जोगाउन यही २०८२ बैशाख १ गते सोमबार मोरङको प्रधानपुर-१, नेताजगतको “बुद्धि बस्तिमा” हुने “राष्ट्रिय सांस्कृतिक महोत्सव” आयोजना गरी सांस्कृतिक बृहत् जागरण अभियान संचालन हुने जानकारी सहित हार्दिक निमन्त्रणा गर्दछौं |



काठमाडौँ ३० चैत । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा भएको एसिया प्यासिफिक अप्टिमिस्टिक कन्फ्रेन्समा बोल्दै अध्यक्ष बस्नेतले नेपाली पत्रकारिताले अब रचनात्मक पत्रकारितामा जोड दिनुपर्ने बताउनुभयो ।
 

त्यसका लागि काउन्सिलका तर्फबाट सहयोगी भूमिका रहने र काउन्सिलले प्रदान गर्ने तालिम प्रशिक्षणमा पनि रचनात्मक पत्रकारिताका विषयवस्तु समेटिने बताउनुभयो । ‘काउन्सिलले मिडिया हाउससँग सहकार्य गरेर यो विषय अघि बढाउनेछ, यसको निर्णय भइसकेको छ । त्यस्तै विश्वविद्यालयमा पाठ्यक्रममा समावेश गर्न अनुरोध गरेका छौँ । 

यससम्बन्धी पाठ्यसामग्री तयार गर्ने तयारीमा पनि छौँ । ‘उहाँले भन्नुभयो, अहिले अनलाइन अभिमुखीकरण कार्यक्रममा समेत एउटा सेसनको रूपमा रचनात्मक पत्रकारिता समावेश गर्ने निर्णय भइ कार्यान्वयनको चरणमा रहेको छ ।‘ काउन्सिलले रचनात्मक पत्रकारिता पाठ्यक्रममा समावेश गर्न ८ महिनाअघि नै सबै विश्वविद्यालयलाई पत्राचार पनि गरिसकेको छ ।

कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटाले सही, सत्य तथ्य सूचना सम्प्रेषण भएमामात्र कतिपय विषय समाधान हुने भन्दै पत्रकारिताको विकासको लागि विभित्र पाठ्यसामग्री तयारी गरिएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद वागचनले सन्तुलित सामग्री सम्प्रेषणमा थप ध्यान दिनुपर्ने भन्दै मिडियामा आएका सामग्रीले जनताको जीवनस्तर परिवर्तन भएको दृष्टान्त पेस गर्नुभयो । यस्तै सञ्चारिका समुहका अध्यक्ष विमला तुम्खेवाले  रचनात्मक पत्रकारिताबारे पत्रकारबिच घनिभूत छलफल चलाउनुपर्ने भन्दै सञ्चारिका समूह सहकार्य गर्न तयार रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा रचनात्मक पत्रकारितामा अध्ययन अनुसन्धान गरिरहेका पत्रकार कला अनुरागीले आशा जगाउने अभियानको महत्त्वपूर्ण साधन मिडिया भएको उल्लेख गर्नुभयो । खोजी गरेर कारण र समाधानका उपायसहितको समाचार लेख्नु नै रचनात्मक पत्रकारिता भएको भन्दै उहाँले विस्तृत, समीक्षात्मक, खोजमूलक पत्रकारिताले जनविश्वास समेत अभिवृद्धि गर्न सघाउने बताउनुभयो । 

फुटेको ऐनाका टुक्रा बिजेको जस्तो नकारात्मकता बढी दिनेगरी पत्रकारिता भइरहेकोले समाधान केन्द्रित रचनात्मक पत्रकारिता गर्न अभियान छेड्नुपर्ने उहाँको भनाई थियो ।


झापा, चैत ३० गते । ( सुरेद्र भण्डारी ) एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने गरी बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक सदस्य रहात कोष– २०८१’ का लागि सहयोग जुट्ने क्रम जारी छ ।

