Websoft University

व्यवसायिक सदस्य रहात कोष’का डिल्लीराम र विपीनले दिए १,११,१११ रुपैयाँ


झापा, चैत ३० गते । ( सुरेद्र भण्डारी ) एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने गरी बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक सदस्य रहात कोष– २०८१’ का लागि सहयोग जुट्ने क्रम जारी छ ।

बिर्तामोडका व्यवसायी तथा सामाजिक व्यक्तित्वहरुले बिर्तामोड उद्योग वाणिज्य संघले शुरु गरेको उक्त कार्यको प्रशंसा गर्दै कोष वृद्धिका लागि विभिन्न अवस पारेर संघलाई रकम प्रदान गर्दै आएका छन् । यसै क्रममा संघका कार्यसमिति सदस्यद्वय डिल्लीराम कोइराला र विश्वेश्वरप्रसाद बजगाँई (विपीन)ले आफ्नो जन्म दिनको अवसर पारेर ‘व्यवसायिक सदस्य रहात कोष’का लागि रकम प्रदान गरे । उनीहरुले कोष वृद्धिमा सहयोग पु¥याउन भन्दै संघका अध्यक्ष राजु  न्यौपानेलाई रकम प्रदान गरेका हुन् ।
बिर्तामोडका युवा व्यवसायी कोइरालाले कोषका लागि ५५ हजार ५ सय ५५  रुपैयाँ र वजगाँईले पनि  ५५ हजार ५ सय ५५   रुपैयाँ रकम बरावरको चेक प्रदान गरेका छन् ।
संघका अध्यक्ष न्यौपाने , कोषका संयोजक राजकुमार घिमिरे राजु सहितका  पदाधिकारीलाई  उनीहरुले उक्त रकम प्रदान गरेका हुन् । सो अवसरमा उनीहरुलाई बिर्तामोड उद्योग वाणिज्य संघले जन्म दिनको शुभकामना सहित कदरपत्रद्वारा सम्मान गरेको छ । कार्यक्रमको संचालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.