विराटनगर बैशाक ७ गते । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले विविए २०२० ब्याजका विद्यार्थीहरुलाई विदाई गरेको छ ।
कलेजले एक समारोहको आयोजना गरेर आठौं सेमेस्टरका विद्यार्थीहरुको विदाई गरेको हो । विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठ, जेनिथ इन्टरनेशनल कलेजका कार्यकारी अध्यक्ष प्रा.डा. दुर्गानन्द चौधरी, कार्यकारी सञ्चालक सीए अश्विनी वंशल, क्याम्पस प्रमुख सन्दीप दास श्रेष्ठ, कलेजका शिक्षक सरोज पोखरेल, शिक्षिका आस्मा चालिसेलगायतले विद्यार्थीहरुलाई खादा र अविर लगाएर मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि डा. श्रेष्ठले विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना दिए । उनले कलेजमा अध्ययन गरेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रहसमेत गरे ।
कलेजले ६२ जना विद्यार्थीको विदाई गरेको थियो । कलेजले विद्यार्थीको चौतर्फी व्यक्तित्व विकासका लागि समय–समयमा अतिरिक्त क्रियाकलापका साथै विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।
Post a Comment