बिर्तामोडका व्यवसायी तथा सामाजिक व्यक्तित्वहरुले बिर्तामोड उद्योग वाणिज्य संघले शुरु गरेको उक्त कार्यको प्रशंसा गर्दै कोष वृद्धिका लागि विभिन्न अवस पारेर संघलाई रकम प्रदान गर्दै आएका छन् । यसै क्रममा संघका कार्यसमिति सदस्यद्वय डिल्लीराम कोइराला र विश्वेश्वरप्रसाद बजगाँई (विपीन)ले आफ्नो जन्म दिनको अवसर पारेर ‘व्यवसायिक सदस्य रहात कोष’का लागि रकम प्रदान गरे । उनीहरुले कोष वृद्धिमा सहयोग पु¥याउन भन्दै संघका अध्यक्ष राजु  न्यौपानेलाई रकम प्रदान गरेका हुन् ।
बिर्तामोडका युवा व्यवसायी कोइरालाले कोषका लागि ५५ हजार ५ सय ५५  रुपैयाँ र वजगाँईले पनि  ५५ हजार ५ सय ५५   रुपैयाँ रकम बरावरको चेक प्रदान गरेका छन् ।
संघका अध्यक्ष न्यौपाने , कोषका संयोजक राजकुमार घिमिरे राजु सहितका  पदाधिकारीलाई  उनीहरुले उक्त रकम प्रदान गरेका हुन् । सो अवसरमा उनीहरुलाई बिर्तामोड उद्योग वाणिज्य संघले जन्म दिनको शुभकामना सहित कदरपत्रद्वारा सम्मान गरेको छ । कार्यक्रमको संचालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

 


चैत २९, काठमाडौं ।रातो तारा डट कम- नेपाल पत्रकार महासंघले तीनकुने हिंसात्मक घटनामा पत्रकार सुरेश रजकको जलाएर हत्या गरिएको लगायत प्रेस स्वतन्त्रता हननका सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोग समक्ष माग राखेको छ ।

महासंघका उपाध्यक्ष उमिद बागचन्दको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शुक्रबार आयोगका अध्यक्ष तप बहादुर मगरसहितका पदाधिकारीहरूलाई भेटेर यही चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनामा पत्रकार हत्या तथा आक्रमण, सञ्चारगृहमा भएको आगजनी र तोडफोडको स्वतन्त्र छानबिनका लागि आयोगलाई आग्रह गरेको हो ।
  
त्यस अवसरमा आयोगका अध्यक्ष मगरले आयोगले तीनकुने घटनाको छानबिन गरिरहेकाले पत्रकार मारिएको र प्रेस स्वतन्त्रता हननका घटनाको निष्पक्ष छानबिन हुनेमा ढुक्क रहन अनुरोध गर्नुभयो । विस्तृत छानबिन प्रतिवेदन तयार पारी दोषिमाथि कारबाही सिफारिससहितको प्रतिवेदन कार्यान्वयनका लागि सरकार र सम्बद्ध निकायलाई पठाइने उहांको भनाइ थियो ।

पत्रकार हत्यामा संलग्न दोषिमाथि कारबाही, मृत पत्रकारको परिवार तथा क्षति पुगेको सञ्चारगृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निशुल्क उपचार, सञ्चारगृह तथा सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति तथा विगतमा प्रेस स्वतन्त्रता हननका घटनका दोषिमाथि कारबाहीको माग गर्दै गृहमन्त्रीसमक्ष ध्यानाकर्षण गराएको तर सरकारले त्यसतर्फ ध्यान नदिएको महासंघले जनाएको छ । यसबारे सरकारको ध्यानाकर्षण गरिने मगरले बताउनुभयो ।

सरकारले हत्याको निष्पक्ष छानबिनलगायत महासंघको माग सुनुवाइ नगरेझै आयोगसंग पनि गुनासो गर्ने अवस्था सिर्जना नगर्न महासचिव रामप्रसाद दाहालले सचेत गराउनुभयो ।
  
दाहालका अनुसार, आज महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखाहरूले आयोग समक्ष आफ्नो माग प्रस्तुत गरेका हुन । केन्द्रीय समितिले आयोग पदाधिकारी, प्रदेश समितिले प्रदेश कार्यालय र शाखाहरूले इमेलमार्फत आयोगको ध्यानाकर्षण गराएका छन् ।

