Websoft University

प्रतिभाको खोज कार्यक्रमका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन

 


बिराटनगर बैशाख ५ गते  अपाङगता भएका ब्याक्तिहरूमा रहेको प्रतिभाको खोजी कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ नेपाल NFD-N अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभाको खोज कार्यक्रमका बारेमा जानकारी गराउन आज पत्रकार सम्मेलन गरिएको थियो |

“कोशी प्रदेशको सान, प्रतिभावान अपाङ्गता भएका व्यक्तिहरुको पहिचान, कलाको व्यवस्थापनबाट बढाउनेछ आत्मसम्मान” भन्ने मूल नाराका साथ राष्ट्रिय अपाङ्ग महासंघ-नेपाल, कोशी प्रदेशको आयोजनामा, करुणा फाउन्डेसन नेपाल र कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय तथा अन्य साझेदारको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुको अन्तरनिहित प्रतिभा पहिचान, प्रोत्साहन र व्यवस्थापन गर्ने उद्देश्यले अपाङ्गता भएका व्यक्तिको प्रतिभाको खोज कार्यक्रम संचालन गर्न लागिएको छ।

आर्थिक तथा सामाजिक रूपमा सक्षम नभए पनि कुनै पनि व्यक्ति पूर्णरूपमा आत्मनिर्भर हुन सक्छन्। दुर्भाग्यवश, अपाङ्गता भएका व्यक्तिले अवसर नपाएर आफ्नो प्रतिभा जीवनमा प्रयोग गर्न सकेका छैनन्, जबकि, उनीहरू पनि अन्य व्यक्तिहरु जस्तै विभिन्न क्षेत्रमा अवसर प्राप्त गरिएमा आफ्नो योगदान गर्न सक्छन्। 

नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४, तथा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि (CRPD), २०६८ जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी दस्तावेजले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर र सक्षम बनाई समावेशी र समानताको समाजको परिकल्पना गरेको छ।

यस कार्यक्रम अन्तर्गत कोशी प्रदेशभित्र अपाङ्गता भएका व्यक्तिहरुको कविता वाचन, वक्तृत्वकला, संगीत तथा गायन, अभिनय/व्यक्तित्व, नृत्य, चित्रकला, हस्तकलाका नवप्रवर्द्धन (इनोभेसन) लगायत ९ विधामा प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ।

यस सन्दर्भमा प्रदेश सरकार, स्थानीय सरकार, संघ-संस्था, नागरिक समाज, सहारा समूह, बौद्धिक वर्ग, राजनीतिक दल तथा सम्पूर्ण सहयोगी मनहरुलाई सूचना सम्प्रेषण तथा आर्थिक, भौतिक एवं प्राविधिक सहयोगका लागि हार्दिक अनुरोध गर्दछौं।

हामी सबैको सहयोग र समर्थनले अपाङ्गता भएका व्यक्तिहरुको आत्मसम्मान अभिवृद्धि गरी समावेशी समाजको निर्माणमा टेवा पुगाउने आयोजकले आसा गरेकोछ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.