बिराटनगर २०८१ चैत्र २५ गते | सोमबार आन्तरिक राजस्व कार्यालय, विराटनगरले मोरङ उद्योग व्यापार संघको सभाकक्षमा अर्थ मन्त्रालयका राजस्व सचिवको उपस्थितिमा आगामी आ.व. २०८२।०८३ को आर्थिक ऐन तर्जुमा गर्दा निजी क्षेत्रका उद्योगरव्यवसायको हकमा नेपाल सरकारले राजस्व नीति लगायत भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, गैरकर एवं राजस्व चुहावट र समग्र राजस्व प्रशासनमा गर्नु पर्ने सुधारहरुका विषयमा सुझाव संकलन एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल सरकार, अर्थ मन्त्रालयका राजस्व सचिव श्री दिनेश कुमार घिमिरे, सहसचिव श्री उत्तर कुमार खत्री, आन्तरिक राजस्व विभागका महानिर्देशक श्री मदन दहाल, भन्सार विभागका उपमहानिर्देशक श्री जनकराज शर्मा र जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी श्री ईन्द्रदेव यादव समेतको सहभागिता रहेको उक्त कार्यक्रममा मोरङ उद्योग व्यापार संघका अध्यक्ष श्री अनुपम राठीले विषयगत रुपमा आफ्नो राय सुझाव सहितको प्रस्तुति पेश गर्नु भएको थियो ।
कार्यक्रममा विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत श्री उमेश श्रेष्ठ, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत श्री भुपालराज शाक्य सहित इटहरी, भद्रपुर, धरान, लहान र दमकका अन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृतहरु, मेची र सुनसरी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतहरु, राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख अनुसन्धान अधिकृत, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश, उद्योग संगठन मोरङ, नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश, चेम्बर अफ कमर्श र विराट व्यापार संघ, नेपाल चार्टड एकाउन्टेन्ट संघ, अडिटर एशोसिएसन नेपाल लगायत विभिन्न वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरु, मोरङ उद्योग व्यापार संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, महिला र युवा उद्यम समिति सदस्यहरु, विभिन्न औद्योगिक/व्यवसायिक प्रतिष्ठानहरुका प्रमुख एवं प्रतिनिधिहरु लगायतको व्यापक उपस्थिति रहेको थियो ।
Post a Comment