महासंघका महासचिव दाहालका अनुसार सरकारले माग सुनुवाइ नगरेकाले थप दबाब दिने अभियान अन्तर्गत आयोगको ध्यानाकर्षण गराइएको छ ।
महासंघले आइतबार देशभरबाट गृहमन्त्रीलाई महासंघको माग पूरा गर्न दबाब दिने सन्देश पठाउन आफ्ना सदस्यहरूलाई आह्वान गरेको छ । 


विराटनगर, चैत्र २८ गते । कोशी प्रदेश प्रहरी तालिमकेन्द्र बिराटनगरलाई आन्तरिक प्रयोजनको निम्ति अटो सिटि बजाज सोरुम इटहरी सुनसरीका प्रवन्धक  प्रदिप कुमार सन्थालिया र व्यवस्थापक जयन्त सन्थालियाद्वारा  १ थान बिद्युतिय टेम्पो हस्तान्तरण  भएको छ । 

चैत्र २८ गते तालिम केन्द्र परिसरमा  आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेलाई सन्थालियाद्वयले बिद्युतिय टेम्पो (E-RICKSHAW) हस्तान्तरण गर्नु भएको हो । 

बिद्युतिय टेम्पो प्रदान गरी प्रहरीलाई सहयोग गर्नु हुने सन्थालियालाई समादेशक काफ्लेले हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुका साथै उक्त बिद्युतिय टेम्पो तालिम केन्द्रले आन्तरिक प्रयोजनका विविध कार्यहरुमा नियमितरुपमा प्रयोग गरी काम-कारवाही तथा प्रशिक्षण व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रयोग गरिने  बताउनु भयो । 

कार्यक्रममा समाजसेवी सन्थालियाले समाजमा शान्ति सुरक्षा प्रदान गर्न दक्ष जनशक्ति उत्पादन गर्ने प्रहरी तालिम केन्द्रलाई थप सहजता मिलोस भनेर बिद्युतिय टेम्पो आफुले प्रदान गरेको बताउनु भयो । 

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयमोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीयाकेन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक  गुरु प्रसाद तिम्सिना सहित प्रहरी अधिकृतहरु तथा प्रहरी कर्मचारीहरुका साथै प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो ।


बिराटनगर
चैत्र २६ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले संचालन गर्दै आईरहेको प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम अन्तरगत प्रदेश प्रहरी प्रमुख र प्रहरी कर्मचारीहरु बिच प्रत्यक्ष टेलिफोन सम्वाद भएको छ । 

चैत्र २६ गते संचालन भएको प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रममा बिभिन्न प्रहरी इकाईहरुमा कार्यरत प्रहरी कर्मचारीहरुले शिलशिलेवार रुपमा प्रत्यक्ष टेलिफोन संवादको माध्यमबाट कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी समक्ष आ-आफ्नो व्यक्तिगत पिरमार्कासमस्या तथा गुनासो राखेका थिए । 

भौगोलिक रुपमा सुगम देखि अत्यन्त दुर्गम पहाडी र हिमाली जिल्ला समेत रहेको यस प्रदेशमा बिभिन्न प्रहरी इकाईमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रदेश प्रहरी प्रमुख समक्ष प्रत्यक्षरुपमा भेटेर आफ्नो समस्या तथा गुनासो राख्न कठिनाई भएको कारण टेलिफोन संवादका माध्यमबाट प्रदेश प्रहरी प्रमुख समक्ष उचित पिरमार्का तथा गुनासो सम्वोधन गरी थप हौसला प्रदान गर्ने उद्देश्यले प्रदेश प्रहरी कार्यालयले यो कार्यक्रम संचालन गर्दै आईरहेको छ ।  


बिराटनगर २०८१ चैत्र २५ गते | सोमबार आन्तरिक राजस्व कार्यालय, विराटनगरले मोरङ उद्योग व्यापार संघको सभाकक्षमा अर्थ मन्त्रालयका राजस्व सचिवको उपस्थितिमा आगामी आ.व. २०८२।०८३ को आर्थिक ऐन तर्जुमा गर्दा निजी क्षेत्रका उद्योगरव्यवसायको हकमा नेपाल सरकारले राजस्व नीति लगायत भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, गैरकर एवं राजस्व चुहावट र समग्र राजस्व प्रशासनमा गर्नु पर्ने सुधारहरुका विषयमा सुझाव संकलन एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

नेपाल सरकार, अर्थ मन्त्रालयका राजस्व सचिव श्री दिनेश कुमार घिमिरे, सहसचिव श्री उत्तर कुमार खत्री, आन्तरिक राजस्व विभागका महानिर्देशक श्री मदन दहाल, भन्सार विभागका उपमहानिर्देशक श्री जनकराज शर्मा र जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी श्री ईन्द्रदेव यादव समेतको सहभागिता रहेको उक्त कार्यक्रममा मोरङ उद्योग व्यापार संघका अध्यक्ष श्री अनुपम राठीले विषयगत रुपमा आफ्नो राय सुझाव सहितको प्रस्तुति पेश गर्नु भएको थियो ।

कार्यक्रममा विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत श्री उमेश श्रेष्ठ, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत श्री भुपालराज शाक्य सहित इटहरी, भद्रपुर, धरान, लहान र दमकका अन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृतहरु, मेची र सुनसरी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतहरु, राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख अनुसन्धान अधिकृत, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश, उद्योग संगठन मोरङ, नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश, चेम्बर अफ कमर्श र विराट व्यापार संघ, नेपाल चार्टड एकाउन्टेन्ट संघ, अडिटर एशोसिएसन नेपाल लगायत विभिन्न वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरु, मोरङ उद्योग व्यापार संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, महिला र युवा उद्यम समिति सदस्यहरु, विभिन्न औद्योगिक/व्यवसायिक प्रतिष्ठानहरुका प्रमुख एवं प्रतिनिधिहरु लगायतको व्यापक उपस्थिति रहेको थियो ।


विराटनगर, चैत्र २४ गते । 
मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट चैत्र २३ गते प्रतिबन्धित लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले देश भारत घर भई सुनसरीको धरान उप-महानगरपालिका-९ मा बस्दै आएका ३० बर्षीय विजय साह, धरान-९ का २७ बर्षीय निरन्जन यादव, धरान-१० का २५ बर्षीय विशेष राई र धरान-१७ का २६ बर्षीय निश्चल राईलाई धरान-९ बाट SPASMO PROXYVON-८० ट्याब्लेट, ट्रामाडोल १ हजार ४ सय ४० क्याप्सुल, NITRAZEPAM ७५ ट्याब्लेट र ESKUF ७ बोतल सहित नियन्त्रणमा लिएको हो । यसैगरी अस्थायी प्रहरी चौकी रेल्वेको प्रहरी टोलीले धरान-११ बाट २२ बर्षीय संजिव सुनुवार र १९ बर्षीय सविन परियारलाई TRAMOL-50  लेखिएको ४ सय ६० क्याप्सुलनियन्त्रित औषधी स्पास्पेन ४ सय ६९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध ब्राउनसुगर २ ग्राम ८९ मिलिग्राम सहित धरान-५ का २६ बर्षीय दिवेश रम्तेल, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ का २६ बर्षीय रहिस मन्सुरी र सुनसरीको ईटहरी उप-महानगरपालिका-५ का ३२ बर्षीय सनम शेर्पालाई इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले पक्राउ गरेका हुन् । यसका साथै सुनसरीको अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले धरान-१५ का एक बालकलाई उनकै घर छेउबाट नियन्त्रित औषधी COLIBAN ८ सय ५,  क्याप्सुल र TRAMADOL ८ सय ५ क्याप्सुल सहित नियन्त्रणमा लिएको हो । यस्तै इलाका प्रहरी कार्यालय उर्लावारीबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उर्लावारी नगरपालिका-५ स्थितबाट १९ बर्षीय सुजन शिवालाई ट्रामाडोल १ सय ६०ट्याब्लेट, स्पाष्मिड १ सय ६० क्याप्सुल सहित नियन्त्रणमा लिए संगै बिक्री बितरणमा संलग्न मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का २९ बर्षीय सुमन गुरुङलाई ट्रामाडोल १ हजार १६ ट्याब्लेट र  स्पाष्मिड ९ सय ८० क्याप्सुल सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धीत प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।


विराटनगर चैत २३ गते । चौथो संस्करणको मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता विराटनगरको जुटमिट खेलमैदानमा सुरू रुपमा सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा घरेलु टिम विराटनगरको होराइजन क्रिकेट क्लबले पाहुना टोली प्रशान्त क्रिकेट क्लब जोगवनीलाई फराकिलो १०७ रनको अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

उद्घाटन खेलमा टस जितेर पहिले ब्याटिङ गरेको होराइजन क्रिकेट क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ २१९ रनको विशाल स्कोर बनायो । होराइजनका मीनाश थापाले आक्रमक ब्याटिङ गर्दै ४० बलमा ३ छक्का र ४ चौका प्रहार गरी ५२ रनको अर्धशतकीय पारी खेले । उनको साथ अभिषेक कार्कीले अविजित १५ बलमा ४६ रन बनाए, जसमा ३ छक्का र ६ चौका प्रहार गरे । फिरदोश अन्सारीले पनि अविजित ३० बलमा १ छक्का र ५ चौकाको मद्दतले ४१ रनको योगदान दिए भने अटल साहले १५ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै ३२ रन बनाए । जोगवनीका बलर अभिषेक राजाले ४ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए ।

२२० रनको विशाल लक्ष्य पछ्याएको प्रशान्त क्रिकेट क्लब जोगवनीले दबाबमा परेर मात्र १४.१ ओभरमा सबै विकेट गुमाइ ११२ रनमा अलआउट भयो । जोगवनीका अमन राजले १७ बलमा २८ रन बनाए भने आदित्य राजले ७ बलमा १७ रन र असफाक अन्सारीले ११ बलमा १२ रनको योगदान दिए । टोलीका अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन् ।

विजेता टोली होराइजनका दिपेश कन्डेलले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । फिर्दोस अन्सारीले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए भने मीनाश थापाले २ ओभरमा १४ रन खर्चेर २ विकेट हात पारे । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका मीनाश थापा खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरूप नगद तीन हजार एक सय रुपैयाँ प्राप्त गरे ।

विजयपश्चात् होराइजन क्रिकेट क्लबका कप्तान मीनाश थापाले प्रतियोगितामा उत्कृष्ट सुरुवात गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘हामीले टिमको सामूहिक प्रदर्शनका कारण आज विजय हासिल गर्न सफलभयौं । आफुसहित अभिषेक र फिरदोशले ब्याटिङमा देखाएको आक्रामक खेल र त्यसपछि बलिङमा गरेको कसिलो प्रदर्शनले हामीलाई जित दिलायो,’ उनले भने ।

आइतबार दुई वटा खेलहरू हुनेछ । पहिलो खेल भारतको दिल्ली युथ क्लब र फॉर्मेन्स क्रिकेट एकेडेमी पटनाबीच हुनेछ भने सोही दिन हुने दोस्रो खेल सिराहा जिल्ला क्रिकेट क्लब र डिजायर क्रिकेट क्लब पूर्णियाबीच हुने आयोजकले जनाएको छ ।

मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीकी सचिव शान्ता श्रेष्ठका अनुसार प्रतियोगितामा विजेता टिमले २ लाख १ हजार नगद पुरस्कारसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताभर सर्वाधिक उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द टुर्नामेन्ट’ घोषणा गरी २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । यसका साथै, प्रतियोगिताको सर्वाधिक रन बनाउने ‘बेस्ट ब्याटर’ र सर्वाधिक विकेट लिने ’बेस्ट बलर’लाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

चौथो संस्करणको यस प्रतियोगितामा नेपालका ६ र भारतका ६ गरी कुल १२ टिमहरूको सहभागिता रहेको छ । प्रतियोगिता आगामी चैत ३० गतेसम्म सञ्चालन हुनेछ । मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता विराटनगर क्षेत्रमा क्रिकेट खेलको विकास र प्रवद्र्धनका लागि विगत वर्षहरूदेखि आयोजना हुँदै आएको छ ।

यस प्रतियोगिताको मुख्य उद्देश्य नेपाल र भारतका स्थानीय क्रिकेट टिमहरूबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्नुका साथै युवा क्रिकेट खेलाडीहरूको प्रतिभा पहिचान गरी राष्ट्रिय स्तरमा अवसर प्रदान गर्नु हो,’ सचिव श्रेष्ठले भनिन् ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजन र मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीको आयोजनामा भएको यस प्रतियोगिताको औपचारिक उद्घाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले गरे । उद्घाटन समारोहमा बोल्दै उनले कोशी प्रदेशमा क्रिकेट खेलको विकासका लागि यस प्रकारका प्रतियोगिताहरुको महत्वपूर्ण भूमिका रहने बताए । ‘

कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धनका लागि नेपाल र भारतबीचको यस प्रकारको अन्तर्राष्ट्रिय प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउँछ,’ बस्नेतले भने, ‘यस प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय स्तरमा आफूलाई चिनाउने अवसर प्रदान गर्दछ । प्रदेश सरकारले क्रिकेटलगायत सबै खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार निर्माण र खेलाडी प्रशिक्षणमा विशेष ध्यान दिइरहेको छ ।’


विराटनगर चैत २१ गते | विराटनगरभित्र सञ्चालित सहकारीलाई व्यवस्थित बनाउन विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

आमसर्वसाधारणलाई सचेतनामूलक कार्यक्रमका साथै सहकारी सञ्चालकहरुलाई विभिन्न तालिमसमेत दिँदै आएको छ ।

महानगरले बिहीबार सहकारीका अध्यक्ष र व्यवस्थापकहरुलाई बोलाएर अन्तरक्रिया गरेको छ । दोस्रो चौमासिकका रुपमा आयोजित कार्यक्रममा सहकारीमा देखिएका समस्या, समाधनका उपायका विषयमा छलफल भएको थियो । सो कार्यक्रममा महानगरको सहकारी शाखाकी कर्मचारी रोजी कार्कीले सहकारीमा अभिलेख व्यवस्थापन, राष्ट्रिय सहकारी बैंक विराटनगर शाखाका प्रमुख चिरञ्जीवि तिम्सिनाले सहकारीमा बचत र ऋणको व्यवस्थापन विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

अन्तरक्रियामा वडा नम्बर १९ अध्यक्षसमेत रहेका महानगरको आर्थिक विकास समितिका संयोजकसमेत रहेका श्याम घिमिरे, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला, जिल्ला सहकारी संघ लिमिटेड मोरङका कोषाध्यक्ष अमृतबहादुर गुरुङ, जिल्ला सहकारी संघका सल्लाहकार वीरेन्द्र यादवलगायतले केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बद्नाम भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रममा ५८ वटा सहकारीबाट २–२ दरले १ सय १६ जना सहभागी भएको सहकारी शाखाकी प्रमुख चाँदनी राईले जानकारी दिइन् । उनका अनुसार विराटनगरमा १ सय ७२ वटा सहकारी महानगरमा दर्ता भई सञ्चालनमा छन् । यसअघि महानगरले सहकारीका सञ्चालक र पदाधिकारीलाई लक्षित गरेर नेतृत्व तथा व्यवस्थापन विकाससम्बन्धी कार्यशालासमेत आयोजना गरेको थियो ।  


विराटनगर चैत २१ गते । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तिब्र पारिएको छ । आज बसेको महानगर कमिटी सचिवालय बैठकले विभिन्न ९ वटा समिति बनाएर अधिवेशनलाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । 

वैशाख २ र ३ गते हुने अधिवेशनका लागि चैत्र २८ गते एकैदिन एकै समयमा भूगोलका प्रतिनिधि चयन गर्ने निर्णय गरेको बैठकले जन संगठनहरुको प्रतिनिधि चयन चैत्र २९ गते गर्ने महानगरका सचिव बलराम गिरीले बताउनुभयो । 

उहाँका अनुसार महानगरका अध्यक्ष रोहित कोइरालाको संयोजकत्वमा महानगर कमिटी तथा वडा कमिटीका अध्यक्ष र सचिव रहनेगरी २५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै सचिव बलराम गिरीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, प्रवक्ता राम पोखरेलको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन भएको छ । 

आर्थिक उपसमितिको संयोजकमा मनोज विक्रम साह र सहसंयोजकमा सी एम श्रेष्ठ रहनुभएको छ भने प्रकाश पोखरेलको संयोजकत्वमा स्वयंसेवक उपसमिति बनाइएको छ । राजनितिक तथा सांगठनिक प्रतिवेदन लेखन उपसमितिको संयोजक अध्यक्ष कोइराला र अतिथि सत्कार उपसमितिको संयोजकमा उपाध्यक्ष सुनिता श्रेष्ठ रहनुभएको   छ । यस्तै सचिवालय सदस्य राम पाण्डेको संयोजकत्वमा स्वास्थ्य उपसमिति गठन गरिएको छ भने खाद्यान्न तथा आवास उपसमितिको संयोजकमा भोला बराल रहनुभएको छ । 

बैठकपछि अध्यक्ष कोइरालाले अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न महानगरको सिंगो टिमलाई नै विभिन्न जिम्मेवारीका साथ परिचालन गरिएको जानकारी दिनुभयो । उहाँले प्रतिनिधि चयन पनि सबैको प्रतिनिधित्व हुने गरि व्यवस्था मिलाइएको बताउनुभयो । उहाँका अनुसार भुगोलबाट हरेक १५ जना संगठित सदस्य बराबर १ जना हुनेगरि प्रतिनिधि चयन हुनेछन् ।

 यस्तै ३ जना प्रतिनिधि बराबर एक जना महिला अनिवार्य रहेको उहाँले बताउनुभयो । यस्तै कुल प्रतिनिधिको २० प्रतिशत युवाको प्रतिनिधित्व अनिवार्य गरिएको छ भने सीमान्तकृत, दलित, मुस्लिम, अल्पसंख्यक, मारवाडी प्रतिनिधित्व समेत सुनिश्चित हुने उहाँले बताउनुभयो । सचिवालय बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा महानगरका इन्चार्ज पर्शुराम बस्नेतले नेकपा एमालेभित्र कुनै गुट नरहेको भन्दै सर्वसम्मत का साथ नेतृत्व चयनमा जोड दिनुपर्ने बताउनुभयो । 

उहाँले अहिले एमालेका विभिन्न नेताहरुको नाममा गुटबन्दी रहेको हल्ला चलाएर एमालेलाई कमजोर बनाउने तत्वहरु कृयाशील रहेको भन्दै त्यसमा सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘नेकपा एमालेको लोकप्रियताबाट छटपटिएकाहरुले पार्टी र नेताहरुमाथि प्रहार गर्ने गरिरहेका छन्, त्यसको हामी सबैले एकमतका साथ प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो ।’ 

नेकपा एमाले मोरङका सचिव सोमराज थापाले नेकपा एमाले जत्तिको व्यवस्थित, अनुशासित पार्टी कुनै नभएको भन्दै महानगरको दोस्रो अधिवेशनले अभूतपूर्व एकताको सन्देश दिएर सम्पन्न हुने विश्वास ब्यक्त गर्नुभयो । एमाले नेतृ तथा विराटनगर महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले ब्यक्तिलाई नभई पार्टीलाई अघि बढाउने गरि अघि बढ्न आग्रह गर्नुभयो । 

उहाँले पार्टीभित्र ब्यक्ति केन्द्रमा राखेर राजनीति भइरहेको भन्दै त्यसले सिङ्गो पार्टीलाई क्षति पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘व्यक्ति हैन पार्टीलाई बलियो बनाउन लागौँ, यसमै सबैको हित हुन्छ ।’ उहाँले पार्टी नेतृत्वले जनप्रतिनिधिहरुलाई समेत मार्ग निर्देश गर्नुपर्ने भएपनि विराटनगरमा त्यस्तो हुन नसकेको गुनासो गर्नुभयो । 

उहाँले भन्नुभयो,‘हामी धेरै पटक छलफलमा बस्यौं, राय माग्यौं, तर कहिल्यै पाइएन । बरु उल्टै चिया पसल, मिडिया र विभिन्न फोरममा पुगेर आफ्नै जनप्रतिनिधिको आलोचना मात्रै भयो । यस्तो प्रवृत्तिले जनप्रतिनिधिलाई मात्र हैन सिङ्गो पार्टीलाई क्षति पुग्छ भन्ने बिर्सनु   हुँदैन ।’ उहाँले अबको महानगरको नेतृत्व अभिभावकत्व ग्रहण गर्नसक्ने क्षमताको बनाउन समेत सुझाव दिनुभयो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.